Pages

Wednesday, November 28, 2012


ठूलो एकादशी भर्सेस थ्याङस् गिभिङ डे 

   आज ब्लाक फ्राई डे । १४ घण्टाको लगातार कामले थाकेको शरिर घरमा आएर खाना बनाउने हिम्मत भएन । हिजो झण्डै ६ महिनामा मिलेको छुटटी भएकोले टर्कीको मासु र बियरमा बित्यो ।  केही असर आज दिनभर छदैथियो । मासु अली बढि नै खाइएछ पेट त्यती ठिक छैन । फ्रिजमा भएको स्याउ र केराकाटेर फ्रुट सलाद बनाए । यसैको भरमा आजको रात काट्ने निर्णयका साथ कम्प्युटरमा बसे ।   स्काइभ र फेसबुक खोल्न नपाउदै घरतिरबाट श्रीमतीले हेलो भनिन । आज ठुलो एकादशी रहेछ  । आज बिहानै गाउमा गएको र तोरण तार्नेकार्य भएकोले फूलबोकी गंगाजी सम्म भोको पेट दिनभर हिडेर आएको खवर सुनाइन । म झसंग भए । आजै मेरो आफ्नै बुबाले चार महिना ब्रर्त अर्थात चर्तुमासबसी यती ठुलो कार्य गर्दै हुनुहुन्छ तर म यहा के के खाए खाए । 


   थ्याङस् गिभिङ डे चाड अमेरिकनहरु नोभेम्बरको तेस्रो   बिहिबार इष्टमित्र आफन्तमा भेटघाट गरी टर्कीको मासु दिएर खाएर मनाउछन । चाडको आफ्नै इतिहास छ । बाली भित्राए पछी इष्वर खुसी भएको र दुख ब्याधा नआएको खुसीमा मनाइने चाड हो यो । अझ महत्वपुर्ण कुरा त सत्रौ सताब्दीमा युरोपियनहरु अमेरिका आउदा यहाका रेडइन्डीयनसग लडे र जिते पनि । पछी यही बस्नका लागि स्थानिय बासिन्दा खुसी नबनाई सहजै रहनसकिदैन भन्ने जानेका चलाख अंग्रेजहरुले  रेडइन्डीयनलाई टर्कीको भोज आयोजना गरेर आत्मियता बढाएको प्रचलनले चाडको रुप लिएको हो । त्यसैले अमेरिकामा यो दिन सार्वजनिक बिदा दिइन्छ । यसको अवसरमा मेरो साथी मार्कोस आज भन्दै थियो, हिजो एक्स वाइफको घरमा गए छोराछोरीलाई भेटे टर्की खाएर मनाइयो ।

  मेरो बुबाको चौमास यो पहिलो हैन । सामान्यतय मानिसहरु ४ महिना ब्रतबसेर ,फलाहार खाएर  गरिने यो कार्य कठोर मान्छन तर मेरो बुबाको यो तेस्रो चौमास हो । पहिलो पटक २०५६ सालमा  चौमास बस्नुभएको थियो । त्यसबेला फूलबोकेर गंगाजी सम्म ल्याउदाको क्षण र मान्छेको उपस्थितीको भिडियो अहिले हेर्दा मलाई निकै रमाइलो लाग्छ । अप्ठयारो बाटोमा फुलबोक्दा साथी बामदेव र बिष्णु सहितको फोटोले त्यो दिन अहिले जस्तो लाग्छ । समय धेरै परिवर्तनसिल छ तर हाम्रा धर्म सस्कृतीले हामीलाइ फेरी त्यही ठाउमा जुटाइदिन्छ आत्मीयता बढाइदिन्छ ।यो ससारका जुनसुकै भूभागमा रहेका मानव समुदायको एउटै अर्थातता हो ।

  वास्तवमा धर्म बैदिक युगको मानवजातीको संबिधान हो जुन सहजै परिवर्तनसिल छैन । सस्कृती कानून हो जुन समय र परिस्थितीको आवश्यकतामा परिर्वतन हुनसक्छ । संस्कार कानूनको अधिनमा रहेर बनेका नीति तथा नियम र परम्पराहरु हुन जुन समाज,परिस्थिती र समयानुकुल मानिसको ब्यावहारिक चाहनामा परिर्वतन भैरहन्छ ।  धर्म,सस्कृती र संस्कारलाई अलग बुझेर परिर्वतनशिल कुराको समायानुकुल परिर्वतन गर्न नसके त्यो कटटरताबादी हुन्छ वा पछील्लो पुस्ताले नमान्न सक्छ । बिद्रोह गर्न सक्छ बिद्रोह गर्ने आट नभए पनि भित्री मनले तिरस्कार गरिरहने छन । हाम्रो धर्ममा रहेका केही सस्कृती र धेरै संस्कार अर्थात परम्परा समयानुकुल परिमार्जन आवश्यक छ । यो नहुनाले नै आस्थिकताको ब्यावहारिक प्रभाव हिजोका पुस्ता र अहिलेका पुूस्ता बिच गहिरो खाडल पर्दै गएको छ । हामी यसलाई जेनेरेसन ग्याप भनेर सजिलै पर सार्छौ तर यो खास जेनेरेसन ग्याप हैन । मेरो धर्म सस्कृती र सस्कारले मेरो जिवनमा कती कसरी प्रभाव पारेको छ त अर्थात कत्तीको ब्यावहारिक छ त भनि जाच्न चाहन्छ । पश्चिमा देशले त्यसै बिकास गरेका छैनन । उनीहरु हामी जस्तै धर्ममा कट्टर छन तर सस्कृती र सस्कारलाई  मानवहितका लागि समयानुकुल परिर्वतन गरेका छन । एउटा सामान्य उदाहरण भन्दा उनीहरु चर्च जान्छन,प्रे गर्छन चर्चमा चन्दा दिन्छन त्यो चन्दा संकलन पैसा चर्चका सामान्य खर्च कटाएर समाजसेवा  र  राष्टसेवामा लगाउछन । अझ हाम्रा जस्ता गरिव देशमा क्रिस्चियन मिसिनरीको नाममा स्कुल,अस्पताल खोल्छन । गरिव दुखीको सेवा गर्छन र धर्मको प्रतक्ष अप्रतक्ष प्रचार गर्छन । हाम्रो मन्दिरको भेटी र चन्दा  पुजारी हुदै मन्दीरका हर्ताकर्ताको निजी सम्पत्ती बन्छ, महलमालिक बन्छन । मन्दीरको कुनामा माग्न बस्ने मगन्ते सधै मागेको पैसामा खुल्ला आकासमुनी बाचिरहन्छ ।
    धर्म,सस्कृती र संस्कार यस्ता बिकृत रुप देखेका नया पुस्ता र सनातन धर्मकर्ममा अन्धबिस्वास गर्ने पौढ बिच सोचको खाडल मेरो परिवारमा मात्र छैन समाजमा जताततै छ । मैले बिद्रोह गर्न सकिन र चाहिन पनि । त्यसैले नितान्त ब्याक्तिगत कुरा पनि खुल्ला ब्लगमा लेख्दै छु । 
मेरो हजुरबुबा आजिबन साकाहारी हुनुहुन्थ्यो भने मेरो बुबा पनि आजिबन साकाहारी हुनुहुन्छ । घरमा आमा पनि साकाहारी हुनुहुन्छ । बुबाको धार्मीक कटटरताले हो वा आफ्नो युवाकालिन बुझाइले हो बिचारका आधारमा हामी पूर्व र पश्चिम छौ भन्ने मलाई पूर्ण बिश्वास छ । तर मेरो बुबाको आदर र सम्मानका लागि आफ्ना बिचार र सोचाइलाई दवाएर हामी बिच टकराव ल्याउन कलिल्यै दिइन । बेलाबखत ब्यावहारिक परिबेशमा बुबाको अती धार्मिकता कारण वा घरबाट टाढा भएका कारण अभिभावकत्वको अभावको महसुस गरेको हुन्थे । तर पनि पारिवारिक र आर्थिक समस्या पार्नेकाम भने उहाबाट भएन यो हाम्रो अहोभाग्य हो भन्ने ठान्थे ।म आफन्तमात्र हैन अरु हरेकको सोचलाई सलाम गर्छु सन्मान गर्छु कसैको सोचमा ठेस पुऱ्याउन चाहन्न ।  मलाई सम्झना छ म हाइस्कुल पढदा तत्कालिन प्रतिबन्धित माक्सबादी पुस्तक र प्रकाशन पढ्थे । मेरो बुबा आध्यात्मिक पुस्तक पढ्नु हुन्थ्यो । म कोठामा बसेर म्याक्सीम गोर्कीको आमा उपन्यास पढिरहदा उहा हनुमान चालिसा र गिता पढ्नुहुन्थ्यो । उहाले महाभारत पढदा म लुसुनका चिनिया क्रान्तिका पानाहरु पल्टाएको हुन्थे । रुसी क्रान्तिको बारे उपन्यास अग्नीदिक्षा होस वा नेपाली राजतन्त्रको जरा उखाल्ने वारेका वर्गसंघर्ष र मुक्तिमोर्चा जस्ता अत्यन्त प्रतिबन्धित पत्रिका र बुलेटिन मेरा दैनिक खुराक हुन्थे ।   उहा समय मिल्यो कि मन्दीरमा घण्टौ पुजा जानुहुन्थ्यो । म धर्मको बिरोध गर्ने कम्युनिष्ठका गोप्य ्नगोष्टी र प्रशिक्षणमा जान्थे । धर्म हाम्रो प्राण ठान्ने बाबुको म छोरो धर्म बहुलठठी बनाउने अफीम हो भन्ने कुरामा त्यतीबेला नै अटल बिश्वास राख्थे ।  
  त्यसबेलाको सोच र अहिलेको सोचमा केही फरक भएको छ तर पनि अझै पूर्ण आध्यत्मिक हुन सकेको छैन र नास्तिक पनि हैन । भगवान मनले मान्ने कुरा हो भन्ने लाग्छ आजकल । मानिसको चरित्र र सोच नै महत्वपूर्ण कुरा हा्रे । आध्यात्मबादले मानबिय नैतिकतामा अनुशासन ल्याउछ । त्यसैले केही रुपमा आध्यात्मबाद राम्रो हो  भन्ने लाग्न थालेको छ । वास्तवमा म नास्तिक हैन र अन्धभक्त पनि हैन । मलाई धर्म प्रति अपार माया छ,यस्ले मलाई मार्ग निर्देश गरेको छ । सस्कृती प्रती अपार भावना छ यसले मेरो परिचय दिएको छ भने संस्कार प्रती स्नेह छ यसले मलाई प्रतेक पाइलाका कार्यमा अघी बढ्न सक्षम बनाएको छ ।
  आज पनि धार्मिक स्थुती गरे  भगवान प्रसन्न हुन्छन आटे ताकेको पुग्छ, समाजको रक्षा हुन्छ ,भाग्यको ढोका खुल्छ र पछी स्वर्ग गईन्छ भन्ने उहाको अटल बिश्वास छ । मेरो सोचाईमा प्रतेक मानिसको  सोचको आफ्नै भाइब्रेसन हुन्छ ,यही भाइब्रेसनले इनर्जी पैदा गर्छ । इनर्जीले कर्म पैदा गर्छ यही धेरै कर्मले संस्कार बनाउछ । संस्कार (परम्परा)ले ब्याक्तित्व बनाउछ, ब्याक्तित्वले नै भाग्य बनाउछ । हामीले भगवान मानेर पुजागर्ने चन्दमामा बिज्ञान र प्रबिधीले मानिसले खुट्टा टेकीसके । त्यसैले स्वर्ग मत्र्य पातल नै यही एकै जिवनमा छ जस्को अवस्था,आस्था र परिवेशले झल्काउछ भन्ने म ठान्दछु । बुबाले पारिवारिक सुख, समाजिक सुख र मृत्यु पर्यान्तको सुखका लागि चौमास बसेर तोरण तारिरहदा म पारिवारिक सुखका लागि हप्तामा ७२ घण्टा काम गरिहेको छु । आर्थिक रुपमा सक्षम भए परिवार मात्र हैन समाजसेवा पनि गर्न सकिन्छ भन्ने बिस्वास राख्छु । आज बुबाले स्वर्ग जाने तोरण तारिरहदा म साधन, श्रोत र सोचको पहुच भए यही पृथ्वीमा यसै जन्ममा स्वर्ग मिल्छ ठान्दै एक डलरले मिलियन डलर भेटिने पावरबल लटरी (भाग्य चिठ्ठा)  खरिद गर्दैछु । उज्जल भविष्यका लागि स्थाई बसोबास दिने ग्रिन कार्डको भूमरीमा केही वर्ष देखी घुमिरहेछु ।
    
  जीयस नेपाली  
२४ नोभ्ोम्बर २०१२

No comments:

Post a Comment