Pages

Monday, October 22, 2012

शब्दको दशै, प्याकेटको खसी

आयु दोर्ण सूते, श्रीयंच दशरथे, शत्रु क्षय राधवे............. ।
(अर्थात दोर्णचार्य ऋषिका छोरा अशस्थामाको जस्तो अमरण आयु, अओध्याका राजा दशरथका जस्तो श्रेय......आदी ।)
   केटाकेटी उमेरमा छिमेकी ठुलाबाले दशैको दिनमा फतफताएका शब्द उतीखेर बुझ्दैनथे  । एक महिना अगाडी काक्रा चोरेको रिसमा धारे हातलगाएर मरी जाओ भनेका यि बा आज निकै खुसी साथ आउ बाबु भन्दैे नरिसाइ सस्कृतका श्लोक र नेपालीमा पनि भन्दै थिए बासझै नुगे कास झै फुले सन्तानले डाडाकाडा ढाकुन । नमाते ,भाग्यमानी भए भन्दै टिका जमरा लगाई दिदा बुढाले काक्राचोर काण्ड भुलेछन जस्तो लागेको थियो । आत्ममा जे होस दशैको दिनमा सवैको मुखबाट मिठो शब्द आसिरबाद पाउदा मन निकै खुसी हुन्थ्यो ।

  आज न्यूयोर्कका मेरा आत्मिय मित्रलाई शुभकामना दिन फोन के गरेको थिए पहिलेनै उनले बिजया दशमीको शुभकामना भने । मैले सेम टू यू भन्नु पऱ्यो । दशै कसरी मनाइदै छ त भनी सोधेको प्रश्नमा उनले मिठो उत्तर दिए, यो बिदेशको ठाउमा के खासै दशै मनाइन्थ्यो र केवल शब्दको दशै मनाइदै छ ।  शब्दको दशै भन्दा उही बाल्यकालको याद आयो । एैश्वर्यमं नहुसे, गतिस्ट पवने, मानंन्च दुर्याधने , सौर्यममं शान्तनवे, बलं हलधरे सत्यंच कुन्ती सुते, बिज्ञान बिदुरे भवतु भवताम कृतिश्ट नारायणे । महाभारतका पात्रहरुको उपमा दिएर आशिसका शब्दले मनाइने हाम्रो परम्परागत सस्कृती दशैका शब्दका भाव उही भए पनि माध्यम फेरिएका छन । घर घरमा डुलेर र कोशौ टाढाको मामली ससुराली धाएर आशिस लिने शब्द आजकल कम्प्युटरमा इमेल, फेसबुक र टवीटर मार्फत आउन थालेका छन । अझ सजिलो त मोबाइलको एसएमएस र कुराकानीमा नै दशैका आशिस बाडिरहेका छौ ।
मैले पनि बिहान घरमा फोन गरेर आमाबुबासग दशैको आशिस मागे । लगातार पाचवर्ष सम्म दशैमा घर नआएको छोरालाई मेरा सत्तरी काटेका बुबाआमाले फोनबाटै सुस्वास्थ्य,
प्रगती र दिघार्यू कामना गर्नुभयो । दशै हाम्रो बहुमुल्य सास्कृतिक सम्पत्ती हो । यसले आफन्त बिचको भावनात्मक अझ बलियो बनाउछ बिग्रेको लाइ सुर्धाछ पनि । मानवको सत्रु अहंकार र अन्याय माथी बिजय पाएको यो दिन न्याय र अनुशासन तर्फ लाग्नुपर्ने संदेश पाइन्छ । दानविय प्रवृती अनुशासनहिन पशुप्रबृतीको बिरोधमा पशुवली दिई उसैको मासु खाएर मनाइन्छ । अहिले नेपाली खसीबजारको शियर आकासिदो छ । च्याडरा र खसीको चहल पहलले बजार गाउ सवैतिर रमाइलो छाएको छ । त्यही प्रभाव र भावनाले होला बिदेशमा बस्नेले पनि सक्नेले खसी किनी रहेका छन ।  फ्लोरेन्समा बस्ने एक साथीले शुभकामना दिन फोन गरेका थिए ।  दशै कसरी मनाउदै हुनुहुन्छ भन्ने मेरो प्रश्नमा उनको उत्तर पनि मिठो थियो । प्याकेटको खसीले । यहाको ग्रोसरी स्टोर( अमेरिकाको खाने कुरा पाइने पसल)मा मासुलाई प्याकेटबनाएर फ्रिजरमा राख्छन । आफ्नो इच्छा र क्षमता अनुसारको मासु प्याकेट किनेर ल्याइन्छ । अली परिवार हुने, नेपाली समाज हुने र बढि नै रमाइलो गर्न चाहनेले खसी नै किनेर ल्याइ नेपालका झै नै काटकुट पारेर दशै मनाउनेहरु पनि छन । तर म जस्ता परिवारबाट पनि एक्लै र नेपाली समाजबाट पनि एक्लै बस्नेका लागि प्याकेटको खसी दशै मनाउने साधन हो । बिदेशीनुको पिडा चाडपर्व र घर तिरको जमघटबेला निकै पिडादायी हुदो रहेछ । दशै तिहारको बेला भएर होला , इन्टरनेट खोल्यो कि दशैकै कुरा अनी फेसबुक टवीटर भरी तिनै कुरा अनी मोबाइलका आवाजमा पनि । चाडबाडको बेला नेपालमा हुदाका यादले पोल्छ । तर यो कुहिरेको देशमा दशै कस्लाइ थाहा छ र ? न त यहा खसी बजार नै लागेको छ न त टोल टोलमा लिगे पिड. नै छ । सधै झै १२ घण्टाको डिउटी गर्नै पऱ्यो । लखतरान शरिर लिएर घर फकर्दा न चुलो बलेको नै छ न लेकाली च्याड.ग्राको मासु र सेलरोटीको सुगन्ध र्फैलिएको नै छ । टुप्पी हल्लाएर बिहानका जुठाभाडा मस्काएर चामल नबसाले सम्म मुखमा माड लाग्दैन । बिदेश गएर खुब मोजगरेको छ  भनेका छन  नेपालमा हुनेले तर यहा आफ्नो ताल यस्तो । कती महिना पहिले कुन देशको कुन बजियाले कसरी काटेर प्याकेट बनाएको त्यो कुन खाले खसीको मासुमा नमिलेको मरमसलाले खल्लो बनाएको चोक्टा खादै यि याद र यातनाका बेताले शब्द लेखेर भएपनि आज मैले दशै मनाएको छु । हरे मेरो दशै ।                         २३ अक्टुबर २०१२ अम्रिका ।

No comments:

Post a Comment