Pages

Wednesday, April 23, 2014

हजुरबा चुलीमा मेरो इस्टर

मैले वर्षमा ब्लाकफ्राइडे, क्रिसमस र इस्टर गरी मुस्कीलले ३ दिन छुट्टी पाउछु । इस्टर यसोक्रीस्टको पूर्नजन्मको दिन मानिन्छ । यसपालीको इस्टरको छुट्टी मनाउन पहाड तिर उक्लने बिचार गरे । घरमा मिठो चिकन बिर्यानी बनाए र ...सामान्य खानेकुरा,पानी र यात्रामा चाहिने अत्यावस्यक बस्तु कारमा कोचे ।मेरो सेतो मित्सुबिसी ल्यान्सर कारमा नेपाली गित लगाउदै एक्लै पहाडी अनगिन्ती घुम्ती छिचल्दै अमेरिकन चाड इस्टरको छुट्टी मनाउन ब्लोइड.रक तिर हुइकिए ।
एभलान्चे माउन्टेन रेन्जको ब्लुरेज पहाड मध्यको प्रख्यात पर्यटकिय स्थान ग्रेण्डफादर माउन्टेन नर्थक्यारोलिना राज्यको पूर्वउत्तरमा पर्दछ । यसको उचाई ५ हजार ९४५ फिट छ । यहाबाट नर्थक्यारोलिना र टेनिसी राज्यका धरै पहाड देखिन्छन । यस्ता पहाड नेपालमा अनगिन्ती छन । म पोखरा क्षेत्रको भएकाले एउटा उदाहरणका लागि पोखरा देखी उत्तरपश्चिमको पञ्चासे लेक जस्तै लाग्यो यो ग्रेण्डफादर माउन्टेन । पञ्चासे त ८ हजार २ सय फिटको छ र यहाबाट धवलागिरी, अन्नपूर्ण रेन्जका हिमाल देखी लमजुड. र मनासोलु हिमाल समेत देखिन्छ । ग्रेनफादर झै बिकास गर्ने हो भने मात्र पञ्चासे जस्ता कैयौ स्थानलाई हालको मनकामना जस्तै आन्तरिक पर्ययटकको घुइचो लगाउन सकिन्छ भने लुम्बिनी र सगरमाथा क्षेत्रमा आउने बिदेशी पर्यटक भन्दा बढि भित्राउन सकिन्छ ।


 

ग्रेनफादर माउन्टेनमा मैले देखेका मानव निर्मित कार्य
१. पानी माथी हैन दुइ पहाडलाई जोड्ने पुल मुख्य आर्कषक हो ।
२. सागुरो भए पनि गन्तब्य स्थान सम्म पुग्ने मोटरेवल बाटो ।
३.संरक्षित बन, बनस्पती र सशुल्क पदमार्गको तथ...ा राम्रो सुरक्षा ब्यावस्था ।
४. एक काउन्टर प्रवेश शुल्क अन्तरगत संग्रालय, खुल्ला चिडियाखाना, पिकनिक पार्क, आदी ।
५. प्रशस्त प्रचार, सन्देश, मित्रवत जानाकारी ।
६. प्राकृतिक सुन्दरतालाई कुनै हानी नगरी बनाइएका बिभिन्न नाकाबाट प्रबेश गर्ने प्रसस्त उच्चस्तरिय मोटरबाटो ।
७. संरक्षित इलाका नजिकैका ब्लोइड. रक जस्ता जम्मा १२ सय जनसंख्या रहेका साना शहर र गाउहरुको पर्यटकिय बिकास ।
८. धान्द्रुक जस्तै संरक्षित क्षेत्र नजिकैको ब्लोइड.रकको बाटोघाटो, पार्क, बासलेक जस्तो सानो ताल, तथा होटलहरुको पर्यटक मैत्री ब्यावस्था तथा
पर्यटक प्रती गररिने आफन्तको ब्यावहार ।etc.
बिकास केवल सकारात्मक परिर्वतनको अठोट र निरन्तर मेहनतमा नै हुन्छ, श्रोत,साधन,पूजी तथा दक्षता जस्ता अरु सवै त साधन मात्र हुन । मैले अमेरिकामा देखेको बिकासका साधन नेपालमा प्रसस्त देखेको छु तर यि गोरेहरुले सामान्य भन्दा सामान्य कुरालाई कलापूर्ण तरिकाले समयानुकुल परिर्वतन गरि अनुकरणिय बिकास देखाएका छन । आज म गएको पहाड नेपालमा कति छन गन्ती छैन । झण्डै यही पहाड जस्तै उचाइमा जन्मेबडेको यस्तै पहरा बन जंगलमा घास दाउरा गरेको म हामी नेपाली गरिव छौ भन्नलाई त पटक्कै सक्दिन । गाउको दश पन्ध्र हल खेतबारी बाझै राखेर काठमाण्डमाौमा आई बस्ने अनि शहरमा घर नभएकाले सुकुम्बासीको नेता बनी शहरको बिचमा नै जग्गा माग गर्ने हाम्रो सस्कारको बिकासले हामी नेपाली गरिव भन्ने गरेका हौ ।

No comments:

Post a Comment