पुरानो बजारको पुरानो घर । साईनबोड त झुण्डिएकै छ ‘शेरचन लज एण्ड रेष्टुरेन्ट’ । न त पर्यटक नै छन न त उनीहरुका लागि सुत्ने बस्ने कोठा नै । यो घरमा बिदेशी नबसेको एक दशक भैसस्यो । घर पुरानै भएपनि भित्र सफा छ । थकाली परम्परा अनुसार भाडार्वतन सजाईएको छ । पिडिमा नाती नातिना भुलाएर बसेका छन ७३ वर्षिय शम्मर बहादुर शेरचन र उनकी श्रीमती ललदेवी ।
अहिले यो घरमा चाडपर्वमा आफ्नै ईष्टमित्र र छरछिमेकी बाहेक कोही आउदैन । कुनै बेला राती ३ बजेबाट घर अगाडीको बाटोमा घोडाखच्चड र पदयात्रीको आवाजले सुत्त सकिदैनथ्यो । यहि घरमा सधै जसो गोरा(पाहुना), तिनको गाईड र भरियाले भित्रमात्र हैन पिडी समेत भरिन्थ्यो । होटलमा काम गर्नेमात्र १०—१२ जना थिए । घरधनी शम्मरबहादुर भन्छन पोखराबाट हिडेको गोरा(पर्यटक) यहा बास बस्न आईपुग्थ्यो । फर्किने पनि यही बस्थे । जोमसोम,अन्नपुर्ण सर्कल र बेसक्याम जाने धेरै पदयात्री पर्यटकको रुट यही थियो । लजमा ठाउ नपुगेर चौर र बारीका गह्रामा समेत रातैपहेलै तम्बु(टेन्ट) हुन्थे । बिहान यहाबाट देखिने हिमाल हेरेर खुसीले पागल हुन्थे । हामीलाई गोरा र उनको भरियाको खान बस्नको चाजोपाजो मिलाउदामा नै फुर्सत हुदैनथ्यो । एक बेडको २० रुपया देखी २—३ रुपया सम्म लिन्थ्यौ ।खाने बस्नेहरुबाट मात्र पनि दैनिक ४—५ हजार ब्यापार हुन्थ्यो । मुस्ताङ,म्याग्दी,बाग्लुङ र पर्वतका स्थानिय मानिस तथा मुक्तिनाथ जाने तिर्थयात्री समेत यही बाटो हिड्थे । नेपालीले त बास माग्दा समेत दिन सकिदैनथ्यो । सपना जस्तो लाग्छ । त्यस्तो ठाउ यस्तो सुन्य छ । बस्नलाई ठाउ नपुग्ने घरमा अहिले हामी बुढाबुढीबाहेक बस्ने कोही छैन ।जेठाको परिवार काठमाण्डौमा बस्छन ।माहिलाका सवै बेलायत तिर छन । पर चोकमा कान्छाको होटल छ ।कान्छी छोरी र बुहारीले घरको काममा सहयोग गर्न आउछन । पहिले जस्तो रमाईलो छैन । मान्छे पनि छैनन, ब्यापार हुने कुरै भएन । कुना परियो,सवै लग्यो त्यही राजमार्गले ।
मुस्ताङको टुकुचे थाकखोलामा जन्मथलो भएका शम्मर बहादुर ब्यापारका लागि बेलैमा कास्कीको बिरेठाटीमा आईबसे । त्यहा खासै चित्त बुझेन । २०२७ सालमा कास्की कै नागाडाडाामा आईबसे । उनले २५ वर्ष यही होटल चलाए । उतीबेलाका कुरा कोट्याउदै ७० वर्षीय ललदेवी शेरचन भन्छिन पहिले हिप्पीहरु आउथे ।गाउगाउमा गाजा खोज्थे । खान्थे रमाउथे । अलि राम्रा गोरा आए बाहिर आगो बाल्थे ।नाचगान देखाइदेउ भन्थे पैसा राम्रै दिन्थे । फोटो खिच्थे कसैले त कलम , चकलेट र अरु उपहार दिन्थे । बिजुली नभए पनि मैनबत्ती,मइन्टोल र जेनेटरको उज्यालो,नाचगान एवं मानिसको चहलपहलले नागाडाडाा रातदिन उज्यालो हुन्थ्यो । अहिले बिजुली बत्ती छ दैला अगाडी पक्की मोटरबाटो छ, बोडिङ स्कुल र क्याम्पस पनि छन तर पनि पहिलेको सम्झदा दिनै अध्यारो जस्तो लाग्छ ।
२०४७ तिर बाग्लुङ पोखरा राजमार्ग बनेपछी पर्यटक तथा पदयात्री सवै मोटरमा हुईकिए । नागाडाडााको पुरानो बजार ओझेलमा पर्यो । त्याहा राम्रो चलेका सवै होटल बन्द हुने अवस्थामा पुगे । यकताका २५—३० होटल लज रहेको नागाडाडाामा अहिले ३—४ वटा छन । अहिले गौचन लज सञ्चालन गर्दै आएकी खड्कुमारी गौचन भन्छिन गाडीमा आउने थोरै नेपालीले ब्यापार धानेकी छु । टुरिष्टलाई त गुडेको बसमा मात्र देखीन्छ, यहा झरेपनि हिमालको फोटो खिच्छन गैहाल्छन् ।
नागाडाडाा वरपर डाक्टर नामले चिनिने केशबहादुर गुरुङले ३० साल तिरबाट नै नमस्ते लज चलाएका थिए । उनीको औषधी पसल पनि थियो । वरपरका बिरामीले उनको क्लिनिक भरिन्थ्यो । उनका परिवार र कर्मचारीले भ्याईनभ्याई लज चलाउथे । यो लज अग्लो स्थानमा भएको र हिमाल नजिकै देखिनाले सधै भरिन्थ्यो । राजमार्ग आए पछि ब्यापार सुक्यो । उनीहरु बिस्थापित भएर नयापुलमा गए । अगाडी देखिने हिमाल पहिले झै मुस्कुराई रहेको छ । तर सधै सफा र रमझम देखिने उहिलेको यो लज अहिले भुतबंगलामा परिणत भएको छ । पिडीमा घास उम्रेको छ ।छाना चुहिएर गाह्रो ढल्ने अवस्थामा छ । छिमेकमै फेन्सी पसल गरेका कृष्ण बहादुर श्रेष्ठ भन्छन यहा त सित्तैमा घरमा बस्ने मान्छे समेत पाईदैन । उतीखेर ल्याउ भन्दा बेचेनन् अहिले कोही किन्न आउदैनन् । यो सवै यही मोटरबाटाले गरेको बेफाईदा हो । पोखरा जान आउन सजिलो त भएको छ तर के गर्ने हाम्रो त यो बाटाले रोजीरोटी नै खोसिदियो । अहिले त कहिलेकाही बाटामा गोरा हिडको देख्दा पनि अचम्म लाग्छ ।
घोडा खच्चडका गल्र्याङगुल्र्लुङ आवाज, पर्यटकको चहल पहल र वरपरको सुन्दर दृष्य । ढुङ्घाका छपनीले छापेको बाटो, भरियाले भरिएका चौतारी । नजिकै देखिन माछापुच्छ्रे र अन्नपुर्ण हिमाल । नागबेली डाडाबाट दक्षिणमा देखिने फेवाताल र पोखरा । होटलवाला थकाल्नी दिदीको माया । २०३८सालमा घान्दु्रक जादा यसै ठाउमा बासबसेका साहित्यकार सरुभक्तलाई यहि आफ्नो कृतीमा सुन्दर वस्ती बसाल्न मन लाग्यो । यसैडाडामा कयौ दिन बसेर यहिको परिवेस उनेर उनले पागल बस्तीे उपन्यास लेखे । पहिलो प्यारामा नै यसठाउको यर्थात बर्णन गरे । यो उपन्यासले मदन पुरस्कार समेत पायो । साहित्यकारको प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त र रमाईलो पागलबस्ती आज भौतिक सम्पन्नताले परिपूण भएपनि सुनसान बस्ती भैरहेको छ । उहा भन्नुहुन्छ पागलबस्ती पढेर नागडाडा जाने धेरै छन । मैले कृतीमा उल्लेख गरेको दृष्य नदेख्दा मलाई गुनासो गर्छन । तपाईको त्यो बस्ती त अव कितावमा मात्र सिमित रहेछ । मोटरबाटो तलबाट गयो, पुरानो बजार झुण्डियो । नागडाडा त प्यारालाईसिस भयो । तर त्यसो हैन भौतिक बिकास सगै नागडाडालाई नया स्वरुपमा पर्यटकिय बिकास गर्न सके नगरकोट बन्न सक्छ । यसका लागि स्थानिय तथा सम्वन्धित पक्ष लाग्नै पर्छ । सरुभक्त भन्छन आधुनिकताको उपयोग गर्दै सुन्दरतालाई झल्काउन सके मेरो सुन्दर नागडाडा कहि गएको छैन, अझै पनि डाडाबाट नै घोक हालेर सवैलाई डाकी रहेछ । आउ रमाउ नागडाडा बचाउ । समाप्त
rajmarga le pichadiyako nagdanda
ReplyDelete