Pages

Thursday, February 23, 2012

भाषा  र भावनाका  कफी गफ

५ मे दिउसो मेरो पाकिस्तानी साथीले कफी पिउन जाउ भन्यो । हामीले काम गर्ने मल (बिशालबजार) पश्चिम तर्फको बारनेस नोवेलमा छिरेउ । प्रया ब्यस्त रहेने स्टारबक कफी क्यानटिनको काउन्टर अगाडी म लाइनमा बसे । मेरो अगाडी एक महिला कफी लगायत अरु के अडर गर्दै थिइन । उनले आफ्नो कफी लिएर तिन जना आफन्त रहेको टेबुल तर्फ गइन । मेरो पालो आयो मैले कफी अडर गरे । तिनी महिलाले टेबुल नजिकै पुगेर सगै आएका अर्का आफन्त लाई नेपाली भाषामा सोधिन तिमीले के खाने ? मैले फर्केर हेरे तर चिनिन ।


अचम्म लाग्यो, म अडरको कफी लिएर अलि परको टेबुलमा रहेको मेरो पाकिस्तानी साथी उमर सग गए । मलाई अचम्म लागेको कुरा भने । उनीहरु मैले चिनेको छैन तर मेरो भाषा बोलेकाले परिचय गरौ कि सोधे तर उमरले मलाई  जिस्काउदै भन्यो यो अमेरिकामा संसारका सवै मान्छे धेरै छन यो सामान्य कुरा हो  । परिचय हुने पनि अवस्था अलि भिन्न हुनु पर्छ जहा पायो त्यही राम्रो हुदैन भनेपछी मैले  साथीको कुरा काट्न सकिन मेरो मन धमिलो पार्दै हामी बाहिरियौ । आफु बोल्न नगएको अर्थात उनीहरुको थिए भन्ने  अहिले सम्म पनि थाहा नपाएकोले झण्डै एक वर्ष अगाडीको यो कुराले मन नरमाइलो बनाइरहेको छ ।
एटलान्टीक महासागरको नजिकै पर्ने अमेरिकाको दक्षिणपुर्व साउथक्यारोलिना राज्यमा म आएको पनि झण्डै २ वर्ष हुन लागिसक्यो । यहा नेपाली सारै कम छन अझ म बसेको फ्लोरेन्स सिटीमा त मैले चिनेका २ नेपालीहरु मात्र छन । यिनै साथीहरुका अनुसार यहा अरु एक दई जना पनि छन भन्ने सुनेको थिए तर परिचय भएको छैन । खासगरी देश छाडेर परदेश आएपछी आफ्नो देश निकै याद आउदो रहेछ अनी आफ्नो भाषा बोल्न निकै मन लाग्छ तर कोसगं बोल्ने ? फोन र इनटरनेटमा साथीहरु सग कुरा त भैरहन्छ तर प्रतक्ष भेट नहुदा सारै नरमाइलो लाग्छ ।
 पहिले न्युयोर्क र न्युजर्सीमा केही वर्ष बस्दा धेरै नेपालीसग भेट भैरहन्थ्यो । अझ न्युर्योकको ज्याक्सनहाइट त चोक, बाटो,नेपाली मम पसल,रेस्टुरेन्ट र अन्य पसलमा नेपाली भाषामा कुरा गर्दै बसेका र बाटो हिड्नेको भिडले काठमाण्डौको न्युरोड जस्तो लाग्थ्यो ।धेरै भएकाले होला त्यो ठाउमा कसैसग बोल्नु परिचय गर्नु त्यती आवश्यक छैन जस्तो लाग्थ्यो । तर अरु ठाउमा फरक छ । म अमेरिका आउदाको शुरु ताका डेलावरको अनकन्टार जंगलको बिच नायन्टीफाइभ हाइवे नजिकको एक ग्यास स्टेसनमा काम गर्थे । कुनै नेपाली मात्र हैन साउथ एशियन पनि देख्न नपाइने सो स्यास स्टेसनमा एक दिन एक इन्डियन महिला कुर्ता सलवारमा आएको देखे । मलाई यती खुसी लाग्यो मेरै दिदी घरबाट आइन जस्तो भयो र केही बेर हिन्दीमा कुरा गरेथे । प्रतक्ष मान्छेसग अंग्रजी बाहेक अरु शब्द नबोलेको महिनौ बितेको मलाई त्यो दिन हिन्दी बोल्दा पनि मेरै भाषा प्रयोग गरेको छु कि जस्तो भएको थियो । शुरु ताका एक्लै हुदा  चर्को चर्को नेपाली गित गाउने र एक्लै बोल्ने गरेका जस्ता  धेरै धेरै सम्झना योग्य क्षण छन । उतीबेला त्यती राम्रो अंग्रेजी बोल्न पनि आउदैनथ्यो र अरुले बोलेको पनि बुझिदैनथ्यो ।स्वतन्त्र समाज र छाडा सस्कृतीमा हुर्केका यहाका अमेरिकन गोरे काले केटाहरु बोलेको सुन्दा नरमाइलो लाग्र्ने र झोक चल्ने बानी अहिले परिर्वतन भएजस्तो छ । नेपालको भाषा सस्कृतीको भावनात्मक सम्बन्ध त प्रगाढ छदैछ,राम्रा नराम्रा पक्ष छदैछन, तरपनि यहा बसेकाले यहीको भाषा र सस्कृतीमा भिज्दै गएकाले नै होला अहिले  सुरुका दिन जस्तो खासै अत्यास लाग्दैन ।
भाषा यस्तो माध्यम हो जस्ले भावना जोड्छ र खुसी बनाउछ । यसैले संसारमा भाषाका लागि नै धेरै ठुला लडाइ भएका छन । भाषा समाज बिकासको मुल तत्व पनि  हो जस्का कारण आजको प्रबिधी बिकासको यो अवस्था आएको हो । अंग्रेजी भाषाको संसारमा सामाज्य त्यसै भएको छैन । अंग्रेजहरुले जति बिकास गरे जति प्रबिधी र प्रचारमा आफुलाइ ल्याए त्यो जान्न अरुले खोजेकाले नै अंग्रेजीभाषा यो स्तरमा फैलिएको हो । जहाजको बिकास देखी रकेट हुदै चन्द्रमाको यात्रामा जाने पनि यही भाषी थिए  भने आज कम्प्युटर र मोबाइल लगायतका डिभाइसको राम्रो प्रयोग गर्न अंग्रजी जान्नै पर्छ । भाषा सबैले समान जान्ने भएमा बिकास हुन्छ भन्ने उदाहरण यो हो । आज अमेरिकाको एक गाउले साक्षार महिला पनि संसारको कुनै देश एक्लै घुमेर आउन सक्छे, माकुराको जालो जस्तो र नया बैज्ञानिकीकरण गरेका  हाइवे र सिटीवे छिचोल्दै आफ्नो गाडी कुदाएर गन्तब्यमा पुग्न सक्छे । नेपालका बिद्यालय शिक्षक भने शहरमा हराउन सक्छन ।
वास्तवमा संकुचित भाषा र सस्कृती भैरहेको ठाउ भन्दा सर्वब्यापी भाषा प्रयोग गर्ने मानिस,समुदाय र स्थानको बिकास चाडै भएका उदाहरण बिश्वब्यापी छन । आज हाम्रै देशमा पनि हिमाल, पहाड र गाउ भन्दा  तराई र शहर बिकास हुनु जनसंख्या बढ्नुको कारण सर्वब्यापी नेपाली भाषा  र मिश्रीत समाज पनि हो । उता आदीवासी र जनजाती भन्दा ब्रामण क्षेत्री अगाढी देखिनु पनि भाषा एक मुल कारण हो । मातृभाषा सबैलाई प्यारो हुन्छ तर त्यो भाषा जान्ने धेरै समुदाय समाज छैन र जिवनमा त्यो भाषा प्रयोग गरेर अगाढी बढ्न सकिदैन भने भावनात्मक सम्बन्ध भए पनि सर्वब्यापी भाषा नै रोज्नुपर्ने हुन्छ । गाउमा डुल्ने आफ्नो घोडा जतीनै भावनात्मक होस परदेश जादा गाडी वा जहाज चढनै पर्छ ।


 ५० साल तिरको कुरा हो,महेन्द्रराजमार्गको पश्चिमी भाग बन्दै थियो । हामी कोहलपुरबाट बस चढेर चिसापानीको कर्णालीपुल सम्म पुगियो । साझ पर्नै लागेको थियो र भोक पनि ।  सेउलाले बारेका छाप्राहरुको चिसापानीबजारमा माछाको स्वाद गन्ध टाढाबाट नै आएको थियो । छापा्रा अगाडीको धुलेबाटोमा राखेको बेन्चीमा बसेर माछा माग्यौ । पसले हाम्रो भाषा बुझेन मैले औलेले देखाएर यो ल्याउ भोग लाग्यो भनी इसारा गरे । टन्न झोलमाछा र च्युरा ल्याइ दिए । उत्तरकर्णालीबाट ओर्लेको मान्छेको लस्करले उडाएको धुलो सगै कर्णालीका चिसामाछाको तातो खादै थियौ ।  एक सरकारी जिप आयो । उ धनगढी जादै थियो धनगढी जाने कोही भए आउ भनि करायो । खादैगरेको माछा आधा छाडेर २ जनाको ५ सय र्तिन राजी हुदै जिपमा कोच्चियौ । अनगिन्ती खोलामाथी जिप भित्रनै पानी पस्ने गरी तर्दै र जंगल अनी खेतको बिचबाट धुलो उडाउदै राती अवेर अत्तरिया  पुग्यौ । अत्तरियामा रहेका गाउका दाइलाइ भेट्दा पोखरा नै पुगे जस्तो लाग्यो । किनकी कोलहपुर कटेर आएपछी हामीले सजिलै बोल्ने भाषा  कसैले पनि बोलेका थिएनन । बुटवल पुर्वका हामीलाई  उता तिर पुर्वेली भन्दा रहेछन भने उता तिरका मान्छेलाई पुर्वेलीले मान्ठा भन्दा रहेछन । अत्तरियाका डिल्लीदाई भन्दै थिए उनीहरुले सुन्ने गरि मान्ठा नभन्नुहोला रिसाउछन । सरकारी कर्मचारी, बसका कर्मचारी, वसस्टप वरपर र बजारका केही मिसमास ग्राहक आउने पसले हाम्रो कुरा बुझदा रहेछन । भोलीपल्ट हामी महेन्द्रनगर हुदै महाकाली नदीको पुल तरेर बनबासा पुग्यौ ।  बनबासाबाट फर्केर ब्रमपुरबजार जाने हाम्रो धोको थियो । महाकाली नदीको तिरतिर हिड्दा कता बाटो बिराइएछ हामी हरायौ । चर्को घाम र नदी किनारको बालुवामा भोको अनी तिर्खाएको शरिर हिडिरहदा ठाउ ठाउमा नेपाल भारतको सिमाना पिल्लर भेटिन्थे । निकै पर एउटा गाउ आयो । बाटो सोध्ने निउमा पानी पनि पिउनु पनि थियो । घरको आगनमा एक महिला काम गर्दै थिइन मैले महेन्द्रनगर जाने बाटो कता हो भनी सोधे । उनले बुझिनन अनी अलि डराए झै भएर छोरालाइ बोलाइन । १२ १३ वर्षे स्कुले केटाले हाम्रो कुरा धेरै बुझयो बाटो बतायो, पानी पनि खान दियो । हामी हाम्रै नेपाल भित्रका नेपाली भाषा नै बोल्ने नेपाली नेपाली बिच पनि किन यो भाषिक समस्या र वर्तमान भाषिक राजनीति बिषयमा वहस गर्दै बाटो काट्यौ ।
आज नेपालको राजनीतिक अवस्था तरल छ । यस्को फाइदा  उठाउदै आफ्नो स्वार्थ सिद्ध गर्ने गिद्धहरु धेरै छन ।   भाषाको राजनीति पनि एक औजार भइरहेको छ । भाषा र जातका आधारमा देश टुक्राउने खेल भैरहेको छ । बिदेशी बिश्वबिद्यालय र बोडिड. स्कुलमा छोराछोरी पढाएर  मातृभाषाको राज्यमाग्ने नेताहरुको ब्यातिmगत स्वार्थ नै हो भन्ने  सोझौ जनतालाई के थाहा ? देश र समाजको बिकासको माध्यम  भाषा मेरो तेरो हैन सर्वब्यापी सर्वमान्य हुनुपर्छ । नेपालीमा बिए पास भएका शिक्षकले पढाएको टालटुले अंग्रजीको भरमा गाउको सरकारी स्कुल नपढी अंग्रेजी माध्यमको बोडिड.मा पढन पाएको भए मैले अमेरिकामा भाषाका कारण नजानेका र दुखपाएका धेरै घटना हुने थिएनन होला । अझ साच्चै भन्ने हो भने मेरो बुबाआमाले बोल्ने भाषा अंग्रेजी नै भएको भए मैले जिवनमा यतीसारो भाषिक समस्याको दुख झेल्नु प्रदैनथ्यो कि । तर पनि मेरो भाषा मेरो भेष प्राण भन्दा प्यारो छ । धन्यबाद ।


अमेरिका २४ जनवरी २०१२ ।

No comments:

Post a Comment