Pages

Sunday, July 14, 2013

नाथुराम नेपालमा पनि जन्मने छन 

भारतका राष्ट्पिता माहात्म गान्धीको हत्या गर्ने नाथुराम गोडेसी थिए र उनले सन १९४८ जनवरी ३० मा तीन गोली हानी मारेका हुन । आज पनि भारतमा धेरै मानिसहरु नाथुरामलाई अपराधीको रुपमा नहेरी क्रान्तिकारीको रुपमा हेर्ने गर्छन ।  यसै बिषयमा धेरै लेखकले कितावहरु लेखेका छन भने नाथुरामले आफ्नो अन्तिम बक्तब्यमा भनेका कुरा यती महत्वर्पुण छन जसलाई अडियोमा पनि सुरक्षित राखिएको छ । यो सत्य हो कि उनी गान्धीका प्रसंसक थिए,बृटिस भगाउ आम्दोलनका सक्रिय सदस्य थिए तर पनि गान्धीको हत्या किन गरे त्यो अती महत्वपूर्ण खोजीको बिषय हो ।



अहिले नेपालमा जातियता र संधियताका कुराले मानिसको सोचाई राम्रो र नराम्रोमा बाडिएको छ । हिजो जनयुद्ध गर्दा होस वा संगठन बिस्तार र चुनाव जित्दा सवै दल एवं नेताले आफु र आफ्नो समुहको स्वार्थका लागि गरेको राजनीतिले देश अहिलेको अवस्था छ । चाडै अझै दुर्दशाको दिशा तर्फ उन्मुख छ । जुन देशका नेताले भावी पुस्ता र देशको स्वार्थमा मात्र काम गरेका छन ती देश  आज बिकसित र जनता सुखी छन । एउटा कुर्ची पाउनका लागि जे पनि गर्ने हाम्रा  नेताको स्वार्थका लागि हामी जनता एकअर्कालाई सत्रु ठानेर बसेका छौ भने देश दिनानुदिन भडखालो तर्फ जादैछ । यस्तै हो भने हिजो ईश्वर झै ठानेका नेताको गालामा थप्पड भन्दा बलियो बस्तु बज्रिन सक्छ । त्यसैले कसैले मोडलको रुपमा देख्ने गरेको छिमेकी राष्ट्र भारतको आज भन्दा झण्डै ६५ वर्ष अगाडी तिरको  इतिहासबाट हामीले पाठ सिक्नुपर्ने धेरै कुरा छन ।

दुई सय वर्ष भन्दा धेरै शासन गरेको बृटिस उपनिबेसबाट छुटकारा पाउन धेरै भारतिय नेताले महात्मगान्धीको अगुाईमा भएको अहिसाबादी आम्दोलनमा ठुलो योगदान दिए । त्यसबेला कोही नेताको पनि भारत टुक होस भन्ने चाहना थिएन ।  इष्ट इन्डिया कम्पनीलाई प्रधान सत्रु ठानेर गरेको आम्दोलन सकारात्मक मोड लिदै गएपछी आम्दोलन हाक्ने केही नेतामा स्वार्थ र हैसियतको घमण्ड चढ्यो । खासगरी मोहम्मद अलि जीन्हा जो पहिले इन्डीयन नेसनल कंग्रेसका सक्रीय नेता थिए उनले १९१३ मा अल इन्डीया मुस्लीम लीग खोले र मुसलमान समुदायको नेतृत्य गर्दै आम्दोलनमा सरिक भए । उता जीन्हा भन्दा उमेरले १३ वर्ष कान्छा जहारलाल नेहरु बेलायतबाट कानूनमा डिग्री गरेर १९१२ मा स्वदेश फर्केका थिए । नेहरुको पूख्यौली पेशा कानून ब्यावसायी हुने सोच भएपनि  तत्कालिन देशको  वातावरणले उनलाई राजनीतिमा तान्यो र इन्डीयन नेसनल कंग्रेसमा लागे पछी नेतृत्य गर्दै गए । १९३० बाट भएको बृटिस भगाउ आम्दोलनमा मुस्लीम लिग तथा इन्डीयन नेसनल कंग्रेस मिलेर लागे । तर पछी आफुले धेरै योगदान गरेको र पाको ठानेका जीन्हा र धेरै जनसंख्याको नेतृत्व गरेको ठानेका नेहरु बिच शक्ति बाडफाडको कुरा, को पहिलो प्रधानमन्त्री हुने भन्ने कुरा देखी धेरै कुरामा कुरा मिलेन ।  यस अगाडी १९४० मा  नै मुस्लीम लिगका अन्य नेताहरुको सल्लाह बमोजिम एकै भारतमा अल्पसंख्यकमा रहेर हेपिएर बस्नभन्दा मुसलमानको आफ्नै मुलुक बनाएर अलग हुनु राम्रो भन्ने सल्लाह लाहोर भेलामा जीन्नाले पाएका थिए  । त्यसैले उनी हिन्दु बाहुल्यको सोचलाई राम्रोरी स्विकारर्ने पक्षमा गएनन् । बरु देश टुक्रिएकै जाती भन्ने सोचेका मुसलमान नेताहरु मुस्लिम राष्ट्र बनाउने पक्षमा गए  ।
बहुसंख्यक समुदायका नेताले अल्पसंख्यक समुदायका नेतालाई नमान्ने र अल्पसंख्यकका नेताले बहुसंख्यकका नेतालाई नस्विकार्ने  अबस्था आएपछी मध्यस्थ कर्ताको रुपमा रहेका माहात्म गान्धीको थाप्लोमा फैसला गर्ने जिम्मा  दिए । गान्धीले पुराना, राम्रा र  आम्दोलनमा धेरै योगदान
गरेका जीन्हालाई तल पार्न पनि सकेनन् र र्कमठ, योग्य र बहुसंख्यक हिन्दुको नेतृत्व गरिरहेका नेहरुलाई  सेकेण्डमेन बनाउन पनि चाहेनन् । अन्तत महाभारतमा भिष्म पितामहले कौरव र पाण्डवलाई हस्तीनापुर राज्य बाडेझै  भारतलाई पाकिस्तान र हिन्दुस्थानमा बिभाजन गर्ने फैसला गर्न बाध्य भए । देश बिभाजन कसरी र कहाबाट गर्ने भन्ने बारे बृटिस सरकारको सहयोगमा  भूगोल, धार्मिक समुदायको बासस्थान, र भौतिक संरचना समेत ख्याल राखेर गुजरात पंजाव , कास्मीर लगाएतका भूभाग चिर्दै बिभाजन गरियो । यो प्राबिधिक काम भएकाले लण्डनबाट प्राबिधिकहरुले योजना तयार गरी बिभाजन कार्य सम्पन्न गर्न धेरै समय लाग्यो । यो लामो समय नै महासंहारको बीउ बन्यो । छुट्टीने निश्चित हुनु तर ढिलाई हुनुले एक अर्का समुदाय प्रति बैमनस्यता र बदलाको भाव श्रृजना भयो र महासंहारको रुप लियो । नेताको स्वार्थका लागि भएको यो देश टुक्राको फैसला र र्धम तथा जातिय राज्यको रुपमा बिभाजनले जनता जनतामा बैमनस्यता र सत्रुता श्रृजना गरेर नै संसारकै इतिहासमा कहालीलाग्दो नरसंहार भयो ।
१९४७ को यो देश बिभाजनका कारणले  ५  लाख भन्दा बढि नरसंहार भएको कहाली लाग्दो दृष्य भएको थियो । यही बिभाजनले पछी पटक पटक पाकिस्तान र  हिन्दुस्थानको लडाइसमेत
भयो भने अझै कडा सत्रुको रुपमा एक अर्कालाइ हेर्ने गरिन्छ । कास्मीरको भूमी मेरो भन्ने बिषयमा त अझे दुई देशबिच झगडा चलिरहेको छ । आखिर भूगोल कस्को ? आज भारत स्वसासित कास्मीर भुतबंगालामा परिणत हुदैछ । त्यहाका जनता बाच्नका लागि नै  आफ्नो मातृभूमी छाडेर अनेत्र सरणार्थी भैरहेका छन । भूगोल त्यस क्षेत्रमा बस्ने नागरिकको हो र भावी पुस्ताको हो । तर नेताको आफ्नै राजनैतिक स्वार्थले भूगोललाई बन्दक राखेर नै ६५ वर्ष बितेपनि  त्यसक्षेत्रका जनताको शान्ति र बिकास  क्षतबिक्षत भैरहेको छ । भारतभर  हिन्दु, मुसलमान बाहेक इसाई, सिख, जैन, बुद्ध जस्ता फरक फरक धर्म सम्प्रदायका मानिसहरु पनि बस्छन ।उनीहरुका रहनसहन र सस्कार सस्कृत धेरै भिन्न भिन्न छन तर पनि हिन्दु र मुसलमान बिचको सत्रुता जस्तो वातावरण अरु धर्मालम्बी सगै पटक्कै छैन । यो हुनुमा उसैबेला नेताले गरेको गल्ती र सो गल्ती ढाकछोप गर्न उनैका हिमायतीले आफ्नै स्वार्थका लागि समयानुकुल गरेको एक अर्का प्रतीको अर्नगल प्रचार प्रमुख हुन । आज युरोप अमेरिकामा रहने भारत पाकिस्तानका नागरिक एकै भुभाग एकै रहनसहन र परिवेशबाट आएपनि भित्री मनमा सत्रुता जस्तो देखिने गरेको पाइन्छ । भारत भित्र पनि हिन्दु र मुसलमान बिच बेला बखतमा नरसंहारका घटना भइरहेका छन । यही देशमा यसरी अहिंसाबादी सिद्धान्तका प्रतिपादक महात्मगान्धी कै कारण एकै देशका भाई भाई बिच सत्रुता भएको र जात सम्प्रदायका लागि देश बिभाजनले कहिल्यै कसैको पनि समस्या समाधान नहुने कुरा यो इतिहासले सवैलाई सिकाउछ । आज पनि संसारका सवै भन्दा धेरै गरिव बस्ने देशमा भारत त पाकिस्तान पर्छन भने हतियार र सैन्यशक्तिमा धेरै प्रतिसत पैसा खर्चिने देश पनि यिनै हुन । रेलस्टेसनमा जन्मेर त्यही  हुर्की त्यही बुढो भएर मर्नेहरुको संख्यामा बिश्वका अरवपती मध्यका अम्बानी जस्ता एकादुईको आयले देशको प्रतिब्याक्ती आय माथी देखाएको मात्र हो । अहिंसाबादी गान्धीको देशमा हुने दैनिक  अपराधको त कुरै नगरौ । एउटै धर्म मान्नेको राष्ट् पाकिस्तानमा समेत प्रान्तिय बिबादले बिकासमा अवरोध छ भने समुदाय समुदाय बिचको काटमारले देश थला परेको छ । पहिले सिया र सुुन्नीको मारकाट भएको पाकिस्तानमा अहिले मुहाजिर र पठान अनी उर्दु भाषी,पंजावी र अन्य भाषी बिच हिसा भैरहेको छ । दिन दिनैको बम ब्लास्ट, गोली काण्डले जनताको त कुरा   छाडौ सुरक्षाकर्मी समेत सुरक्षित ठानेका छैनन ।
वास्तवमा आज संसार भर देश, जनता, नेता, कानून र धर्म,मान्यता कुन माथी कुन तल भन्ने कुरामा बिबाद छ वा ब्यावहारिक रुपमा पालना गरिएको हुदैन । कानूनी राज्यको सिद्धान्त अनुसार   सवै भन्दा माथी देशको भूगोल हुन्छ जस्को स्वार्थ नै सर्वोपरी हुन्छ ।
पहिलो स्थान देशको भुगोल ।
दोश्रो स्थान त्यस भुगोलका आमजनता र भावी सन्तती ।
तेश्रो स्थान त्यस क्षेत्रको संबिधान, कानून,धर्म,संस्कार र मान्यता (बाद) ।
चौथो स्थान प्रतेक स्वतन्त्र ब्याक्ति र उस्को मानवअधिकार ।
पाचौ स्थान आमजनताको नेतृत्वकर्ता, नेता ।
एकै देशमा नेता आउछन जान्छन, संबिधान कानून र बिधी आउछ जान्छ, आमजनता जन्मन्छन मर्छन तर भूगोल त्यहीको त्यही रहन्छ र देश अजर अमर हुन्छ । समस्या यहा नेर आउछ जव नेतृत्वकर्ता आफ्ना स्वार्थका लागि आमजनता र भावी पिढीलाई बेवस्था गरेर आफु र आफ्नो समुहको स्वोर्थका लागि बाबुले छोराछोरीलाई अंशबण्डा गरेझै देशलाई बाडफाड गर्छ वास्तवमा त्यो समस्याको समाधान हैन बिपतीको निमन्त्रणा भन्ने कुरा शदियौ पुरानो हिन्दु धर्मग्रन्थ महाभारतमा राम्रोरी उल्लेख गरिएको छ ।  मेरो देश मेरो क्षेत्र र मेरा जनता भन्ने नेताहरु त कती आए गए यो भूगोलमा तर यो देश यहीको यही यस्तै छ । यो भावी पुस्ताको नासो हो सम्मालेर राख्नु नै नेताको नेतृत्वकला हो । उनीहरुले गरेका कार्यका कारण भावी पुस्ताले सुख र आनन्द पाएमा पक्कै सह्राना गर्ने छन नत्र उसैको हनुमानले इतिहास लेखेपनि एक दिन  जनताले असल खराव भन्ने छन । आजको यूरोप अमेरिका आजका नेता, जनताले बनाएका हैनन् । अहिलेको बिश्व शक्तिसाली अमेरिका बन्नुमा अहिलेका नेताको केुनै हात छैन उनीहरु त सामान्य कार्यकर्ता मात्र हुन । सन् १७७६ ताका बेन्जामिन फ्रेन्कलिन जस्ताहरुको सोच र कार्यले नै आजको अमेरिका बनेको हो र  आजका प्रतेक अमेरिकी नागरिक विश्वका अगाडी शानको शिर ठाडो बनाएर हिडिरहेका छन ।
आज यसै समय हामी नेपाली भारत र बेलायतमा बहादुर भाडाका सिपाई चौकिदार, अन्य युरोपियन अमेरिकन देशमा दरिद्र देशका दुखी, शरणार्थी, खाडी राष्ट्रमा अदक्ष मजदुरको हैसियतमा हेरिने गरिन्छ । किन ?  अमेरिकामा बेन्जामिन फ्रेन्कलिनले भावी अमेरिकाको रेखा कोरिरहेकै  बेला नेपालमा पनि पृथ्वी नारायण शाहले आफ्नै स्वार्थका लागि भएपनि राज्यबिस्तार अर्थात  एकिकरण गरेर नेपाल तयार गरेका थिए । पृथ्वीनारायण शाहको पाला पछाडी राजाहरु आफ्नो भोगबिलास र दरबारको धेरामा सिमित रहन पुगे । दरबारको घरझगडा कै फाईदा उठाएर जंगबहादुरले जहानिया शासन गरे । जुन समय भारतमा रहेको बृटिससग चाकडी गरेर १०४ वर्ष सम्म नेपाल र नेपालीलाई अन्धकारको गुफामा राखे । पछी राजा र स्वार्थलिप्त नेताहरुले देशलाई बन्धक बनाई राखे केवल आफ्नो र वरपर रहेकाको भलाईमा मात्र देशको राजनीति चल्यो । त्यो सवै पुर्वज नेता नेतृत्वको असक्षमताको परिणाम हाल हामी आमनेपाली भोग्दै छौ । अझै पनि फेरी ८० प्रतिसत भन्दा धेरै जनता अतीगरिवीको रेखामुनी भएका देशको उदाहरण दिएर नेपाललाई स्वीजरलैण्ड बनाउने भन्नेको बोलीमा भुल्दैछौ । कतै संधियता मोर्चा त कतै अखण्ड मोर्चाबन्दीले हिन्दु मुसलमानको लडाई जस्तो देखाइरहेछ । जातिय प्रदेश र पहिचानका नाममा सदियौको सदभाव र राज्यका सवै जनता समान हुने  विश्वब्यापी तथा सर्वमान्य अधिकारको  सिद्धान्तलाई  छिन्न भिन्न पार्न लागेका त छैनौ ? आफ्नो स्वार्थ केही नभएपनि अदुर्दशी निर्णयका कारण आफ्नै कार्यकर्ताबाट मारिनुपरेका महात्म गान्धी, अहिसाबादी सिद्धान्तको प्रवर्धकको हत्या नै उनकै सर्मथकको हिसांले भएको इतिहासले नेपालका नेताले पनि सिक्नुपर्ने धेरै कुरा छन । नत्र आफु र आफ्नो समूहको स्वार्थका लागि मात्र   सकुनी झै कुटिल राजनीति गरेर जनता जनता लडाउने नेताहरुका लागि धेरै नाथुराम नजन्मेलान भन्न सकिदैन । एक पटक राम्रोरी नाथुरामको अडियो सुन्ने कि ?
YOUTUBE / NATHURAM GODSE-HIS LAST SPEECH

1 comment: