Pages

Saturday, April 26, 2014

आज्ञाकारी चड्कन


३ वर्ष अगाडी म साउथ क्यारोलिनाको पूर्विय शहर फ्लोरेन्सको मंग्नोलिया मलमा काम गर्थे । एक दिन मैले काम गर्ने फेसन कपडा पसलमा एक काले(अफ्रिकन अमेरिकन) अन्दाजी ६ वर्षकी छोरी लिएर आयो । काले आफुलाई चाहिने कपडा खोज्न स्टोरको चारै तिर घुम्न थाल्यो । उस्की छोरी काउन्टर नजिकै रहेको सोकेसमा बेच्न राखेका रंगी बिरंगी जिसक (घडी)  हेर्न आई । म सोकेस नजिकै काउन्टरमा थिए । त्यो फुच्चीलाई पिड.कलरको घडी मन परेछ मलाइ निकाल्न भनी । उस्को तोते बालापन आवाज र एस्क्युजमी भन्ने बिनम्र शब्दले बोलेको सारै रमाइलो लाग्यो । घडी निकालेर देखाए । उस्ले हेरी अनी भन्न थाली मेरो ग्रामालाई भनेर म पछी किन्न आउछु है ?
उस्ले मिठो आवाज र शब्दमा भन्दै गई उ मेरो ड्याड हो उस्ले मलाई धेरै माया मान्दैन र हामी सग पनि बस्दैन ।  तर मलाई ग्रामा (ंहजुरआमा)ले  धेरै माया मान्नुहुन्छ । मेरो ममी मलाई छोडेर अर्कै ब्वाइफ्रेडसग बोस्टन गई । फोन गर्छे तर मलाई बोल्न मन लाग्दैन । मलाई मेरो ग्रामा भए हुुन्छ । उस्ले बोल्दै गर्दा उस्को बाबु पनि आइपुग्यो । उस्ले बाबुलाइ देख्ने बित्तीकै मलाई यो घडी मन पऱ्यो मात्र के भनेकी थिई घडी खोसेर सोकेस माथी राख्यो र एक चड्कन लगायो ।  फुच्चीले   रुदै भनी मलाई किनी दिनुपर्छ भनेको हैन मन पऱ्यो भनेको, मेरो के गल्ती छ र ?  बाबुले उस्को हात समाएर हिड्यो । मलाई पनि त्यो सानो नानीलाई बिनाकारण पिटेको देखेर मन नरमाइलो भयो । रुदै गइरहेकी फुच्चीलाई म हेर्दै थिए पर पुगेर आसुृ पुच्दै हातले बाइबाइ गरी । मेरा   परेला भित्रका आसु पनि तल झरे । यो घटना धेरै दिनसम्म सम्झीरहे ।  फेरी सोचे उस्ले आफ्नी छोरीलाई एक झापड लगायो त के भो ? हामीले पनि त कती पटक छोराछोरीलाई झापड लगायौ होला ।
करिव एक र्वष पछी म अर्कै ठाउमा सरेको थिए तर काम र स्टोर भने उस्तै थियो । हाम्रोमा कपडा फेर्ने सानो क्याबिन पनि थियो । एक दिन एक कालीले करिव ७ वर्ष जतीको केटालाई  रुवाउदै लिएर आई । उ चिच्चाई चिच्चाई रोइरहेको थियो । कालीले तिम्रो कपडा फेर्ने कोठा कुन हो भनेर सोधी र बच्चालाई भित्र लिएर गई । उस्ले २ थप्पड लगाइ केटा बढि चिल्लायो । उस्ले चुप हुन भन्दै आवाज मात्र बाहिर निकाले घरमा लगेर फेरी पिट्छु । केटा हिक्क हिक्क गर्दै रुन बन्द गऱ्यो । उस्ले बाहिर निकालेर म सग टिस्यु पेपर मागी र केटाको आसु तथा सिगान पुछी अनी आवाज बाहिर निकाले पुलीस आउछ भन्दै लिएर गई ।
बच्चाहरुका लागि यती कडा कानून भएको देश अमेरिकामा यि दुई जस्ता घटना बिरलै हुने देखिने मध्यका पर्दछन । तर हाम्रो नेपाली समाजमा हरेक दिन र हरेक घरमा हुने सामान्य कुरा हुन । यहा केटाकेटीलाई कुट्न त थर्काउन पनि सख्त मनाही छ । स्कुलमा शिक्षकले नै सिकाउछन यदी तिमीलाई तिम्रो बाबुआमा, अभिभावकले गाली गरेमा, पिटेमा ९११ मा फोन गर्नु भनेर प्रहरी कन्ट्रोलको फोन कण्ठ बनाउन लगाउछन ।यदी यसरी कुनै बच्चाले फोन गरेमा बाबु आमालाई जेल चलान गर्नुको साथै पटके भएमा निश्चित समय सम्म बाबुआमालाई भेट्न नै नदिने गरी राखिदिन्छन । हाम्रोमा झै आफ्नो बच्चालाई सुधार्न पिटेको भनेर धर पाइदैन ।
मेरो एक पाकिस्तानी साथी दुखेसो सुनाउदै थियो । एक दिन उ साथीसग पार्टीमा वाइन खाएछ । मातेर घरमा जादा आफ्नो संस्कार सस्कृती बिरुद्ध रक्सि खाएको भन्दै श्रीमतीसग झगडा पऱ्यो । बाबुले आमालाई गाली गर्न थालेको देखेर  कसैलाई थाहा नै नदिई छोराले ९११मा फोन गरेछ । तत्कालै प्रहरी आई पक्रेर लग्यो । श्रीमतीका आफन्त अझ सालाले तलाक दे भन्न थाल्यो । पाकिस्तानी सस्कारमा सालाले दिदी बैनीको घर बसाउन बिर्गान सजिलै सक्ने हुदा मलाई मेरी प्यारी श्रीमतीले तलाक दिई । मेरो छोराछोरी आमा सग गए । ।अहिले कोटमा मुद्धा छ मेरो तलवको धेरै भाग स्वतह काटिएर उता जान्छ तर आफ्नो प्राण भन्दा प्यारा छोराछोरी र श्रीमतीलाई भेट्न पनि अदालतले दिदैन । उनीहरुलाई भेटेर मेरो कसुर के हो सोध्न र गल्ती भए माफ माग्न पनि नपाईने कस्तो देशमा आएछु भन्दै छाती पिटी पिटी रुन थालेको थियो । यहीका अमेरिकनहरु पनि यस्तै परिस्थीती र कानूनी प्रकृयाबाट निकै प्रताडित भएका पाइन्छन । अझ हामी इमिग्रेन्टहरुको त फेमिली भ्वाइलेसन गर्नेमा अगाडी भएको यहाको प्रहरी रेकर्ड देखाउने बताउछन ।
 मैले यही देखेको अर्को दृष्य पनि रमाइलो छ । क्रिसमसको बेला थियो म काम गर्ने स्टोर अगाडी ४ कुर्ची राखीएका थिए । एक दिन अन्दाजी २५ वर्षे युवकलाई ६५ वर्षे बृद्ध आमाले ल्याएर बस्न भनिन । त्यो युवक मानसिक  रुपमा निकै अस्वस्थ्य रहेछ । देख्दा हट्टकट्ट भए पनि बिभिन्न हर्कत गरिरहन्थ्यो । कहिले उठ्थ्यो कहिले सुत्थ्यो कहिले भुइमा पल्टिन्थ्यो । ति बृद्धा मुस्कुरावट अनुहारमा कुनै आवेग र आक्रोसको छिटा नपारी उस्को कामलाई सघाई रहेकी थिइन । उनीहरु करिव ३ घण्टा त्यहा बसे होलान । ति बृद्धाले त्यो युवक छोरालाई हसिलो अनुहारमा नै हेरचाह गरेको देखेर मलाई भगवान छन भने तिनै हुन जो आमाको रुपमा त्यो मानसिक असन्तुलित युवालाई त्यतीसारो हेरचाह गरीरहेकी छन भन्ने लाग्यो । यस्ता दृष्य अमेरिकामा धेरै देखिने मध्यका हुन ।
मलाई लाग्छ म यसरी सितल मानसिकतामा यती धेरै बस्न र अरुको हर्कतलाई सहज लिईरहन सक्दिन होला । किनकी म त्यो समाज, घरपरिवारबाट हुर्केर आएको हु जहा कमजोरलाई बलियाले हेप्ने,हप्काउने र हिर्काउने मात्र गर्दछन,हृदय दिदैनन् । हामी दक्षिण यशियालीहरुको बिशेषता र सस्कार एउटै छ । जस्लाई सामान्ति संस्कार पनि भन्न सकिन्छ । कतिपय हाम्रा सस्कृती, परम्परा, नियम र कानूनले पनि केही कुरामा र्निदयितालाई मान्यता दिएका छन । जस्तै आमाले कुटेको र दुधले पोलेको दुख्दैन ।
एक दिन म एक भारतिय परिवारको निमन्त्रणामा खानखान गएको थिए । उनका एक ५ वर्षको छोरा र ८ वर्षकी छोरी थिए । हामी सगै एकै टेवलमा खान खान बस्यौ । खाना खादै गर्दा छोरीको चम्चा भुइमा खस्यो । आमाले आफ्नै मातृभाषामा गाली गर्दै रिसाएर नया चम्चा दिइन । मलाई नरमाइलो लाग्यो । त्यो बच्चीलाई देखाउदै उनी भन्न थालिन यो खाना खानै जान्दीन । सारै बदमास छ मेरो त आडमा पनि पर्दिन । बाउ नभएको बेला म सग घरमा पनि बोल्दीन । आमाले यसो भनिरहदा मैले बच्ची तिर हेरे । उस्का ओठ कापीरहेका थिए, उ सारै नर्मस थिइ, थाहा पाए र सोधे पनि । तपाईले छोरीलाई पिट्नु हुन्छ के हो ? पहिले त नाई भनिन तर पछी स्विकारिन । के गर्ने छोरीको जात अलि उत्ताउलो हुन दिनु त भएन नि, आफ्नै कभरमा राखी राख्नु पर्छ । गल्ती गर्थे अनी रिस उठ्छ म त बजाइदिन्छु हास्दै भनिन । मलाई यस अगाडी सुन्नु थिएन । गेटटुगेदरमा गएको नरमाइलो मन लिदै फर्के । पछी उनीहरुले कयौ पटक बोलाए मैले बहाना बनाई रहे मैले त्यो सानी बच्ची आफ्नै आमासग कापीरहेको हेर्नु थिएन ।
मलाई सम्झना छ मैले पनि चकचक गरेर धेरै पटक आमाको चड्कन चाखेको छु । त्यसपछी मैले पनि सिकेको कुरा भाई सानो हुदा दाजुको पावर देखाउथे । अझ पछी  छोरालाई पढ भनेर र यो काम गर त्यो नगर भनेर  बाबुको पावर देखाउथे अर्थात कहिले काही त चडकन पनि चखाइन्थो । तर बढि ग्लानी तव महसुस भयो जव म ब्रहमाकुमारी राजयोग अन्तगत भारतको माउन्ट अबुमा एक प्रशिक्षण शिविरमा जाने मौका पाए । त्यहा पाएको पारिवारिक सम्बन्ध तथा मानसिक सोच बारेका महत्वपूण प्रबचन र रेकडेड सिडीले थाहा पाए । बच्चाहरुको मानसिकता र संसारमा हामी अभिभावक  सवै भन्दा ठुला अर्थात सर्वेसर्वा अझ उनीहरुका भगवान सरह ठुला मान्छे  हौ । हामीहरुले उनीहरुको हरेक इच्छा आकांक्षा र खुसी उपलब्ध गराइदिन सक्छौ । अब भनौ यिनै सर्वेसर्वा सोचेका भगबानले नै गाली गरे के होला ? हामीलाई कोही अरुले आवेगमा आएर धकेलेमा, वा नराम्रो शब्द प्रयोग गरेमा वा केवल छोएमा पनि आत्मसन्मानमा ठेस पुर्रयाएको , सन्मान नगरेको,हेपेको र भावनामा ठेस पुऱ्याएको जस्तो सोचेर त्यही प्रतिक्रिया दिइन्छ । कती नरमाइलो र दुख लाग्छ । तर हाम्रा साना बाबु नानी जसले हामीलाई नै सर्वेसर्वा अर्थात सुपरपावर ठान्छन, उनीहरुलाई नै आफ्नो सोचको आज्ञा पालन गराउन  तिनै सुपरपावरले गाली गर्ने,पिट्ने वा भर्खरै बिकास भैरहेको भावना, आत्मबल र स्वसम्मानलाई भाच्ने काम गऱ्यौ भने बच्चाको भावनात्मक भविष्यमा के होला ? फक्रने बेलाको आत्मबिस्वास  कस्तो   होला ?  फेरी वास्तविक कुरा त के रहेछ भने जो मान्छे आन्तरिक रुपमा कमजोर छ त्यो मानिसको कोपप क्यापेसिटी (ग्रहण गर्ने क्षमता) हुदैन तर त्यो कुरा अरुलाई भन्न वा देखाउन सक्दैन भने उस्ले भित्रभित्र तनाव पालेर राखेको हुन्छ । यसै मानसिक तनावका कारण कुनैबेला कहिकतै  आवेगमा आउन सक्छ । यसबेला उस्ले आफ्नो भित्री तनाव वा कमजोरीलाई आफु भन्दा कमजोर मान्छेसग अर्कै तरह प्रतिकिृया जनाएर बाहिर निकाल्ने रहेछ । कतिपय ठाउमा जानाकारीको कमी, प्रतिस्पर्धात्मक महत्वकांक्षा, सन्मानको अपेक्षा आदिले पनि   मानिस  आबेगमा आउने रहेछ ।
हरेक मानिसमा जस्तो अभिभावक, घरपरिवार, समाज,संगत र सस्कारले बनाएको वातावरण छ त्यही अनुरुपको सोच र कार्यक्षमता उसमा बिकास भएको हुन्छ । यही सोच र कार्य क्षमताले भाग्य र भविष्य बनाउने हो । प्राय अभिभाक वा आमाबाबुबाट चाहिने माया र भावना नपाएकाहरु पछी गएर भावनात्मक कमजोर हुन्छन नै । तर यि २ प्रकारका अवस्य हुन्छन कि त सामान्य मान्छे भन्दा  कमजोर  मानसिकताका हुन्छन कि त कसैलाई नमान्ने सम्हाल्नै नसकिने उग्रबादी भएर निस्कन्छन । जस्लाई कुनै भावनात्मक सम्बन्धले छुदैन । भनिन्छ मानिस प्राकृतीक,जैविक स्वभाव र सोच ल्याउने जम्मा २५ प्रतिसत हो । बाकी ७५ प्रतिसत सोच, संस्कार र ब्यावहार त यही आफन्त र आफुले देखेको,सिकेको र भोगेको परिबेशले बनाउने हो । त्यो मध्ममा पनि आमाबाबु र घरपरिवार सोच र सस्कारका प्रमुख श्रोत हुन । अव हरेक श्रोतले सोच्ने बेला हो आफ्नो सन्तान कस्तो श्रृजना गर्ने ?
                                                                                                                    अप्रिल २०,२०१४
                                                                                                                 स्टेसभिल,नर्थक्यारोलिना

No comments:

Post a Comment