Pages

Saturday, May 21, 2011

पौडीको पोखरा

पौडीको पोखरा
 ८३ वर्षिय दुर्गामान श्रेष्ठ  आफ्नो जवानीमा दुई कि.मि. चौडाईको फेवाताल सजिलै पौडेर वारपार गर्थे । बैदाम ठाडोपसलका श्रेष्ठको त्यो सोख हैन बाध्यता थियो । पौडिन, डुङ्गा चलाउन र माछा मार्न  सवै जात, उमेरका बैदामबासीको उस्तै अपरिहार्यता थियो । ७३ वर्षिया  हजुरआमा बद्रीका लामिछाने भन्छिन रानीबनको दाउरा, घासँ ल्याउदा ३—४ पटक डुङ्गा पल्टिएर झण्डै मरिएथ्यो । टुनीको मुडो खोपेर बनाएको डुङ्गामा ठुलो भारी घासँ दाउरा ल्याउदा तालको बिचमा पल्टियो ।



पौडदै नजिकैको भैसीको पुच्छार समाएर बाचेकी छु म । अलिअली पौडन नजानेको भए त मरिन्थ्यो उहिल्य नै । उतीबेला धेरै डुङ्गा थिएनन् भएका पनि अहिलेका जस्ता ठुला र सजिला थिएनन् । तालवारीका लेकसाईडबासी अर्थात बैदामेहरु पारी रानी बन र मेलापात गर्न तालमा तैरिन जान्नैपथ्र्यो । ताल नजिकका मात्र हैन पोखरा भरीका मान्छे बिदाको दिन नुहाउन,कपडाधुन र रमाईलो मनाउन तालको छेउनै जान्थे । उतीबेला प्रसस्त पानीका धारा थिएनन् । टोनी हेगनको उहिलेको नेपालमा सन् १९५२ ताकाको पोखराका दृष्यले यही बोलेको छ । फेवातालको पानी निलो र सफा थियो, गर्मीको बेला पौडन नजान्ने पनि तालको छेउमा नुहाउदै पौडन सिक्थे ।
लेकसाईड कि सुुस्मा गुरुङ १६ वर्ष कि भईन । उनले अहिले एस एल सि दिएकी हुन । स्कुलको पढाई सकिएकाले फुर्सतमा पौडी खेल्न औधी मन पर्छ । तर तालमा पौडी खेल्न जान सक्दिनन् । पौडिन नजानेकाले डुब्ने डर त छदैछ सार्वजनिक तालमा पौडिन लाज लाग्छ भने तालको किनारको फोहर देखेर पनि अड लाग्छ ।सुस्मा भन्छिन पौडीलाई खेलकै रुपमा अगाडी बढाउन प्रशिक्षक सहित सिक्न त पर्‍यो नि ।  त्यसैले उनी पोखराको तेर्सापट्टी स्थित सिएम क्लव स्विमिङ पुलमा मासिक १२ सय शुल्क तिरेर पौडी सिक्दैछन ।  उनीसगै गृहिणी सकुन्तला भट्टचन पनि पौडि सिक्दै छिन । सकुन्तला भन्छिन पौडीले शाररिक ब्यायम पनि हुने मनोरञ्जन पनि हुने ,। फेरी गर्मीले सताएको बेला होस वा कुनै आपतकालिन बेलामा पानीमा हामफाल्न पनि सकिने धेरै फाईदा छ ।
खहरेका १२ वर्षिय सुनिल परियार फेवातालको दृष्यावलोकन टावरवाट तालमा उल्टोजम्प गरि पौडिन खुवै खप्पिस छन । गर्मीको महिनामा उनी जस्ता ताल वरपरका केटाकेटीको फुर्सतको समय तालमा पौडिएर नै बित्छ । डुङ्गा ब्यावसायी देखी माछा ब्यावसायीको आधार फेवाताल नै भएकाले उनीहरुका सन्तान पनि तालमा तैरिन खप्सिस भैसकेका हुन्छन् । पोखरामा आएका स्वदेशी बिदेशी पर्यटक देखी पोखरेली युवाहरु तालमा पौडनु लागि स्वस्थ्य मनोरञ्नको रुपमा लिन्छन् । पोखरामा पौडीखेल्न फेवाताल,बेगनासताल जस्ता ठुलासाना ताल तलैया देखी नदी,खोला र पौडि पोखरी छन । यि निशुल्क खुल्ला ठाउबाहेक पेनगुईन,सिएम क्लव र नेपाल आदर्श गरी ३ वटा  ब्यावसायिक पौडिपोखरी छन । उता पर्यटकिय हिसावले पोखराका ७ वटा होटलमा स्विमिङ पुल छन । निश्चित शुल्क तिरेर होटलका पोखरीमा पनि पोखरेली पौडन जान्छन ।      लेकसाईडको होटल बाराहीका सञ्चालक बिप्लव पौडेल भन्छन् यो स्विमिङपुलबाट प्रतक्ष फाइदा छैन तर शोभा र इज्जतका लागि राखिएको हो । लाखौ खर्चेर बहुमुल्य जमिनमा बनाईएको यो पोखरीका लागि प्रतिदिन रेखदेख गर्न न्यूनतम एक हजार लाग्छ । फेरी पोखरामा पौडी खेल्ने समय मुस्किलले ६ महिना मात्र हो । त्यसमा पनि बेलुकी पख पौडीको चाप हुने बेला पानी परिरहन्छ । स्विमिङ पुलको पानी २ प्रबिधीले सुद्धिकरण गरिन्छ । पहिलो पानीमा क्लोरिन हालेर दोश्रो ओजोनेशन प्रकृयाबाट । फुलबारी होटलको बाहेक अरु सवै पौडी पोखरी क्लोरिन हालेर सफा गरिन्छ । ओजेनेशन प्रकृया प्राकु्ृतिक सुद्धिकरण हुने हुदा क्लोरिन भन्दा महङ्गो छ । सफा गर्दा प्रयोग हुने ब्रस,लाईट, देखी पानी पम्प गरिरहनुपर्दाको बिद्युत र दैनीक ३—४ हजार लि पानीको खर्च सहित लाईफ गार्डको ब्यवस्था गर्दा आय भन्दा ब्याय धेरै छ । उता निशुल्क स्वतन्त्र पौडिन पाईने ताल र खोलाका रह, दहमा पौडिन मनपर्ने जोकोहीलाई खुल्ला स्वागत छ । त्यसैले ताल छेउका केटाकेटी  फुर्सतको बेला अग्लो स्थानबाट बिभिन्न ढंगले तालमा हामफाल्छन । सेती नदी,फुर्से खोला, बौसी रह, कालीखोला, बिजयपुर र मर्दी जस्ता खोलाहरुमा माछा मार्ने देखी पौडने हरेक पोखरेली युवकको शोख हुन्छ । पौडी खेल्न ईच्छा हुने कती युवक त शुल्क तिरेर नै सिक्दै छन ।  पोखराको बृटिस क्याम्पमा कार्यरत सुनिल गुरुङ पौडिको नाममा पोखरी नजिकै जान पनि डराउथे । १२ दिनको प्रशिक्षणले मात्र पनि यो स्विमिङ पुल ४—५ पटक ओहरदोहर गर्न सक्छु गुरुङ भन्छन पौडीले त शरिरलाई निकै फाईदा पुर्‍याउदो रहेछ । अहिलेको जमनामा कम्प्युटर, ड्राईभिङ, र अंग्रजी पढाई जस्तै आवश्यक छ पौडी । स्वास्थ्य, मनोरञ्जन र खेलका लागि अपरिहार्य पौडीको पोखरा उर्वरस्थान हुनुपर्ने हो ।  यहा पौडीलाई ब्यवसायीक रुपमा लान सकिएको छैन । पोखराका चर्चित राष्ट्रिय पौडीबाज आनन्द कुँवर भन्छन राजधानी बाहीर भएकाले नै पोखरेली पौडीबाजले उचित अवसर पाउन सकेका छैनन । राम्रो प्रशिक्षण र अवसर पाउन सके पोखरामा धेरै पौडीबाज निस्कन्थे । फेवातालको किनारमा घर भएका २८ वर्षिय कुँवर केटाकेटी देखी नै तालमा हाम फालेर पौडिन खप्पिस भएका हुन । २०५२ मा पौडी खेलको औपचारिक प्रशिक्षण लिई खेलकुद क्षेत्रमा प्रवेश गरेका उनी ४ वटा त अन्तराष्ट्रिय प्रतियोगितामा समेत  भाग लिईसकेका छन । गोर्खा दक्षिणबाहु देखी सयौ मेडल पाएपनि पोखरामा पौडीखेललाई अगाडी बढाउन नसकेको उनको धारणा छ । हाल सियम क्लव पौडी पोखरीमा प्रशिक्षक बनेर ४ देखी ५५ वर्षसम्मका महिला पुरुषलाई पौडी सिकाउदै छन । पौडी खेलाडी बनेर बाच्न गाह्रो छ उनी भन्छन बर्षमा ३ महिनामात्र पोखरामा पौडि खेल्न आउछन । त्यसमा पनि बेलुका पानी पर्छ खोला,नाला र ताल धेरै छन सौखिनहरु उतै जान्छन । ब्यवसायीक खेलाडी भए पनि राजधानीकाले मात्र मौका पाउछन । मैले फिनाकोर्श, ओलम्पीक सोलिडायरेटी र कोचेज कोर्श समेत पुरा गरेको छु । सधै केमिकल पानीमा खेल्दा छाला बिग्रने तथा चिसो लाग्ने  हुन्छ । स्विमिङपुलबाट उचित फाईदा नभएकाले सञ्चालकले राम्रो पारिश्रमिक दिदैनन् । बाच्न गाह्रो छ । जेठ,असार र साउनको महिनामा सिक्न आउनेले दिएको फिबाट जिवन धान्नुपरेको छ । खेलकुद परिषदले हामी जस्ता मोफोसलका राष्ट्रिय खेलाडीलाई कहिल्यै वास्ता गरेको छैन । त्यसै भएर हाम्रा हजुरबाले समेत पौडेर फेवाताल वारपार गरेको पुख्यौली शाहसको बिडो मैले सम्म त धान्दैछु । ताल छेवैमा घर भएपनि मेरो छोरा व्यवसायीक पौडी खेलाडी बन्ला भन्न शंका नै छ ।

No comments:

Post a Comment