Pages

Sunday, April 15, 2012


 उडेको सपना 
टिमिक्क पाईन्ट, चिटिक्क नाक, गहुगोरो अनुहार,  सदाबहार हसिलो मुहार । मिलेको पहिरन, मिठो बोली, लचकदार हिडाइ । कालो चस्मामा स्टाइलिस बनी सधै एक युवती तिब्रगतीमा निलो क्याम्री कार हाकेर आउथी । उस्लाइ  देख्दा मोरीको क्या सानदार जिवन, जिउनु त यसरी पो जस्तो लाग्थ्यो । छब्बिस वर्षिय एक हिन्दु भेजिटेरियन नारी जस्ले अंग्रजी, मातृभाषा र आफ्नो जन्मदेशको राष्टिय भाषा फरर बोल्छे । मनको कुरा स्पस्ट राख्छे, अरुलाई मददत गर्न खोज्छे तर आफु कसैसग मद्यत लिन खोज्दिन ।  आफै केही गर्नुपर्छ भन्ने स्वभाव तथापी ठुलो मान्छे बन्ने वा धेरै धन कमाउने लालचा नभएकी , कहिल्यै झुट नवोल्ने, झुट बोलेको  र काम प्रति हेलचक्राइ वा बदमासी गरेको पटक्कै मन नपराउने स्वभाव ।  प्रतेक काम प्रति अत्यन्त इमान्दार,असल एवं कर्तब्यनिष्ठ रहने  भित्री मन र बाहिरी तन सुन्दर । 


उही एक एशियन महिलासग नजिक भएर अर्थात उस्को अण्डरमा रहेर काम गर्ने मौका पाएको थिए । काम शुरु गरेको पहिलो हप्ता नै उस्का धेरै बानी ब्यवाहार मन परे । उस्को अवस्था देख्दा  खानदान घरकी पढेलेखेकी छोरी बुहारी र सुखी,खुसी, सम्पन्न लाग्थ्यो अर्थात उस्को पती अमेरिकामा ठुलो कोअपरेटिभ कम्पनीमा इन्जीनियर छ वा डक्टर छ वा यस्तै श्रेणीमा छ होला भन्ने मैले ठानेको थिए । तर मैले जव उसको श्रीमान् देखे, उ ठिक विपरित थियो । उमेर पनि नमिल्ने, देख्दा नराम्रो, रुपरंग हाइट नमिलेको, दारी झुस्स पालेको, बोलीबाट नै अनपढ स्पस्ट झल्किने उ देख्दा मैले त पहिले घरमा काम गर्न राखेको मान्छे जस्तो लाग्यो । हाई हल्यो गरे उस्को बोली सुन्दा झनै नराम्रो स्वर लाग्यो । मुखमा जर्दागुडका, सारै फोहरी,जड्याहा जस्तो देखिने मान्छे कसरी यो सुन्दरीको पती हुन सक्छ बिश्वास लागेन । मलाई परिचय गराउदै त्यो सुन्दरी आफैले भनि उ मेरो श्रीमान् , म बिश्वास गर्न बिबश बनाइए । म प्राय दिनभर त्यही सुन्दरीसग रहेर काम गर्नुपथ्र्यो । केही दिन पछी हामी हाम्रा कुरा साटासाट गर्न थाल्यौ । मलाई उस्ले धेरै कुरा नढाटी भने जस्तो लाग्यो । मैले पनि आफ्ना केही  मात्र कुरा भने तर धेरै बोलेको थिइन । एक दिन मेरो ल्यापटपले काम गरेन ।  मैले उ सग भने उस्ले यही ल्याउनु म सहयोग गरौला भनी । भोलीपल्ट मैले काम गर्ने ब्यापारिक कम्प्लेक्स (मल) मा लगे । त्यहा उस्ले हेरी र कम्प्युटरमा भाइरस रहेछ मेरो चिनजानको टेक्नीसियनकोमा लैजान्छु भनी । उस्ले ल्यापटप देखाइ र राम्रो् बनाएर ल्याइ । बिचमा मेरो ल्यापटका केही फोटो देखिछ । त्यसमा मेरा बच्चा श्रीमती र मेरो जिवनका महत्वपुर्ण तस्वीर देखेर उ छक्क पर्दै सोधी ,त तेरो देश नेपालमा के काम गर्थिस, तेरा छोरा छोरी श्रीमती यिनै हुन ? मैले ढाट्न सकिन सवै सत्य भने । उस्लाइ मन भित्र कुन्नी के भो आफ्ना पनि सवै पारिवारिक कुरा भन्न थाली । उस्का धेरै कुरा सुनेर मैले निकै हिम्मत गरेर एक प्रश्न सोधे, तिमी यती राम्रो,चलाख,तिक्ष्ण बुद्धी,पढेलेखेको र अतियोग्य जस्तो सुन्दरीले पति रोज्दा किन त्यस्तो पुरुष रोजेको ? उ निकै भावुक बनी र मेरो जिज्ञासाको उत्तरमा आफ्ना उडेका सपना र यथार्तता भन्दै गइ म एकोहोरो उसलाई हेरेर सुनी रहे ।

राम्रो सम्पन्न गाउले परिवार । बाबुले छोरा छोरी राम्रो पढाउने बढाउने आशा राखेर माया ममताले हुर्काए । तिक्ष्ण बुद्धिकी म पढेर पास मात्र हैन कहिल्यै सेकेण्ड नभै फस्ट हुदै गए । पढाई कै क्रममा कलेज जाने समय आयो । धेरै मिल्ने साथीहरुको साथ रमाइलोसग २ वर्ष कलेजको जिवन बिताए ।   चिनजानका एक दुइ साथी कलेज बाट बिदेश लागे । बिदेश गएर राम्रो पढ्ने धेरै जान्ने योग्य नागरिक बनेर घर परिवार एवं देशको सेवा गर्ने रहर जाग्यो । म भन्दा नजान्ने बिदेश पढ्न गए भने म किन जान सक्दिन भन्ने लाग्यो । कसैले बिदेश नजा छोरी मान्छे दुख पाईन्छ भन्दा मलाई कम देखेको ठान्दै खुव रिस उठ्यो । म मा के कमी छ कलेजमा समेत म फस्ट भए भने म जे पनि गर्न सक्छु केही गरेर सवैलाइ देखाउछु भन्ने घमण्ड चढ्यो । अनी केही गर्न सक्छु भन्ने आत्म शक्तिले मलाइ हौस्यायो । कोहीले यती राम्रो पढाइ, बुद्धी,लगनशिल र  सुन्दर शाररिक बनोट भएको मान्छे  बिदेश पढेर फर्केपछी सुनमा सुगन्ध हुन्छ भन्दा मेरो मनको भित्री भावना बुझेको भान भयो । म अम्रिका पढ्न जाने निधो गरे । बाबुको सम्पती र मेरो सर्टिफिकटको आधारमा भिषा मिल्यो । अमेरिकाको पेनसेलभेनियामा रहेकी चिनजानकी काकीकोमा आए । अमेरिका पहिले आउदा रमाइलो लाग्यो । सम्पन्नताको प्रतिक गगनचुम्बी महल, माकुराको जालो जस्तो बाटो, आकासे पुल, कमिला जस्ता गाडीका ताती, सफा सडक, सफा मान्छे , सवै राम्रै्रराम्रो र रमाइलो । जव एक महिना बित्यो घरको यादले अत्यार लाग्न थाल्यो ।  घरबाट ल्याएको पैसा कलेज भर्ना र आफ्ना आवस्यकिय सामान किन्दा सकिन लाग्यो । दोश्रो महिनामा सगै बस्ने काकी निकै परको कनेक्टिकट स्टेट सर्ने भइन । मेरो कलेजका कारण त्यही बस्नु पर्ने भयो । अब केही काम खोजौ भनि चाहारे कहि देखिन । मेरा चिनजानका मान्छे पनि अरु थिएनन मेरो गाडी त के चलाउन पनि जानेकि थिइन । कामका लागि पनि कहा जाने, कसरी जाने, गएर के भन्ने के गर्ने कुनै आइडिया थिएन । यो कुरा मैले सगै पढ्ने एक काली केटीसग भनेकी थिए उस्ले म काम गर्ने ठाउमा काम गर्ने हो भने आइजा भनी । मलाई त के खोज्छस काना आखो भयो । म उस्ले काम गर्ने सेभेन इलाभेनमा काम गर्न थाले । सास पलायो । काम निकै गाह्रो थियो अनिबार्य ८ घण्टा उभिएर काम गर्नुपर्ने तर पैसा टन्न आउने भएकाले मन निकै बदलिए । तर कलेकको पढाइ कम हुदै गयो किनकी काकी सरेपछी म एक्लै एपार्टमेन्ट भाडा तिर्न पनि पढाइ भन्दा काममा निकै समय दिनुपर्ने बाध्यता थियो । उता घर तिर यसै बखत एक दुर्घटनामा परि मेरो बुबा बित्नुभयो भने भाइ गम्भिर घाइते भइ निकै समय अस्पतालमा रहनुपर्ने र धेरै खर्च लाग्ने भयो । त्यसपछी त मैले घर तिर पनि पैसा पठाउनु पर्ने भयो ।  मेरो कमाइले नै घरभाडा, खाना खर्च , पढाइ खर्च र बचाएर घरमा पठाउनुपर्ने बाध्यताले  पढाइ पछी गरौला भन्दै कलेज छाडेर दैनिक १८ घण्टा समेत काम गर्न थाले । यसरी काम गर्नुको अर्को कारण म यता आउदाको रिन थियो बुबाको स्वर्गबास पछी मैले तिर्नुपर्ने अनिबार्यता हुनआयो । नया मान्छे दुखसुख नया ठाउमा भिज्दै कामगरिरहेकी थिए । एक दिन  हामी ३ जना एकै सिफ्टमा काम गर्ने कस्को के गल्ती भएछ काम बाट निकालियौ । अब मेरो उपाय नास्ती । के गरौ कसो गरौ कहा जाउ म निकै पागल जस्ती भए । मैले उनै काकीलाइ फोन गरेर भने उनले उल्टै सान्त्वना दिनुको साटो त बसेको एपाटमेन्ट मेरा नाउमा छ यदी तैले भाडा तिर्न नसके मेरो क्रेडिट बिग्रन्छ त्यो एपाटमेन्ट लिज सकिन लागेकोले तुरुन्त छाडिदे भनिन । म निकै अप्ठायारोमा परे । मैले रुदै एक महिना यही बस्छु त्यसपछी काम खोजेर कोठा खोजेर सर्छु भनी अनुनय बिनय गरे । किनकी म नया मान्छेले अमेरिकामा एपाटमेन्ट पाउन निकै गाह्े थियो । मेरो क्रेडिट हिस्ट्ी नै थिएन र सहारा दिने अरु कोही थिएन । म फेरी सडकमा काम खोज्दै भौतारिन  र रुदै हिडन थाले । यती ठाउमा गए सोधे  कतै मिलेन । आफ्न्त वा चिने जानेको मान्छेको माध्यमल्े काम पाउन सजिलो हुन्छ भनेर धेरैले सल्लाह दिए तर मेरो त्यस्तो कोही थिएन ।  मेरै देशको एक हावादारी केटा मैले पहिले काम गर्ने सेभेन इलाभेनमा कहिलेकाही कफी खान आउथ्यो । मैले उस्लाइ त्यती मन पराउथिन । उ देख्नमा पनि यती नराम्रो थियोकी , मेरो धर्म सस्कृती भन्दा भिन्न लाग्ने ,लामा दारी पालेको , दुब्लो पातलो , शरिरको बनावट तथा बोली लवज पनि नमिलेको , केटी देख्यो कि छेडखानका शब्द प्रयोग गरेर जिस्काउने, सधै मुखभरी पानसुपारी राख्ने सारै फोहरी र अभद्र जस्तो । उ एक दिन बाटोमा अचानक भेट भयो । म काम खोज्न हिडिरहेको बेला उस्लाइ पनि सोध्न मन लाग्यो र सोधे । उस्ले मलाई तिमिले मैले भनेको सबै कुरा स्विकार्छेउ भने म पक्का काम खोजीदिन्छु , पिर नगर भन्दै म बस्ने ठाउको ठेगाना माग्यो र मलाइ फोन गर्दै राख भन्दै उस्को टेलिफोन नं दियो । उस्का कुरा सुन्दा निकै रिस उठयो र डर पनि लाग्यो तर के गर्ने मर्न भन्दा बहुलाउन निको भने झै मैले हजुरको गुन बिर्सने छैन मात्र भने । मान्छे खासै मन पर्नेखालको नदेखेकोले मलाइ पछी अप्ठारोमा पार्ने त हैन जस्तो लागेर डराइ रहे, मैले फोन गरिन  ।   
एक हप्ता कट्यो त्यसको कुनै खवर आएन मैले काम खोज्दा पनि पाइन । मैले बाच्नका लागि खान, बस्न र मेरो परिवारको रक्षाका लागि घरमा पैसा पठाउन के गरु कसो गरु भन्दै सोच्दै पागल झै रुदै बस्न थाले । अव मेरो समस्या समाधान हुने ३ बिकल्प मात्र थिए । एक आत्महत्या, दुई उही केटालाइ फेरी आग्रहगरेर काम खोज्ने, तीन आफैलाई बेच्ने सडकग्रल  । मैले पहिलो बिकल्प नै रोजे । नजिकैको डिपाटमेन्टल स्टोरमा गएर मर्ने औषधी ल्याए कोठामा बसेर सिनित्तै खाए । म यती आत्तिए आत्तिए बेसुरमा नै उसै केटालाइ फोन गरेछु, बेसुरमा नै म मर्न लागे तुरुन्त आइजा भनेछु । उ तत्काल आएछ मलाइ अस्पताल लगेछ ५ दिन पछी मैले अलि अलि चाल पाए म बाचेछु । तर होस पुरै थिएन त्यो केटा नजिक देखे डक्टर नर्स पनि थिए । उनीहरु मेरो बारेमा सोध्न चाहन्थे । १० दिन पछी मेरो पुरै होस आयो मलाइ डक्टर नर्सले मेरो र पारिवारिक अवस्था वारेमा सोध्न लागे , मर्न चाहेकोलाइ किन बचायौ, भन्दै फेरी रोए कराए । डक्टर नर्स र त्यो केटाले पनि सम्झायो । १ महिनाको हस्पिटल बसाइ पछि म ठिक भए । हस्पिटलबाट निकाल्नु अघी डक्टर नर्सले त्यो केटालाइ यिनिलाइ एक्लै कहिल्यै नछाड्नुहोला फेरी केश देहरिन सक्छ भनेर खुव सम्झाए । त्यसैले उस्ले मलाइ आफ्नै एपाटमेन्टमा जान भन्यो,मैले मानिन उस्ले निकै आग्रह गर्दै भन्यो मेरो एपाटमेन्टमा म र मेरी बैनी बस्छौ तिमी तनदुरुस्त नभइन्जेल र काम नपाइन्जेल सगै बसौ त्यसपछी तिम्रो बिचार गर भन्यो ।  म निकै कमजोर थिए मसग पैसा थिएन शाररिक शक्ति थिएन, बिकल्प थिएन । म स्विकार्न बाध्य भए र हस्पिटलबाट सिधै उस्को कोठामा गए । केही दिन पछी उस्ले आफु काम गर्ने ठाउको मालिकलाइ कामको बारेमा भनेछ मैले पनि उसैले काम गर्ने ठाउमा काम पाए र उसको एपाटमेन्टमा पेइगगेष्ट भएर बसे । बास्तवमा मैले त्यो केटालाइ भगवान जस्तो भेटे किनकी मलाइ बचायो , काममा लगायो र बस्नेको पनि ब्यास्था मिलायो । मैले यो संसारमा उ जस्तो राम्रो र असल कोही पनि छैन भन्ने लाग्न थाल्यो । उ बाहिरी रुपमा भन्दा ठिक बिपरित  मन र ब्यावहारमा निकै असल रहेछ । हामी सगै काममा जाने, सगै १५ देखी १८ घण्टा  गधा झै काम काम काम , बेलुका हैरान परेर घर जाने, सगै खान पकाउने, सगै खाने र आ आफ्नो् कोठामा सुत्ने हाम्रो दैनिकी थियो । यो समयसम्म हामीबिच प्रेमको भावना पनि जाग्न थालेछ । केही दिन पछी हामी एउटै कोठामा सुत्न थाल्यौ  । हामी दुइको गाढा सम्बन्ध बन्दै गएको उस्की बैनीलाइ मन परेको थिएन । जव हामी एकै कोठामा सुुत्न थालेको थाहा पाएपछी उस्की बैनीले मलाइ बेस्करी झपारी र भनी मेरो बिबाहित दाजुलाई त रन्डीले बिगारिस ।  म छागा बाट खसे जस्ती भए किनकी उ बिबाहित हो र उस्को देशमा श्रीमती छ भन्ने थाहा थिएन । अव कुरा बिग्रीसकेको थियो म पूर्णरुपमा उस्की भएकी थिए उ पनि मलाइ छाड्ने पक्षमा थिएन । हामीलाई बैनीले मेरो एपाटमेन्ट छाड भनेपछी अकोर्् बस्ने ठाउको खोजीमा घुमउ । दुखले महगो फेला परयो । दुख सुख सगै काम गर्दै नया जिवनको थालनी भयो । केही महिना पछी के गल्तीले हो मेरो श्रीमान कामबाट निकालियो तर म भने मेरो कामप्रतीको कडा  मेहनत र तिक्ष्ण बुद्धीले होला सिफ्ट मेनेजर भए । मेरो अण्डरमा ५ ।६  जना लाइ हेर्नु पर्ने र आफुले पनि अझ कडा काम गर्नु पर्ने भयो । म गभवर्ती थिए कामको बोझ निकै थियो मेरो आर्थिक अवस्था, घरको पारिवारिक अवस्था, श्रीमानको पहिलेकी श्रीमती र उस्को घरको झमेला सवै कुराले निकै टेन्सन हुन्थ्यो । श्रीमानको काम र्थिएन आर्थिक समस्या त्यस्तै त्यसमाथी उस्ले खान पकाउन नजान्ने हुदा कामले थाकेर आइ खान पकाउन मोड हुदैनथ्यो कहिले त भोकै सुत्थे । पैसा हुदा रक्सी खाने , पान सुपारी सधै चपाइ रहने , अशभ्य शब्द बोलीरहने र मगन्ते जस्तो देखिने गरी पहिरनमा  जताततै हिड्ने, घरमा बसे कि त कम्प्युटर वा भिडियोगेम वा मोबाइलमा झुम्मिरहने त्यो बानी मलाइ मन प्रदैनथ्यो । झगडा पनि कती दिन गर्ने,कुनै कुरा सुने पो । त्यसैले सारै थाकेर आउदा कती दिन त भोकभोकै सुते । म भोकै सुतेपछी उ पनि भोकै सुत्तो रहेछ खाना भएपनि म नआइ उ खाना खादैनथ्यो ।  यस्तै जिवन गुजादै २ सन्तान पाएर अमेरिकाका निकै ठाउमा काम र मामको खोजीमा भौतारिए । मेरो् ६ वर्षे अमेरिुकन दुखी जिवनमा श्रीमानको कमाइमा बाचेकी छैन बरु मैले नै उस्लाइ पालेकी छु  ।  कहि सुृख र शाान्तिले बसिएन । ठक्कर हण्डर र अनन्त पिर ब्याथाका अनुभव सगाल्दै हामी दुइ र दुइ सन्तानको ज्यान पाल्न निकै मेहनत गरीरहेकी छु । केही कमाउन पनि कमाइयो तर खान र अमेरिकाको खर्चिलो जिवनमा परिवार धान्न धेरै दुखित समस्याबाट गुज्रनुपरेको छ । मैले पाएका दुखको बयान गर्दा त किताव नै बन्छ । अहिले यो ठाउमा आएको १ वर्ष भयो तर मैले १० दिनमा नै यो काम पाए मेरो श्रीमान भने अहीले सम्म बेरोजगार छ । यहा प्राय कामका लागी वर्कपरमिट वा सोसियल सेकुरिटी खोज्छन तर उ सग कुनै कागज छैन ।अमेरिकामा गैरकानुनी मान्छेले काम पाउन निकै गाह्रो छ चाहे जस्तो काम पाउन पढाइ पनि हुनुपर्छ  उ सग यो दुवै छैन । अमेरिकामा बच्चा हुर्काउन पनि गाह्रो् छ साना बच्चा घरमा छोडन पाइदैन त्यसैले श्रीमान छोरीछोरी हेर्ने म काम गर्ने गरेर बाचेका छौ । उस्को बानी र व्यावहारले दैनिक झगडा अझै भैरहन्छ । मलाइ लाग्छ उ मेरो पुरा जिवन गजार्ने साथी हुन गाहे छ । कहिले काही सोच्छु मरी जाउ तर अव म मर्नाले मेरा २ सन्तान सडकमा जाने छन । उस्को आश छैन बाचु भने यस्तो जिन्दगी कसरी बाचु ? मेरो  ज्यान बचाएर लगाएको ऋण मेरो श्रीमान बनाएर रातदिन रोएर तिरिरहेकी छु भन्ने लाग्छ । जे होस मन बुझाउन यो पनि ठान्छु उसैले मलाइ बचायो नया जिवन दियोृ, त्यसैले उस्ले जे गरे पनि र जस्ले जे भने पनि मेरो लागी योग्य श्रीमान उही हो  । म बाचेर उस्लाइ र सन्तान बचाउन सकेकी छु । यदी उ नभएको भए मेरो मर्ने बाहेक बिकल्प र्थिएन म मेरो देश फर्कन सक्दैनथे किनकी उता मेरा बुबा स्वर्ग हुनु र भाइ मेन्टल्ली अपाग हुनु भनेको ढोका बन्द जस्तै थियो । चाटरएकाउण्ट पढ्न्े सपना दुइ महिनाको कलेज पछी त्यसै उड्यो । वास्तवमा जुन बेला मैले मेरो देशमा हुदा बिदेश गएर उच्च शिक्षा लिएर योग्य बनेर ठुलो मान्छे बन्ने, देश र समाजको सेवा गर्ने सपना बोकेकी थिए त्यो सपना म अमेरिका आउदा उडेको जहाजमा नै उडेको रहेछ मलाइ पत्तै भएन । कहिले काही सम्झन्छु , म यहा नआएको भए मेरो जिवन मेरै देशमा निकै खुसी र सुखी हुन्थ्यो होला, के सोचे मैले के भयो अहिले ।  बास्तवमा अमेरिकामा आफन्त बिना म जस्ता बिदेशी आएर जिवन गुर्जान अति गाह्रो छ त्यसमाथी पनि अविकसित समाजमा हुर्केको एक्लो महिला स्वाभिमानपूर्ण बाच्न सयौ गुणा कठिन हुदोरहेछ । यो अमेरिकन खुल्ला समाजमा मेरो रुपरंग र बोली ब्यावहारले मलाइ निकै ठाउमा अप्ठारोमा पारयो तर आफ्नो बुद्धी र बिबेकले म बिग्रनबाट बचाइरहे । म अहिले सपनाको देशको बिपनामा बाचेकी छु केवल म र मेरा सन्तानका लागि कुकुर र गधाको जिन्दगी सरी । भोली केहुन्छ भन्न सक्दिन भगवान भरोषा । मेरा जस्ता धेरैले देखेका सपना यो सपनाको देशमा उडीरहेका छन धागो छिनेको चंगा झै , त्यसैमा चित्त बुझाइरहृेकी छु ।
उ धेरै पटक आखाबाट आसु झादै यो कुरा भनिरहेकी थिइ म पनि कुन्नी किन आखा रसीलो पारेछु । त्यसैबेला हाम्रो स्टोरको सामान डेलिभरी युपिएसले ल्यायो । डाइभरले सामानका बक्स झारया,े उसले बुझेको सहि गरि, मैले बक्स खोल्न थाले ।  मेरा पनि आफ्ना उडेका सपना सम्झे मन मनै गित गुनगनाए— उडायो सपना सवै (अमेरिकन) हुरीले । । । 

जीएस नेपाली
अमरिका (सपनाको देश ) सेप्टेम्बर १५, २०१० ।

No comments:

Post a Comment