नया शहर नया ठाउ भर्खर सरेकोले म अन्यौलमा थिए । अमेरिकामा काम फेर्दा फेर्दा हैरान अझ त्यसमाथी पनि बस्ने ठाउले हैरान । एपार्टमेन्ट त बल्लतल्ल मिल्यो तर फो्न इन्टरनेट आफै जोड्नुपर्ने भो । त्यो कार्यलय त के फोन नंबर समेत थाहा थिएन । एल्लोपेज(फोनबुक) हेरे फोन इन्टरनेट केवल दिने एकसंस्था टाइमवारनरको नंवर पत्तालगाए । मोवाइलबाट फोन गरे कम्प्युटरले मैले फोन गर्नुको कारण र खोजेको सेवा वारे प्रश्न सोध्दै गयो उत्तर दिदै गए ।
म सग भएको बार्तालाव सवै रेकर्ड भैरहेको छ भन्दै थियो अनी कम्प्युटरले एक मान्छेसग भेट गराइ दियो । त्यो सेवा प्रदायकसंस्थाको कर्मचारीले मेरो परिचय माग्यो फस्ट नेम लास्ट नेम एड्डेस सोसिएल सेकुरिटी नंबर सवै भन्न लगायो र मेरो इनफरमेसन भेरिफिकेसन गरयो । ओके भएपछी मैले खोजेको सेवा वारे भन्यो, घरमा फोन र इनटरनेट चाहियो भने । कस्तो खाले सोध्यो सामान्य बताए । उस्ले लाग्ने रकम भन्यो मैले मञ्जुर गरे । मेरो क्रेडिट कार्डको नंबर, खाता नंवर सोध्यो मैले भनिदिए । उस्ले लाग्ने रकम चार्ज गरेको कन्फरमेसन नंवर दियो । भोली बिहान ८ देखी १० बजे भित्र टेक्नीसियन आउने छ भन्दै करिव पाच मिनेटको फोनवार्तामा मेरो काम सकेर फोनबाट नै धन्यबाद पनि दियो मैले फर्काए । कम्प्युटरलाई पनि मनमनै धन्यबाद दिए ।
भोली पल्ट बिहान ८बजेर पाच मिनेट जादा ढोका ढकढकायो, मैले खोले एक भुसतिध्रे गोरा देखे । उस्ले नम्र हुदै आफ्नो नाम र संस्थाको नाम काम बतायो । साथै मेरो नाम र सेवा जोड्ने तपाइ नै हो भनि सोध्यो । अनी भित्र आउन र कनेक्सन हेर्न अनुमती माग्यो । मैले अनुमती दिए उसले सानो भ्रयाड ल्यायो चढयो आफैले बनाएको घर झै सवै थाहा हुदोरहेछ कता कता तार जोड्यो केही क्ष्ग्णमा नै फोन र इनटरनेट चलायो । उ कामले पसिना पसिना थियो मैले फ्रिजबाट जुस निकालेर दिए तर उस्ले खान मानेन । मैले काम सके भन्दै एउटा कागजमा सहि गरायो गयो । करिव २ घण्टा पछि फेरी फोन आयो उही कम्प्युटरले प्रश्न गर्नलाग्यो । शुरुमा भन्यो तपाइले भनेको कुरा रेकर्ड भैरहेको छ यो कुराले हाम्रो संस्थाको सेवा बढाउन र कामदारको क्षमता जाच्न महत्वपुर्ण प्रश्न सोधिने छ बास्तविकता बताइदिनुहोला, तपाइको जानाकारी गोप्य रहनेछ । तपाइको घरमा आज आउने भनेको टेक्निसियन समयमा आयो आएन ? मैले एस भने फेरी सोध्यो अहिले सेवा कस्तो चल्दैछ राम्रो् भने एस नराम्रो भने नो भन्नु परथ्यो । फेरी सोध्यो उस्ले गरेको काम तपाइलाइ दक्ष पुर्ण लाग्यो लागेन ? तपाईसग हाम्रो टेक्निसियन हार्दिकतासाथ ब्यावहार गरयो गरेन । हाम्रो सेवा र हाम्रो टेक्निसियनको बारेमा केही भनाइ भए दिनुहोस भन्दै हाम्रो सेवा लिनुभएकोमा धन्यबाद भन्यो । म दंग परे ।म र म जस्ता ग्राहकले भनेको कुरा रेकर्ड गरेर आफ्नो संस्थाको सेवा र कामदारको दक्षता मुल्याडकन गर्ने राम्रो पद्दती देखेर नेपाल संझिए ।
म भर्खर कलेज गएको थिए एक जना मित्रले भने दुरसञ्चार जाउ फोनको फारम भरेर आउ । हामी दुरसञ्चार गयौ ५१ रुपायाको फारम भरयौ कर्मचारीले एउटा अर्धकटटी दियो । मैले सोधे हामीले फोन कहिले पाइन्छ उस्ले र्निधक्क भन्यो १० वर्ष पछी । मैले त्यो दुरसञ्चारले दिएको अर्धकटटी बाकसमा सुरक्षित राखेको ६ वर्ष भैसकेको थियो । मेरो सानो कम्युनिकेसन सहितको पसल भएकोले फोन अत्यावश्व थियो । बजारमा हल्ला सुने ५ वर्ष अगाडी र्फम भर्नेले फोन पाइन्छ रे । भोली पल्टै त्यो अर्धकटटी र नागरिकता बोकेर दुरसञ्चार १० बजे अगाडी पुगे । मान्छेको लाइन झण्डै १ किलो मिटर थियो ४ घण्टा घाममा उभिएपछी पालो आयो । मेरो अर्धकटटी र नागरिकता देखाए उस्ले तपाइले भरेको ठेगानामा अहिले पइन्ट छैन भन्यो मैले केही प्रश्न गर्दा उ च्याठीदै तपाइ जानुहोस केही कुरा भए भित्र इन्जीनियरलाइ सोध्नुहोस भन्दै म पछाडीको मान्छे बोलायो । म इन्जीनियरको कोठामा गए त्याहा पनि मान्छेको भिड थियो बल्लतल्ल मेरो पालो आयो गुनासो राखे । इन्जिनियरले अगाडीको टेवुलको नक्सा देखाउदै भने यो यो एरियामा हामी लाइन दिन सक्दैनौ अहिले । म अहिले त्यो एरियामा पनि छैन म अहिले भएको एरियामा दिनुहोस न त ? उनले भने ठेगाना परिर्वतन त कसै गर्न मिल्दैन , मैले भने मैले त ठाउ परिर्वतन गरिसके अव के गर्ने ? उनले हास्दै भने फेरी उही गएर बस्नोस । मैले सोधे अव पाइन्छ कहिले त ? त्यो कुरा भित्र हाकिमलाई सोध्नुहोस भने । म हाकिमको कोठातिर लागे । हाकिमको कोठामा पंखा चलिरहेको थियो अरु जिवित प्राणी कोही थिएन । हाकीम भेटन एप्वाइन्मेन्ट लिनु पर्ने कुरा बाहिर भित्तामा लेखिएको थियो । म एप्वाइन्टमेन्ट लिन पियन खोज्दै कान्टीनमा गए । मज्जाले गफ लडाएर बसेका पियन दाइलाइ हाकिमबारेमा सोध्दा निकै च्याठ्ठीए र भने म खाजाखाने छुटटीमा छु हाकिम मन्त्रीको कार्यक्रममा गएकाछन ४ बजेपछी आउछन । मैले निकै अनुरोध गर्दै भोली बिहानको एप्वाइन्टमेन्ट दिन भने । उनले अझ च्याठिठदै भोलीको आज दिन नमिल्ने र भोली बिहान सवेरै लाइनमा आएर बस्न भने । भोलीपल्ट पनि १० नवज्दै हाकीम भेटने लाइनमा बसे । कार्यलय समय भन्दा आधाघण्टा पछाडी आएको हाकीमको दर्शन मैले २ घण्टा लाइनमा बसेपछी पाए । फोनमा ब्यस्त गफ गरिरेका झा थरका हाकिमलाइ नमस्कार गरे तर उत्तर पाइन । धेरै बेरको फोनबार्ता पछी मेरो गुनासो राख्न पाए उनले पनि उहि कुरा दोहोराए अहिले लाइ त्यो एरियामा लाइन छैन अरु एरियामा दिन मिल्दैन । मैले फेरी सोधे कहिले पाइन्छ त फोन ? उनले भने ग्लोवल टेन्डर भएपछी । मैले सोधे कहिले हुन्छ ग्लोवल टेन्टर ? उनले लगाएको टोपी फुकाल्दै र सुस्केरा फेर्दै भने हाम्रो फाइल मन्त्रालय गएको धेरै भयो,यो सरकारले केही गरेन । अव अर्को सरकार आउछ त्यस पछीको क्याबिनेट मिटिडले पास गरयो भने ग्लोवल टेण्डर हुन्छ । त्यो टेण्डर भएको कती समयमा फोन पाइन्छ मैले सोधे । उनले भने करिव २ वर्ष लाग्ला किनकी लाइन बिस्तार गर्नुपरयो पाइप बिच्छाउनु परयो ठेकदारले गर्ने काम हो । मेरो फोन जोड्ने धोको पोको पारेर निनाउरो मुख बनाउदै बाहिर निस्के ।
मेरो छिमेकमा दिनहु भटाभट फोन जोडिदै थिए मेरी श्रीमतीको अगाडी पनि म फोन जोडन नसक्ने नामर्द भैसकेको थिए । मैले फोन जोडन नसकेको कुरा मेरा एक साथी बिष्णुलाइ सुनाए । उनले सोझो औलाले घिउ आउदैन म नंबर दिन्छु पैसा तिर फोन जोड भने । मैले त्यो अज्ञातलाई फोन गरे र भने मलाई फोन चाहियो । मैले जोडन सक्दिन भनेर उ तर्कदै थियो मैले बिष्णुसाथीको नाम भने र अस्ती भर्खर उहालाइ जोडिदिएझै मलाइ पनि जोडिदिनु परयो । उस्ले म भेटेर मात्र कुरा गर्छु भनेर ठाउ समय दियो मैले भेटे सर्त माने । शनिबार दुरसञ्चारको गाडी लिएर एका बिहानै मेरो घरमा आयो आधा घण्टा भित्र फोन जोडयो । अनी मैले उस्लाइ धेरेै महिना लगाएर ब्यापार गरेको एक बिटो हजार हजारका नोठ दिए । उस्ले मेरो फोनको फाइलमा सहि गरायो हिड्न खोज्यो । मैले उस्लाइ रोक्दै भने मैले पैसा त दिए तर फोन पछी केही भयो भने के ग्यारेन्टी त्यसैले मैले पैसा दिएको कागज गरी दिनुहोस । निकै आनाकानी गरयो मैले जिद्दी गरे अन्त्यमा एक कापीको पानामा लेखिदियो, म भक्तपुर जिल्ला दधीकोट घर भै हाल दुरसञ्चार संस्थान पोखरामा आउट टेक्नीसियन पदमा कार्यरत फलाना बिष्ठले तपाइ फलानाको केही महत्वपूर्ण काम गरेबापत रु ६५ हजार लिएको सहि साचो हो । उ मलाइ भन्दै थियो यो पैसा कहा मैले मात्र राख्न पाउछु , इन्जीनियर र हाकिमलाइ चित्त नबुझाए त मेरो कनेक्सन नै आउट हुन्छ । उता मेरी श्रीमती फुरुड थिइन अव फोनले पसलको केही ब्यापार वढ्नेभयो भनेर अनी फेरी अव छिमेकी पसलेले सुन्ने गरि फोनमा हेलो हेलो भन्न पाइने भइयो भनेर पनि । म भने सारै दुखित थिए सामान्यतरहमा जादा साडे नौ हजार पर्ने फोनलाइ ६५ हजार पैसा खन्याउनु पर्ने हाम्रो सरकारी सेवा देखेर ।
जुन २०११, साउथ क्यारोलिना, अम्रिका ।
No comments:
Post a Comment