Pages

Thursday, April 9, 2015

क्यारोलिना बिच

क्यारोलिना बिच
मेरो बिदा वर्षमा जम्मा ३ दिन हुन्छ थ्याड.स गिभिड. डे, क्रिसमश र इस्टर । बिदा पाउने अघिल्ला २ दिनहरु ब्यावसाहिक ब्यस्तताका कारण कही घुम्न जाने अवस्था हुदैन तर इस्टर भने यस्तो समय हो जुन समय खासै ब्यावसायि ब्यस्तता हुदैन । त्यसैले म इस्टरमा प्राय घुम्न जाने योजना बनाउछु । पोहरसाल ग्रेण्डफादर माउन्टेन गएको थिए । यस पाली भने म बसेको नजिक समुन्द्रको छेउ क्यारोलिना बिच जाने निधो गरे ।
सन्जोगको कुरा यसपाली मैले इस्टरको भोली पल्ट पनि बिदा पाउने अवस्था श्रृजना भयो । मेरो काम सघाउन एक सहायक आएको अवस्था थियो र उसैका कारण मैले थप एक दिन अवसरको छुट्टी पाए ।
बिदा मनाउने योजना अनुसार म बसेको नर्थ क्यारोलिना राज्यको दुराम सिटी बाट बिहानै उठेर ८५ माइल पश्चिममा पर्ने एसबोरो नजिकको क्यारोलिना जु पुगे । यो चिढियाखाना हालै अर्थात सन् २०१२ मा बनेको रहेछ । जु भित्रको ब्यावस्थापन र जंगल बिचको जनावरको अवलोकनका लागि गरिएको सुबिधा निकै मज्जाको थियो । जु भित्र नै रेल जस्तो बसको ब्यवस्थाले झनै रमाइलो बनायो ।
 करिव २ घण्टा बिभिन्न जनावर र पशुपंक्षीको  अवलोकन पछी क्यारोलिना बिचका लागि हिडे । अव करिव साडे ३ घण्टाको ड्राइभले २ सय भन्दा वढि माइल गाडी हाकेर सिधा पूर्व समुन्द्रको किनार पुग्नु थियो । पहिलेको ड्राइभ र जु बाट निस्केपछीको आई ७३ एवं पछी आई ७४ को लामो ड्राइभले शरिर थाकेको थियो । तर वरपरको नया तथा रोमान्चक दृश्यले मन निकै फुर्तिलो बनाएको थियो ।  यो फ्रि वे भए पनि कहिले काही लाइट पनि आउथ्यो, सारै कन्ट्री एरिया भएर गएको यो बाटो अरु नाम चलेको हाइवे जस्तो ब्यवस्थित भने रहेनछ  ।
नर्थ क्यारोलिना र साउथ क्यारोलिनाको बोडर भएर जाने नेपालको हुलाकी मार्ग जस्तो यो आइ ७४ मा बजार कमै आउथे । चर्को घाम र ७० माइल भन्दा माथि रफ्तारका हाकाइले भोक प्यास लाग्दै थियो । अझ अचम्म त के भने मेरो हिजो मात्र भरिएको टेन्की पेट्रोल सकिनै लागेको थियो । अमेरिकामा हाइवेहरु मा प्रसस्त पेट्रोल पम्प हुन्छन् । तेल सकिन लाग्ने बित्तिकै कुनै पम्पको साइनको एक्जिट छिरे पछि भर्न पाइन्छ । तर यहा यस्तो रहेनछ । प्रतेक एक्जीट आखा लगाउछु कतै पम्प छैन तर गाडी रफ्तारमा गुडीरहेको छ तेल खाइरहेछ र मागि रहेछ । अव सडकको छेउमा तेल सकिएर रोकिनुपर्ने चिन्ताले मलाई पोलिरहेको छ भोक र प्यास भने अव न्युन जस्तो भएको छ । पप्पको खोजीको करिव २० माइल कटेपछी मात्र इस्कर्ट नामको एक पप्प देखे । सास पलायो र लामो सास फेर्दै ट्याड.की भरे । अनी त्यसै पम्पको भित्र रेस्टुरेन्टबाट चिकन स्यान्डुज र आइसटी अडर गरे पेट भरे गाडी भरे । चिन्ता छैन केही मलाई अमेरिका यही भन्ने पशुपती शर्माको लोकगित बजाउदै फेरी सिधा पूर्व आफ्नो बाटो लागे ।
मध्यान्नमा समुन्द्री किनारको शहर उइल्मिड.टन प्रबेशका लागि ब्रुन्सयीक र केफ फियर नदीका पुल पास गर्नु पर्ने रहेछ । चाक्लो ठुलो केफ फियर नदीको पुल त फोल्डीड. पो रहेछ । तल पानी जहाज आउदा पुल फोल्ड भएर खुल्दो रहेछ । सडक बन्द ,अरु बेला पानी जहाज पास भए पछी पुल खुल्ला ।  पहिले देखी अनलाइन बुकीड. गरेको  क्यारोलिना बिच इन होटलमा पुग्दादिउसोको ४ बजी सकेको थियो । होटलमा चेक इन गरेर समुन्द्री किनार पुग्दा निकै चिसो हावा चलेको थियो त्यस दिन । तर पनि मानिसहरु समुन्दी किनारमा आ आफ्नै ढंगले रमाइरहेका थिए । समुन्द्री किनारको यात्रा यो मेरो पहिलो भने त हैन । ४ वर्ष अगाडी इस्टरकै दिन साउथ क्यारोलिनाको फ्लोरेन्स बस्ता साथी घनश्याम पाठकको सपरिवार सहित गएका थियौ । त्यसबेला  निकै गर्मी थियो यसपाली अली जाडो रहेछ अझ समुन्द्रको पानी त झनै चिसो । तर पनि करिव २ घण्टा किनारमा रमाएर बिच सिटी पार्क अनी बजार हेर्दै गए ।
साझ पर्ने बेला भएकोले भोकका आखाले केही खोजिरहेको थियो । अन्जान ठाउमा कुनै खास भेराइटी खाना चाइएको थिएन तर हेर्दै खादै गर्ने रहर थियो । एउटा बाल्कोनीमा बसेर खाने ब्यावस्था भएको लेटिनो रेस्टुरेन्टमा छिरे एल काजाडोर रेस्टुरा । सायद एल साल्भाडोरका साथीले खोलेको हुनुपर्छ किनकी नाम उस्तै उस्तै छ तर मलाई कस्ले खोलेको भन्ने सग मतलव छैन त्यसैले मेनुको खानाका चित्र हेरेर बसे । चिटिक्क र टिमिक्क परेकी लेटीनो युवती मुस्कुराउदै हातमा पापडको टोकरी र गोलभेडाका अचारको प्लेट लिएर आइन अडर माग्न । पापड र चटनी ल्याटिनो रेस्टुरेन्टको बिशेषता नै हो । ब्युटीफुल नानीले शुरुमै ओला भन्दै फतफताउन थालिन मैले जानिहाले उनी मलाइ पनि ल्याटीनो ­(स्पानिस) सम्झीछन ।
कहाको दक्षिण अमेरिका कहाको मेरो दुरदराजको फुच्चे नेपाल । तर पनि सवै भन्दा अग्लो सगरमाथा त मेरै हो भन्ने धाक मनमा लिएर मैले तत्काले प्रश्ट पारे सरी आइम नो स्पानियोल । त्यसपछी उनी मुस्कुराउदै मेरै जस्तो काम चलाउ अग्रेजीमा अडर मागिन ।   स्पानिस परिकार र कुनै भेराइटीको बारेमा थाहा नै छैन, स्वाद चाखेकै छैन के भन्ने तर म पनि के कम, भनि दिए मलाई ल्याटिनो डिसबारे थाहा छैन । तपाइलाई यो मीनुको कुन परिकार मन पर्छ त्यही ल्याउनुहोस । केटी त मख्ख पर्दै के के बयान गर्न थाली केही डिसहरुको । अनी सोधी ड्रिड. के ल्याउ ? मैले नाम सुनेको तर नचाखेको ल्याटिनोहरुको धेरै लोकप्रिय रक्सी टाकिला मिनु मा थियो त्यही औल्याए । उस्ले थपी यो त निकै कडा हुन्छ स्पाइसी हुन्छ, मैले भने  जस्ट टेस्ट इट टुडे ।
कडा तिनपाने टाकिलाका साथ बुरिटोज,काचो बन्दा, गोलभेडा अनि सिमीको तरकारी चिकन सिज्लर जस्तो के के हो परिकार खादै रेस्टुराको बाल्कोनीबाट केरोलिना बिचको सडकको ब्यस्तता हेर्दै साझ कटाए । अलि महंगो लाग्ने एल काजाडोरको खाना पछी क्यारोलिना बिच इन होटलको रुम नं ७ मा गएर भोलीको सनराइज हेर्ने सोच बनाउदै सुते ।
बिहान ६ बजे आखा खुले । स्नान गरेर हतार हतार समुन्द्र छेउतिर माछा समाउने झै भागे । ठिक्क सूर्योदय हुन लागेको रहेछ क्यामेरा क्लिक गर्दै समुद्रको छेउमा धेरै बेर रमाए । हाम्रोमा समुन्द्र छैन त्यही भएर रमाइलो लागेको होला यसै बिचमा जन्मने र हुर्कनेका लागी खासै अनौठो नहुन सक्छ । नेपालमा हिमाल ताल हेर्न बर्षेनी लाखौ पर्यटक आउछन तर म जस्ता हिमाल र तालको दृश्य आजन्म देखेर वाक्क भएकालाई हिमाल खुल्दा रिस उठ्थ्यो किनकी त्यो दिन निकै सिरेठो चल्थ्यो र जाडो हुन्थ्यो ।
अव त घाम पनि माथी आइसकेका थिए । फर्किदा नजिकैको अत्यन्त लोकप्रिय बृटिस डुनोटमा पसे र एक दर्जन डुनोट किने । मैले इन्टरनेटमा देखेको थिए यो डुनोटको लोकप्रियता र क्यारोलिना बिचको बिशेषता बारेमा । सारै मिठो डुनोट र कफि खादै पुरानो कुरा सम्झीए । पोखरा बाग्लुड. राजमार्ग बनेको थिएन । हामी पोखरा पुग्न ४ घण्टा पैदल हिड्थ्यौ । हिडाइको थकाई र भोकले हैरान परेको शरिर पोखरा पुग्ने पुग्ने बाटोको याम्दीमा एउटा यस्तै मिठो डुनोट फ्क्ट्री तथा पसल थियो । त्यहाबाट सधै उता जादा होस वा घर फर्कदा डुनोट किनेर खाइन्थ्यो कोशेलीको रुपमा ल्याइन्थ्यो पनि । आजकल राजमार्गले सो क्षेत्र बिरानो भयो । आज त्यही मिठो डुनोट जस्तै रहेछ तर अलि बढी गुलियो रहेछ यहा ।
 दिउसोको घुम्ने योजनामा पहिलो थियो क्यारोलिना एक्युरियम । करिव ६ माइल टाढा समुन्द्रको किनारमा रहेको एक्युरियम साच्चीकै आनन्ददायी रहेछ । माछा मात्र है समुन्द्रमा हुने सवै प्राणी र गतिबिधीको वारेमा राम्रो जानाकारी मिल्ने मनोरञ्जनात्माक ठाउ रहेछ । करिव ३ घण्टाको अवलोकन पछी लागे केपफियर नदी र एटलान्टीक महासागर मिलेको ठाउमा । समुन्द्रको बिचमा हिड्न सकिने बाटो बनाएको कति रमाइलो ठाउ रहेछ त्यहा । केही बेर त्यतै बरालिदै र समुन्द्री चराहरुलाई जिस्काउदै समय बिताए । अलि भोक लागि सकेको थियो फेरी कुरे बिच तिर लागे केही खान । हार्टिज रेस्टुरेन्टको ड्राइभ थ्रुबाट चिकन स्यान्डुज र फ्राइज किनेर फेरी फर्के र्पोटफोट नजिकको बिच तिर ।
 त्यसबेला सम्म निकै घाम चर्किसकेको थियो । किनारमा रमाउने पर्यटकहरु र समुन्द्र अनी त्यसको छाल हेर्दै ३ घण्टा बिताए । अव त पाच बजिसकेको थियो । मनमा दुबिधा आयो आज यतै बस्ने कि जाने ? किनकी मैले हिजो बसेको होटल चेक आउट गरेर आएको थिए भने अर्को बस्ने ठाउको ब्यवस्था गरेको थिइन । मैले सोचेको थिए नजिकैको सिटी इमिल्ड.टन गएर बसौला । तर त्यसबेलाको मन परिर्वतन भयो । मैले समुन्द्र हेरिसके बिचमा रमाए अव किन समय र पैसा खर्च गरिरहने बरु घरमा नै जान्छु आजै । करिव ३ घण्टाको ड्राइभ थियो तर पनि बेलुका ८ बजे त म घरमा पुग्छु भन्ने सोचेर गाडीको गिएर चेन्ज गरेर एक्सिलेटर दबाए । रस आवर भएकाले धेरै जाममा परिरहे जव ३० माइल कटेपछी भने आई ४० फ्रि वे भेटे अनि ७० माइल प्रतिघण्टाको स्पिडमा समयमा नै घर आइपुगे । यसपालीको इस्टर पनि खुवै रमाइलो भएको ठान्दै अस्ती बेलुका खाएर थुपारेका भाडा माझ्न थाले टुप्पी हल्लाएर ।
धन्यबाद ।
इस्टर (अप्रिल ६) २०१५

No comments:

Post a Comment