Pages

Saturday, May 21, 2011



शहरमा घर हुनुको पिडा

              पोखराको नया बजार । वरपर करोडौको लगानीमा बनेका महलहरु । बिचमा ४ लेनको ब्यस्त सडक । सडकसगै जोडिएको सानो टिनको घर । रातोमाटोले पोतेको पिडी र भित्तो । पिडि सगै जोडिएको सडकमा सयौ गाडीको लस्कर । चाउरी परेको बुढो अनुहार । सधै पिडिमा टुक्रुक्क बसेर बाहिर हेरिरहने । यिनी हुन — ८६ वर्षिय बुद्धि बहादुर जलारी ।



      यहा वरपर सवै चौर र झाडी मात्र थियो  । अहिले मोटर हिड्ने बाटोमा  पहिले सानो ३ हातको डहर (गोरेटो ) थियो ।  डहरमा नै हाम्रो घरको आगँन जोडिएको थियो । आँगनमा बिस्कुन सुकाउथ्यौ । कहिलेकाहि छाडा छाडिएका घोडाले बिस्कुन खाईदिन्थे । त्यही बिस्कुन सुकाउने आँगनमा अहिले पिच भएको छ । दिनरात हजारौ गाडी गुडिरहेका छन । आँगन त कुरा छोडौ मेरो त चारहात पिडि समेत यहि बाटोमा परेको छ  भन्छन बुद्धि बहादुर । म यसै ठाउँमा जन्मिएको हु । म जान्ने हुदा यहा हाम्रा जलारी जातीको १ सय पचास घर थिए । जो जता बसे पनि हुन्थ्यो । बसेको ठाउँ आफ्नै हुन्थ्यो । कोही उठाउन आउने कुरै थिएन । जलारीहरु फेवाताल र सेती नदीमा मात्र हैन बेगनास, रुपाताल र बिभिन्न खोलाहरुमा माछा मार्न जान्थै । कहिले त स्याङजा, पाल्पा र तनहु समेत पुग्थे । माछा मारेर पोखरा ल्याई बेच्थे । त्यसैले परिवार पाल्थे । पछी घर बढ्दै गए । बजार बढ्दै गयो । जलारी भाईहरु पनि बसाई सर्दै गए । जस्लाई जहा सजिलो भयो सोही अनुसार यहा बेचेर कुना तर्फ लागे । धेरै जलारी त हातको १ हजार पाएको बेला सेदी बगर र बेगनास सरे । उनीहरुले बेचेको जग्गाको मुल्य हातको साडे दुईलाख भैसकेको छ । अहिले यहा जलारी त हाम्रो घर मात्र बाकी छ । मेरो पनि २ हल जग्गा थियो । हाल जम्मा चालिस हात मोहडा र पचासहात पिछाड बाकि छ । ५ छोरा मध्य दुईटा मात्र यहा छन । एउटा याम्दी बगर छ भने दुईटा बेगनास छन । वरपर ठुलाठुला घरले च्यापे । हामी गरिव ठुलो घर बनाउन सकिएन । छोराहरुको पेशा अहिले पनि माछा मार्ने नै हो । धन कमाउन सकिएन । पुख्यौली र जन्मथलो भनेर आज सम्म बसियो । अव बस्न सकिएला जस्तो छैन । आडैको छिमेकीले तेरो घर त मेरो भैसी बाध्ने गोठ सरह पनि छैन भन्दा मन दुख्छ । त्यसैले अव यो ठाउँ बेचेर सहर देखी अली पर सर्ने बिचार गरेका छौ ।

           

      सन्तुमाया श्रेष्ठको पार्दिचोकमा एक तले घर छ । यो चोकमा उनको नै पहिलो ढलान घर थियो । समयसगै चोक  वरपर ४—५ तले करोडौ लगानीका ठुला घर बन्दै गए । उनका श्रीमान बेलैमा बिते । ६ छोरालाई सन्तुमायाले पाल्दा अरु पुख्यौली सम्पत्ती बेच्नुपर्‍यो । अहिले त्यही घर मात्र छ । छोराहरु घडी बनाउने र काठमिलमा काम गर्ने गर्छन् । उनीहरुको खासै कमाई छैन  परिवार पाल्न धौ धौ छ । छिमेकीले अग्ल्याएको घरले हाम्रो घरलाई अझ होचो बनाईरहेछ । शहरमा घर हुनेको यो अर्को समस्या हो । उनी भन्छिन यहा अव घरको तला थप्न सकिदैन बरु राम्रो मुल्य पाए  बेचेर छोउ तिर जग्गा किनी सानो घर बनाउनु पर्ला । सन्तुमाया जस्ता शहरमा धेरै छन ।

        शहरमा घर बनाएर मात्र हुदैन । वरपर सरह तला थप्न सक्नु परेको छ । साजसज्जा पार्नुपरेको छ । रितिरिवाज र धर्म सस्कृती अनुसार सकी नसकि शहरियापन देखाउनु परेको छ । भोजभतेर देखी डिस्को सम्म सामेल हुनु परेको छ ।गरगहना देखी बिलासिताका गाडी जोड्नु परेको छ । नत्र समाज मात्र हैन आफ्नै परिवार समेतले गाली गर्ने छन । छिमेकीका छोरासरह बन्नुपर्छ आफ्ना छोरालाई पनि । श्रीमतीलाई छिमेकीका अगाडी फुर्ती लाउनु परको छ । गाउँमा खासै धनी गरिवको भेद छुट्टिदैन । अन्तरह्रदय वरपर थाहा हुन्छ । बोक्रे शहरमा खोक्रे ध्वास लगाउनु छ । त्यसैले आर्थिक उचनिचता यहा स्पस्ट देखिन्छ । हुनेलाई शहर मोजमस्तीको क्रिडास्थल बनेको छ । राम्रो कमाई नहुनेलाई त बाबुबाजेले जोडेको जग्गा र जन्मेको ठाउँ पनि पिडास्थल बनेको छ ।

      

      पोखरा न्यूरोडका सञ्चारकर्मी रमन गिरी भन्छन् कमाईले आफैलाई खान गाह्रो छ ।  यही पत्रकारिता गरेर छिमेकी सरह घर बनाउनु त सपना नै हो । हाम्रो पुख्र्यौली सम्पत्ती थुप्रो छ । अमुल्य जग्गा बेचर घर बनाउदा फेरी त्यही ठाउँमा त्यस्तै जग्गा कहिल्यै जोड्न सकिदैन कि भन्ने शंका छ । वरिपरि डलर कमाउनेले मार्वलका महल ठडाईसके । हाम्रो घर ढुङ्गामाटा कै छ । पुस्तौ देखीका हामी यहीका बासिन्दा पछी पर्दै गएका छौ । यो शहर त बाहिर बाट आउनेको मात्र हो जस्तो लाग्छ । पचास वर्ष अगाडी चार हजार जनसंख्या भएको पोखरामा अहिले झण्डै दुईलाख पुगिसकेका छन । पहिलेको जमिनदार जग्गा बिक्री गर्दै परिवार चलाउदै सागुरिएका छन । शहरमा समयानुकुल आय ,छिमेकी अनुसार ब्यावहार गर्न बाध्य हुनुपरेको छ ।

            अर्का सञ्चारकर्मी कृष्णमणी बराल भन्छन जागिर खाएर नै गल्ती गरिएछ । छिमेकी साथीहरु बिदेश गएर महल बनाए । बैदाममा नै पुख्र्यौली सम्पत्ती थुप्रो छ किन बाहिर जाने भन्ने लाग्यो । अहिले छिमेकीका सरह घर बनाउदा अर्को जग्गा बेच्नु पर्‍यो । मैले त अर्को जग्गा थियो र त्यही बेचेर घर बनाए । मेरा छोराहरुले कहा बेचेर बनाउलान ?

      समयाअनुकुल पेशा हुन सकेन र आर्थिक उन्नती हुन सकेन भने शहरमा छोटै समयमा आर्थिक दुरता बढेर जान्छ । त्यसैले कसैले पुख्र्यौली पेशा वा लामो समयको पेशा परिर्वतन गर्न बाध्य हुन्छन भने कती बसाई सर्न वा बिदेश पस्न बाध्य छन । शहरमा घर नभएर पिडा भोग्नेको  त कुरा छाडौ । पुख्र्यौली घर नै शहरमा हुनेहरुको  यो पिडा अझ मर्मस्पर्सी छ ।  आफ्नो पुख्यौली  जन्मथलो कस्लाई माया लाग्दैन र ? तर पनि शहर धनीहरुको हो । यहा दिन दुगुडा रात चौगुडा परिर्वतन भैरहेको छ । आफ्नो पेशा कमाई जस्तो भए पनि छिमेकी सरह हुनु परेको छ ।यसो हुन नसक्दा हिनताबोध हुन्छ । यो प्रतिस्पर्धामा जुध्न नसक्नेको  अन्तिम उपाय बसाई सराई हो । समाजशास्त्रका उपप्रध्यापक तथा पोखराको शहरीकरण बिषयमा नै बिद्यावारिधी गरेका डा.बिश्वकल्याण पराजुली भन्नुहुन्छ परम्परागत पेशालाई समयानुकुल रुपान्तरण गर्न सकेकाहरुको खासै समस्या छैन ।आफुलाई शहरीकरण सगै रुपान्तरण नगरे परम्परागत पेशालाई नै निरन्तरता दिईरहे भने बासस्थानसार्न बाध्य हुन्छन् । यो डार्बिनबादी सामाजिक सिद्धान्त नै हो । मेरा बाजेले बेद पढ्थे पंडित्यायी गर्थे । मैले बेद नै पढेको भए पोखरामा बस्न सक्ने थिईन होला ।  अर्को उदाहरण हिजो बाबुले लेटरप्रेस राखेका छापाखाना मालिक छोराको पालामा अफसेट राख्न सके बाचे नत्र रहेनन् । हरेक शहर र देशको अवस्था यस्तै हो । ईतिहास नै यसरी बनेको छ । तथापी गाउँमा भन्दा शहरमा घर हुनुको पिडा संघर्षमयी छ ।   समाप्त



No comments:

Post a Comment