Pages

Saturday, May 21, 2011

पानी, पोखरा


दिउसो प्रचण्ड गर्मी ।
घरबाट बाहिर निस्कदा पानी पर्ने छन्कै थिएन । त्यसैले छाता लैजाने त कुरै भएन । दिन ढल्किदै जान्छ । ३—४ बजे पछि त एक्कासी आकास गर्जिन्छ । गडङगुडुङ । सके असिना समेत झर्छ । पानी त अवस्य पर्छ । गाग्रीबाट नै खन्याए झै परेको पानीले सडक नै खोलामा परिणत गर्छ । शहरको फोहर बगाएर लैजान्छ । अघिसम्म गर्मी मानेका सवै जाडोले कपडा थप्नखोज्छन् । केही बेरको वर्षा पछि आकास खुल्ला हुन्छ । बातावारण सफा । ताल सफा, हिमाल सफा । डाडाँकाडाँ सफा । समस्त पोखरेलीको मन सफा । लाग्छ एउटा ममतामही प्रकृती माताले आफ्ना सन्तती फोहर देख्न सक्दिनन् । लुगाकपडा देखी दिनहु जसो शिशुको शरिरै नुहाईदिन्छिन् । यस्ती प्रकृतीमाता पाएर आफुलाई भाग्यमानी ठानेकाछन पोखरेलीहरु ।


 पोखरा सिमलचौरका माधव मिश्रको मोटरसाईकलमा बाह्रै महिना हरेक समय रेनकोट भैरहन्छ । उनी भन्छन् पोखरामा पानी पर्ने ठेगान छैन । जहिले जतीसुकै बेला पर्नसक्ने भएकाले सोच त गर्नै पर्‍यो । उनीजस्ता धेरै सोचिला पोखरेली हिउद होस वा वर्षा घरबाट बाहिर निस्कदा छाता लिएर नै निस्कन्छन् । पोखराको बिशेषता पानी पनि हो । फेवातालमा मात्र ४.६ करोड क्यूविक मिटर पानी छ । ८ सय ५० वर्गकिमिको पोखरा उपत्यका भित्र बेगनास,रुपा,दिपाङ, मैदी जस्ता ताल तलैया र पोखरीहरुले करिव १० वर्ग कि.मि. जमिन ढाकेको छ । पोखरा उपमहानगर पालीका भित्रमात्र दैनिक साडे ३ करोड खानेपानी चाहिन्छ । खानेपानी संस्थान पोखराले झण्डै २ करोड २० लाख लिटरमात्र पानी दिन सकेको छ । बाकी बिभिन्न सिचाई नहर, मुहान र खोलानालाको पानी प्रयोगमा आएको छ । साना ठुृला खोला नाला देखी पोखराको बिचभागमा
दौडने सेती नदीको पानीलाई हिसाव राख्दा त पोखरालाई पानीको राजधानी भन्नुपर्छ ।
कुनैबेला त रिसाएर पो हो कि । प्रकृतीमाताको पनि कालो स्वरुप देखिन्छ । मेघ गर्जिन्छ, चट्याङ पर्छ , असिना वर्षन्छ । बिनास पनि निम्ताउछ । गुण सगै सवैका अवगुण हुनेरहेछन । बारी भरी लाखौको तरकारी लगाएका हेम्जाका कृषक विष्णु पौडेल भन्छन् यसपाली असिनाले   सुरक्षाका लागि राखेको क्यानल(ग्रीन हाउस) समेत छेडेर सम्पुर्ण तरकारी नष्ट गर्‍यो । जोत्न लगेको गोरु समेत मर्‍यो । गएको जेठ ४ गते पोखरेली होनाहार युवा महेश आर्चायले असिना कै कारण ज्यान गुमाउनु पर्‍यो । कैयौ गाई बस्तु मर्ने र खेती बाली नष्ट हुने त सामान्य नै भईसक्यो । अत्याधिक वर्षाले वर्षेनी सेतीको तिरमा बसेकाहरु वर्षामा घर सार्छन् । धेरै पानी पर्दा पोखराको रामघाटमा सेती ठेलिएर ताल बन्छ । वरपर बस्नेको होस उडाउछ ।
फाल्गुण देखी अषाढ सम्म वर्षाको पूर्वसन्ध्यामा असिना पर्ने र मेघ गर्जिने गर्छ । मनसुन सुरु भएपछी त चौबिस घण्टामा ३५७ मिलिलिटर सम्म पानी परेको रेकर्ड छ यहा । जुन १० मनसुनको स्वागत र सेप्टेम्बर २३ बिदाई दिन मानिन्छ । महिनाको हिसावमा अत्याधिक वर्षा जुलाई र न्युनतम नोभेम्बरमा देखिन्छ । पोखरा क्षेत्रमा वार्षिक औसत वर्षा ४ हजार मि.लिटर छ । वर्षमा एक सय दिन त झरि नै पर्छ । पोखराको नजिकै लुम्ले नेपालकै सवैभन्दा वढि वर्षा हुन स्थान हो । यहा हावापानी मापन यन्त्र (यग्रोमेट स्टेसन) राखिएको छ । यसले वर्षा नाप्ने मात्र नभै कृषिकार्यका लागि सहयोग गर्छ । पोखरामा रहेको जलबायु हेर्ने नारायणी बेसिन कार्यालय अन्तरगत १२३ हावापानी रिडर स्टेसन छन । जलबायुको तथ्याङ्क हेर्दा औसतमा २० वर्ष पहिले भन्दा अहिले वर्षा ५ सय मि.मि. र तामक्रम एक डिग्री वढेको छ ।
पोखरा उपत्यका उत्तर दक्षिण फैलिएको दुन हो । यो उपत्यकाको २५ कि.मि. नजिकै आठहजार सम्म अग्ला हिमाल छन । संसारको यो एकमात्र स्थान हो जहाबाट केवल पातलो टिसट लगाएर नजिकै हिमाल हेर्न पाईन्छ भन्छन भुगोलबिद डा. बिश्व श्रेष्ठ । वंगालको खाडीबाट निस्केको बादलले मनसुन ल्याउछ । यो बादल बर्मा, भारतको आसाम हुदै नेपाल पस्छ । संसार कै सवैभन्दा वढि पानी पर्ने आसामको चेरापुञ्जी यसै रुटमा पर्छ ।समुन्द्रि सतहबाट १३ सय मिटरको उचाईमा रहेको चेरापुञ्जीमा पोखरा भन्दा तीन गुणा धेरै अर्थात वार्षिक ११ हजार ५ सय मिमि.भन्दा बढि पानी पर्छ । नेपालको पूर्वी तराई हुदै प्रवेश गरेको मनसुन बादल पोखरा उपत्यकामा प्रबेश गर्छ । नजिकैको हिमालमा ठोक्किन्छ । पोखरामा यसरी वर्षा वढि हुन्छ भन्नुहुन्छ मेट्रोलोजिष्ट ईन्जिनियर बिष्णु नारायण गुरुङ ।
हामीकहा जलवायूको भविष्यबाणीलाई त्यती वास्ता गरिदैन । वास्तवमा यसको प्रभाव ठुलो हुन्छ । बिकसित राष्ट्रमा डक्टरले समेत जलबायुको तथ्याङ्कका आधारमा रोग र त्यसको निवारणको अनुसन्धान गर्छन् । वर्षामा कुन रोग फैलिन्छ र मनसुन कहिलेबाट आउदै छ भन्ने जानाकारी राखेमात्र मनसुनताका आउने सरुवा रोगबाट हुने क्षती कम गर्न सकिन्छ । कुनैपनि राष्टका साना ठुला हरेक योजना बनाउनु अघी त्यस ठाउँको जलबायू सम्बन्धी अध्यान गरेकै हुनपर्छ । तर हामीकहा त्यस्तो चलन छैन । पोखरामा क्षणिक समयमा नै अत्याधिक वर्षा हुनेहुदा भल नाली नाधेर सडकमा दौडिन्छ । सडक भत्काउछ । यसो हुनुमा योजनाबिदले हाम्रो तथ्याङ्कलाई वास्ता नगरेर हो भन्नुहुन्छ नारायणी बेसिन कार्यलय पोखराका प्रमुख बिष्णु नारायण गुरुङ । उहा थप्नुहुन्छ योजना आयोगले नै हरेक योजनामा हाम्रो े तथ्याङ्कलाई आत्मसाथ गर्न अनिवार्य गराउनु पर्छ । तव मात्र योजनाको सफल कार्यन्यन हुन्छ । हाम्रो जिम्मेवारी र बिस्वासनियता समेत बढ्छ । तर बिडम्बनाको कुरा बेनीबजार छेउको कालीगण्डकीमा पुल हाल्न हिउदमा पिल्लर बनाईयो । पुलरहने स्थानको पिल्लर नाग्नेगरि वर्षामा भेल आयो । नदिले ल्याएको झार पिल्लरको माथिल्लो भागमा देखेपछि योजनाबिदले चालपाए नदिको भेल त पुलैमा पो आउने रहेछ । त्यसैले यो योजना अझै अधुरो छ ।

No comments:

Post a Comment