राज्यले दिनैपर्ने कुरा
पत्रकार दिपकको साझा सवालमा पुर्वपत्रकारको केही जवाफ ।
राज्य भन्नाले के बुझछौ हामी ? एक निश्चित क्षेत्रमा बस्ने जनता र त्यहाको सरकार । त्यही राज्यको शासन गर्ने अर्थात सरकारले उस्का जनताको भलाईका लागि निति नियम कानुन र विकास निमार्ण गर्छ । वास्तवमा अहिलेको समयमा राज्यको कर्तब्य मेरो घर अगाडी बिजुलीको पोल पुऱ्याउनु हो । तर पोलबाट तार टागेर घरको मिटरबक्समा जोड्नु र उपभोग गरेबापत चढेको अंक पैसा कर सहित समयमा बुझाउनु मेरो कर्तब्य हो । यो युगमा बिजुलीको पोल पनि मैले मेरो गाउमा देखेको छैन भने मैले राज्यसग अपेक्षा गर्ने कि नगर्ने साथी ?अव यो राज्य चलाउनेको चालामा शंका गर्ने कि नगर्ने ?
राज्यले जनतालाई दिनुपर्ने आधारभूत आवश्यकतालाई नै बिकास भनिन्छ । जनताले दिएर नै राज्य चल्ने हो भने जनताका लागि बिकास निमार्णका पूर्वाधार खडा गरेर नै साचो राज्य हुुने हो । जनताको आधारभूत आवश्यकतामा पनि परिर्वतन भएको छ गास बास कपास हैन रहेछ त्यो स्वयं आफैले खोज्छ । राज्यले दिने बिकास भनेको शिक्षा,स्वास्थ्य,सुरक्षा,यातायात,सञ्चार,भौतिक पुर्वाधारं(विजुली,पानी आदी ) र रोजगार मुख्य रहेछ । अझ अहिले त राज्यले दिनै पर्ने शान्ति र स्थिरता रहेछ भन्ने लाग्न थालेको छ । यि कुराको प्रयास गरे मात्र पनि जनता राज्य प्रति सन्मान र भरोषा राख्थे । जनताले नै सवै काम गर्नुपछ राज्यको मुख ताक्नुहुदैन भन्ने कुरा सारै राम्रो हो तर जनताले के कति गर्ने त ? बाबुले छोरालाई स्कुल पठाउने बेला त तेरो गरेर खा मेरो मुख नताक भनेर घरबाट निकाले छोरो के होला ? एक दुइ प्रतिशत राम्रो पनि बन्लान तर अधिकांस आवारा गुण्डा र सडक बालक बन्ने छन । तिनैले फुटाउने छन सार्वजनिक धारा, अलि ठुलो भएपछी फुटाउने छन गाउलेको नाक अनी नेता बन्नेछन दादागिरी डन बन्नेछन । तिनैले जित्नेछन चुनाव अनि संसदमा पनि कुर्ची माइक फुटाउने छन ,बजेट व्रिफकेस पनि हाम्रा माननिय निती निर्माता बनेर ।
माओबादी भूमिगतकालमा रिपोटिड गर्न जादा एक नेताले भनेथे , वास्तवमा हामीले गाउका अनपढ तथा स्कुल छाडेका युवालाई मिलिसियामा भर्ति गरेर पढाएका छौ सैद्धान्तिक शिक्षा दिएका छौ हतियार खेलाएर आत्मरक्षा गर्न बन्दुक चलाउन सिकाएका छौ । यो देशको बिकास नै हो । उनको यो भनाइ कति अर्थमा ठिक होला तर सवै सहमत हुन सकिदैन । राज्यको भर पर्नु हुदैन भनेर मैले मेरो सुरक्षाका लागि पेस्तोल भिरेर हिडे भने त्यसको सिको धेरैले गर्नेछन । अव के हुन्छ होला ? यहा राज्यको दायित्व के होला ?
राज्यले राजमार्ग बनाउनै पर्छ । जनताले श्रमदान गरेर चन्दा दिएर गोरेटो घोडेटो बनाउन सक्छन तर जनताले नै कुटो कोदाले चलाएर राजमार्ग बनाउ भनि सुम्पीदियो भने त्यो आफ्नो गाउ आफै बनाउ वर्षे भलमा बगाउ हुन्छ । धेरै भए नेपाली सेनाले ट्याक खोल्ने भन्दै मुस्कीलले १गाडी पास हुने अथवा वर्षमा २ हजार जनाले ज्यान गुमाउने स्वर्गमार्ग हुन्छ । जुनताले कलेज भवन बनाउन सक्छन तलव जुटाउन सक्छ तर अध्यापन गराउन र पाठ्यसामग्री तयार गर्न सक्दैन त्यसका लागि प्राबिधिक वा प्राज्ञ नै चाहिन्छ । अस्पताल बनाउन सक्छ उपचारमा लाग्ने फि तिर्न सक्छ डक्टर र औषधीको उत्पादन राज्यले ब्यावस्था गर्नुपर्छ ।
अहिले शिक्षामा ब्यापारिक लुट छ स्वास्थ्यमा पनि ब्यापार छ सुरक्षामा पार्टीको हालिमुहाली छ । यातायातमा बन्द र हडताल छ बिजुलीमा लोडसेडिड छ पानीमा हाहाकार छ खै सरकार अर्थात राज्यको उपस्थिती ? हामीले हाम्रो काम गर्न पठाएका नेताहरु पहिलो प्राथमिकता आफ्नो स्वार्थ नेता कसरी बनीरहने, टन्न कमाउने भन्नेमा दोश्रो प्राथमिकता पार्टी स्वार्थ कसरी मेरो पार्टी सत्तामुखी बनाइ रहने भन्नेमा नै ब्यस्त छन । के सारा जनताका लागि निती नियम बनाउने नेताका लागि शैक्षिक योग्यता चाहिदैन ?नेता के र्पुख्यौली पेशा हो ? किन नेताले राजनिती पेशा छाड्दैनन । चार बिस काटेर मर्दा पनि उहा बाचेको भए देश कस्तो हुन्थ्यो भनेर स्वर्गिय नेताको नाममा राजनिती गर्छन । अस्वस्थ भै भै वर्षौ वाचेर नै देश अस्वस्य भएको सवैलाइ थाहा छैन र ?
यो सवै राज्य चलाउनेको चाला देखेर जनता आक्रोसित छन राज्य प्रति अझ सरकारको अस्थाइ देखेर त जनता देखी ब्यापारी उद्योगी सवै रुष्ट छन । बिकास हूनलाई सरकारको स्थाइत्व र निती नियमको स्थाइत्व हुनु जरुरी छ । बहुदलबादी भएपनि भन्न करै लाग्छ, पारिवारिक शासन ब्यावस्था भए पनि आजको तुलनामा पञ्चायत कालमा शान्ति र बिकास निकै भएको थियो । पूर्वपश्चिम राजमार्ग, जिल्ला सदरमुकाम जोड्ने सडक बिस्तार, औधोगिक क्षेत्रको स्थापना, ५ बिकास क्षेत्रको अवधारणा,सहकारीको सञ्चालन जस्ता केही उदाहरण हुन । बहुदल पछी जनताले सञ्चार क्षेत्रमा राम्रै प्रगती देखे तर वाहेक अन्य सुन्य सुरक्षा त धेरै माइनस ।
नेपालमा फस्टाउदै गरेको संचार क्षेत्रमा मिडिया हाउस पनि एक हो । अहिले
खासगरी ५ थरी मिडिया छन । १. गैर सरकारी मिडिया (एजिओको पैसाले चलेको)
२. सरकारी मिडिया (सरकारी पैसाले चलेको ) ३.सैद्धान्तिक मिडिया (पार्टीले चलाएको ) ४. सहकारी मिडिया (ब्यापारी र शत्तिसम्पन्नले चलाएको ) ५. सामान्य मिडिया (सामान्य श्रमजिवीले चलाएको )
पत्रकार पनि मिडियाको स्वरुप अनुसार बदलिनु परेको छ यदी नबदलिए बिदेशिनु को बिकल्प छैन । सामान्य पत्रकारिता गरेर जिवन धान्न मुस्कील छ । कर्तब्यहिन राज्यको मुख ताक्नु बेकार छ । मिडिया हाउसको निजी स्वार्थका लागि गरिने पत्रकारितामा पनि चचा चलाउनेको जिवन चर्खा चौपट्ट छ तर सामान्यको सधै सन्ताप मात्र ।
आदरणिय पत्रकार साथी
तपाइ गैरसरकारी मिडियामा पत्रकारीता गरे पछी पैसा त राम्रै आएको छ होला । त्यसैले राज्यका भर त्यती पर्न परेको छैन होला । तर साथी म त तपाई सगै एउटै मिडियामा अझ निकै दुर बसेर काम गरे । राज्यलाइ पनि केही सहयोग गर्न सकिन र राज्यबाट पनि मैले खोजेको बिकासका पूर्वाधाार सहयोग पाइन । रहर जागर हुदाहुदै पनि अहिले पत्रकारिता बाट पलायन भएर बिदेश पसेको छु । धेरै धन कमाउन र सम्पन्न बन्न भन्दा पनि आफु र परिवार पाल्ने कर्तब्य पाए पछी देश छाड्न बाध्य भए । सोझो र सामान्य बिचरो जिल्लाको म पत्रुकारले पाउने तलवले शहरको भाडामा धानिन मुस्कील भो । केटाकेटीको फि र औषधी उपचारका लागि त गाउमा साउसग माग्न कती दिन जाने । बरु खाडी जानेको परिवार सुखी देखे त्यसैले म पनि झोला बोकेर कुदे बिदेश ।
मैले नेपालमा जती दुख र समय काम गर्थे यहा पनि उही समय र दुख छ । म यहाको अदक्ष कामदार र सरकारले तोकेको न्युनतम ज्यालामा काम गर्ने बिदेशी कामदार हु । मैले घाटीमा फोटो सहितको आइडी कार्ड झुण्डाएर हिडे पछी नेपाल झै असुरक्षित गर्नुपरेको छैन । म न्युन ज्यालाको कामदारले कमाएको आधा पैसाले यहा खान ,लगाउने कपडा किन्न,बस्ने घर भाडा दिन र सामान्य खर्च गर्न सकिन्छ । बाकी आधा बचाएर घरमा पठाउने गरेको छुुु । यहा मेरो मामाको पनि कोही छैन फुपुको पनि कोही छैन । म बिदेशी नागरिक भए पनि यो देशमा रहने सवै मानिसका लागि यहाको राज्यले गरेको नियम कानुन अर्थात उस्को कर्तब्य हो ।यस बापत मेरो पाउने तलवमा १५ प्रतिशत त पहिले नै राज्यले काटेर लिएको हुन्छ । मैले गर्ने प्रतेक किनकान सामानमा सामान्यतय १० प्रतिशत कर लगाएको हुन्छ । मैले बाहिर सडकमा फोहोर फाले प्रहरीले टिकट दिन्छ अर्थात पैसा तिर्नुपछ । फेरी यसरी दण्ड तिरेपछी मेरो क्रेडिट हिस्ट्री बिग्रने डर हुन्छ । यो सवै ब्यावस्था र नियम कानुन यहाको राज्यले बनाएको हो । तर पनि म जस्ता मान्छे खुसी छन । किनकी यहा कानुन सबैलाइ समानरुपमा लाग्छ । यहाका मान्छे पनि नेपाली झै राम्रा,मेहनती पनि छन र नराम्रा अल्छी बदमास पनि छन । राज्यले मेहनती र राम्राका लागि उत्तीकै सुबिधा दिएकोले राज्यप्रति गुनासो छैन । नराम्रा बदमासलाइ सजाय तत्काल हुन्छ पक्षपात बिना कानुन अनुसार कडा हुन्छ ।किनकी यहाको कानुन संबिधान थोरै बिद्धान बसेर आफुलाई नभै भविष्यका पुस्तालाइ सम्झेर बनाएका थिए । चार सय वर्ष भए पनि जस्ताको तस्तै छ ।
जीएस नेपाली
समुन्द्रपारी
No comments:
Post a Comment