Pages

Monday, November 14, 2011

कथा
गर्भेको नेपाल

 कहिल्यै सुख भएन अनी कहिल्यै मन परेको टन्न खान पाएन उस्ले । आमाको पेटमा छदा नै बाबु बितेपछी जन्मेको उस्लाई गाउ भरी गर्भे भनेर चिन्थे । आमाले खेतालो गरेर ल्याएको अन्नले उसले पेटभरी खान पाउदैनथ्यो । आमासग भोकलाग्यो भनि कराउदा आफै जोत्न सक्ने भएपछी आफै कमाएर पेटभरी खालास भन्ने जवाफ पाउथ्यो । जब उ बाह्र कटेर तेह्रमा लाग्यो उस्लाइ बुबाले जोत्ने घरको हलो समाउन मौका पायो । बिस्तारै सिक्दै गयो हलो समाउदा समाउदै उस्को जवानी आयो । पल्ला गाउकी बाटुुलीसग हिमचिम बढायो र भित्रायो पनि ।



आफ्नो औला डोब्ने जग्गा नभए पनि अरुको खेत जोतेर नै जेनतेन  परिवार पाल्यो । छोराछोरी पनि जन्मायो । जेठी छोरी रुपाले त कहिल्यै स्कुल देखिन । भुन्टेलाई भने पल्लागाउको प्राइमारी स्कुलमा सम्म पठायो । हाइस्कुल पढाउन त के सक्नु कापी किताव र फीस जुटाउन उस्को औकात थिएन । अव आफैलाइ सघाउन खेत जोत्ने खन्ने काम सिकायो । केही वर्ष पछी त भुन्टे पनि जवान भयो । गाउका धेरै केटाहरु जिल्लामा गएर पासपोट बनाइ अरव गएको सुनेको देखेको थियो उस्ले । एक दिन भुन्टेले बाबुसग पासपोट बनाउने सल्लाह माग्यो । बिचरा गर्भेले कहाबाट जुटाउनु पासपोट बनाउने खर्च । त्यसैले  हुदै हुदैन त एक्लो छोरो मेरो सहारा होस यहीे गाउमा राम्रो घर खोजेर जोत्न जा भन्यो । गाउका साथीहरुले पैसा कमाएर ल्याएको देखेको भुन्टेले बाबुले आफ्ना कुरा नमान्दा रातभरी निद लागेन । उता गर्वेलाई पनि रातभर छटपटी भयो । मेरो जिन्दगी त अर्कैको हलो जोत्दा जोत्दै बित्यो अव छोराको जिन्दगी पनि यसरी नै बिताउने ? बरु भुन्टेलाइ अरव पठाउन पाएता केही पैसा ल्याउथ्यो अनी एउटा टारी खेत नै भए पनि किन्न पाए त ६ महिना त खान पुग्थ्यो । उस्ले मनमनै निर्णय गर्रयो भोली जोत्ने घर गएर अलीकती पैसा रिन माग्नु पर्यो । दुख सुख मायाले हुर्काएको छोरालाइ गाउमा रिन मागेर भएपनि अरव पठाउने निणर्य गर्यो । उता जवान छोरी रुपा पेटभरी खान नपाएकैले पल्ला गाउको च्याउरेले मिठा कुरा गरेर फकाएर बम्बै तिर लगेको पनि २ वर्ष भैसकेको थियो ,पत्त्तो खवर केही आएको थिएन । सन्तानको नाममा भएको एक्लो छोरो पनि बिदेश गएर केही भयो भने भन्ने सन्तापले उस्लाइ पोलेको थियो । तर पनि छोराको जिद्दि र घरको दुखले भुन्टेलाई गर्भेले रोक्न सकेन । छोरो अरव पुगेर काममा लागेपछी सारै दुख पाएको र काम सारै गाह्रोपरेको,महिनामा जम्मा छ सय रियल पाउछु त्यो नेपालमा साट्दा धेरै हुनेमात्र हो भनेर  के के लेखेको चिठी घरमा आयो ।  बाटुलीलाई छोराको सारै चिन्ता परयो । कुन्नी के भो बाटुली थला परी, रामे उपचार गर्न शहर लैजाने पैसा थिएन गर्भेसग । बाटुलीले पनि बेलैमा गर्वेलाई छाडेर स्वर्ग गई । बिचरा गर्वे बिलौना गर्दै कति दिन रोयो तर पनि आफ्नो प्राण फाल्न सकेन । बाच्नलाई भएपनि जोत्न जानै पर्यो ।  सधै झै आज पनि गर्वे जोत्ने घरको ढिडोभात खाएर गोरु फुकाइवरी माझखेत तिर लाग्यो । जवान गोरुले बुढो गर्वेलाई सताउनु सताउथे , कहिले काही त गर्वेले पनि  रिसले गोरुको पिठ्रयुमा लौराले सुम्लाउथ्यो ।  आज उस्ले आधा दिनको मेलो एक्लै जोतेर बेलैमा हल फुकाउनु थियो । चैतको टन्टलापुरे घाममा ३ वटा गरा त जोतेर सक्यो पनि । उस्लाई चुरोट खान मन लाग्यो । जुवामा बाधेका गोरुलाई उभ्याएर गह्राको कान्लामा थचक्कै बस्यो । अस्कोटको खल्ती छाम्यो ,बिहान खाएको आधा चुरोटको ठुटो भेट्टायो । त्यही सल्कायो र चुरोट धुवा फाल्दै सुस्केरा हाल्न थाल्यो । भरे खाने चुरोट छैन फतफताउदै खल्ती छाम्यो । ४ रुपया मात्र रहेछ उ सग । एक बट्टा चुरोट त किन्नु पर्ने तर पैसा छैन , त्यो छुचो स्यानोकान्छाले उधारो दिदैन अव के गर्ने होला ? उस्ले सम्झ्यो पहिले त यही ४ रुपयाले पनि १ बट्टा आउथ्यो अहिले त २ खिली पनि आउदैन के बिधी मेरो पैसाको वजन घटेको हो ? मैले बाह्रै महिना रातोदिन काम गर्छु मैले कमाएकोले मलाइ नै खान पुग्दैन के भएर होला उ सोच्न थाल्यो । उस्ले सम्झ्यो, पोहरसाल चुनाव ताका गाउमा नेताहरु आएका थिए , उनीहरुले अव हामी महड्गी घटाउछौ, गाउगाउमा जागिर दिलाउछौ भनेका अनेकन कुरा उस्ले बिर्सेको छैन । घरमा रेडियो पाल्न नसके पनि गर्वे यस्ता नेताका कुरा अनी धनी गरिवका कुरा सधै चाख मानेर सुनिरहन्थ्यो । अस्ती जोत्नेधरको  रेडियोमा दुइ थरी नेता एक आपसमा त चोर त बदमास तैले देश खाइस तैले भ्रष्ट्रचार गरिस, बिकास बनाइनस भनेर नानाथरी कुरा गरेको गर्वेले बुझेसम्म कान थापेर सुनेको थियो ।   युरोप अमेरिकामा त एक दुई सय भए आधा महिना खान पुग्छ रे, त्याहाका नेता राम्रा भएर बिकास भएको हो रे भन्ने जस्ता कुरा उस्ले धेरै सुनेको थियो । उस्ले एकिन गरयो मैले दुख पाएको वा म गरिव भएको मेरो पैसा अरु देशका पैसा भन्दा हलुका भएर हो र नेपालले दुख पाएको नेता बदमास भएर हो । ठुटो चुरोटको सर्कोसगै आफ्ना दुख सम्झयो, बाटुली सम्भ्यो, परिवार सम्झ्यो त्यो परदेसियका छोरा छोरी सम्झयो । मैले बर्ष भरी दुख गरेको छु धेरथोरै कमाएको पनि छु तर पनि मैले कमाएकोले एक छाक राम्रोरी खान र एकसरो लगाउन पुग्दैन किन होला उस्ले सोच्न थाल्यो । उस्ले आफु जस्तै अरु गाउलेलाई सम्झ्यो, धेरै सोच्यो बास्तवमा भगवानले किन यसरी हेला गरेका होलान मलाई अनी हामी गाउलेलाई अझ हामी नेपालीलाई र हाम्रो देश नेपाललाई, आफैमा प्रश्न गर्न थाल्यो । हे भगवान म धनी भएको भए मेरो गाउ र देश सुखी सम्पन्न भएको भए मेरी श्रीमती अकालमा मर्ने थिइन,मेरा छोराछोरी मबाट टाढीने थिएनन् ,म बुढो यो दुख गर्नुपर्ने थिएन । दर्शन देउ भगवान पार लाउ भगवान भन्दै नानाभाती सोच्दै थियो । उस्ले अगाडी भगवानको दृश्य देख्यो । भगवानले कडकेर बोले बालक तिम्रो दुख देखी मेरो मन सारै दुख्यो त्यसैले आज म तिमीलाई बर दिन आएको, तिमीलाई के आवश्यक छ  जम्मा दुइटा कुरामात्र माग । गर्भे चकित पर्यो पहिले त म भगवान हु भन्दा पत्याएन । उस्ले क्वारक्वारती हेर्यो भगवान फेरी कडकेर बर माग भन्न थाले । जे भएपनि होला बर मागेर त देखी हेरौ न भनी बिचार गर्यो । के माग्ने होला भन्ने ठान्यो र तत्कालै आफ्नो दुख र देशको दुख सम्झयो । अनी भन्यो हे प्रभु मलाई यि दुइ कुरा , एक नेपालको वजनदार पैसा र दुई नेपालका समझदार नेता भए पुग्छ । भगवान तथास्तु  भन्दै अलप भए ।
 गर्भेले पाएको बरदानका प्रभावले नेपालको पैसा बहुमुल्य भएर एक रुपया साटदा अमेरिकन सय डलर पाइने भयो ।  उता नेपालका देश हाक्ने नेता बिशुद्द जनभक्ति र देश भक्तिहुन थाले । भ्रष्टचार निर्मुल गर्न राम्रो कानुन बनाइयो, कानूनी शासनले देशमा सुखशान्ति आउन थाल्यो । नेताहरु देश बिकास गर्न एकमत भएर जुटे । सम्र्पुण नेपाली मनमुटुले मेहनत गर्न थाले । नेपालका बिद्धान बिशेशज्ञ एवं बुद्धिका बुद्धहरु बिबेक र बैद्धिक क्षमताले भ्याएसम्म  बिशुद्ध देशमा बिकासमा जुटे । राष्ट्रसेवक जनसेवक समाजसेवक सवै आआफ्नो कतब्र्यमा  कटिबद्ध भए ।
उता डलर भाउ भन्दा नेपाली रुपया महडगो भएकाले  बिदेशमा पैसा कमाउन गएकाहरु धमाधम फर्किन थाले । हिजो अमेरिकाबाट हजार डलर पठाएर नेपालमा सत्तरी असी हजार रुपया बुझ्नेहरु अव नेपाली सयमात्र पाउने भएकाले उता बस्न उपयुक्त भएन । त्यसैले बिदेश गएका डक्टरहरु नेपाल आएर अस्पाताल खोल्न र रोगीको सेवा गर्न थाले । बिदेशमा भएका बरिष्ट देखी कनिष्ट इन्जिनयरहरु पनि नेपाल फर्के ।  नेपालमा सुब्यावस्था र सुशासन पनि संसारकै भन्दा राम्रो हुदै गएकोले अरव देखी युरोप जापान,अस्ट्ेलिया ,अमेरिका, क्यानेडा गएका बलहुने,बुद्दीहुने ज्ञान हुने,सिप हुने, धन भएका, मन भएका सवै सबै नेपाली स्वदेश फर्केर आ आफनो बुद्दि बिबेकको काम गर्न थाले । उता सरकारमा गएका नेताले पनि जनतालाई कसरी सुख दिन सकिन्छ र देश बिकास हुन्छ भनी रातोदिन जनहितका काम गर्न थाले । महडगी घटेर सुन्य भयो । सिप र मेहनत अनुसारको राम््रो बहुमुल्य रुपया मिल्ने भयो । सिप नजानेकालाइ पनि न्युनतम ज्याला तोकियो जस्ले आफुले खान लाउन पुगेर पनि आधा भन्दा बढि बचत हुने भयो । देशको सिमा बलियो बनाइयो चोरी र अनावश्यक घुसपैठ रोकियो । पूर्व पश्चिम सुपरफास्ट रेलबनाइयो । अनी सगै आठ लेनको हाइवे बनाइयो । काकडभित्तामा बिहान चिया खाएर दिउसोको खाना खान महेन्द्रनगर पुग्न सकिने भयो । उत्तर दक्षिण पनि दशौ हाइवे खुले जस्ले तराइ पहाड र हिमालको सम्बन्ध नजिक बनायो । पहाड हिमालका सयौ ठाउमा केवुलकार बनाइयो । बिभिन्न नदी नालाबाट पचास हजार मेघावाट बिजुली निकालियो । सिचाइ र खानेपानीको राम्रो ब्यावस्था मिलाइयो । देशका १० ठाउमा ठुला औद्योगिक क्षेत्र बनाएर अन्तराष्ट्रिय उद्योग बनाइयो, साना औद्योगिक क्षेत्र र उद्योगधन्दा त हजारौ खुले । तराइका ३ ठाउमा अन्तराष्ट्रिय उच्च स्तरका बोइड. बस्ने बिमानस्थल बनाइयो । अन्तराष्ट्रिय क्षेत्रमा बिचित्रको बिकास र बिचित्रको प्रकृती एवं सस्कृतीको नेपाल भनि प्रचारप्रसार भयो । त्यसैले दिनमा एकलाख जति पर्यटक नेपाल भित्रिन थाले । नाम्चे सम्म पहाडी हाइवे गयो । त्याहाबाट बेसक्याम सम्म केवलकार बन्यो । मनाड.,मुस्ताड.डोल्पा हुदै हिमालको काखमा संसारकै उच्च भुभागमा उच्च प्रबिधी र आर्कषक हाइवे बन्यो । चारै तिर पर्यटक मात्र आउन थाले, अनी पर्यटकका लागि उच्च स्तरको सुरक्षा, रहने बस्ने ब्यावस्था, प्रसस्त पैसा खर्च गर्ने बातावरण तयार पारियो । नेपालको बिजुली धेरै भएर बिदेशमा बेच्न थालियो भने यहाका उद्योगले संसारको बजार खान लाग्यो । बिज्ञान र प्रबिधीको बिकासले पनि नेपाललाई संसारका कुनै देशले उछिन्न सकेनन । नेपाली र नेपालमा स्थाइ बस्ने सवैले रोजगार पाए । सामान्य काम गर्ने मजदुर पनि आम्दामीको आधा बचाएर बिदेश घुम्न जान सक्ने भयो ।  गाउका किसान पनि आफ्नो आय बढाएर बचेको पैसाले युरोप अमेरिका घुम्न जान सक्ने भय । चिया पसले पनि खाएर बचेको पैसाले पेरिसको इफेल टावर देखी  अम्रिकाको नाग्रीला फल्स र लसभेगस धुम्न जाने भए ।अव स्वीजरलैण्ड भन्दा कैयौ गुणा सुन्दर र बिकास भएको देश नेपाल भनेर बिश्वभरका मान्छेले आफ्नो पाठ्यपुूस्तकमा पढ्न थाले । उता बरदान पाउने गर्भेको छोरा पनि बेलैमा अरव बाट फर्केर आयो र उद्योगधन्दा गर्न थाल्यो । देशको बिचित्र बिकास गराउने गर्भेलाइ सरकारले राष्ट्रको पितासरह दर्जा दियो । उता हराएकी छोरीलाई पनि भारत सरकारलाई खोज्न भनेर नेपाल ल्यायो । गर्भेको नाम बदलियो , मिस्टर जिबी बाबु । जिबीबाबु प्रतेक हप्ता नेपालका कुना कुनामा बिकास के भैरहेको छ जनताको अबस्था कस्तो छ भनेर हेलिकप्टर बाट भ्रमण गर्न थाले । महिनामा एक पटक बिभिन्न देशका राष्ट्रप्रमुखहरुसग भेटघाट गर्न र बिकासका बारेमा जानाकारी दिन बिदेश यात्रामा निस्कन थाले ।  बिश्वका महान महान ब्याक्तित्वहरु नेपाल आउन र जिवीबाबुको बारेमा जान्न खोजे । उनको बारेमा धेरै चर्चा भयो । उनले आफ्नो बास्तबिकता बारे भनेका र गरेका कुरा बारे कसैले फिल्म बनाए कसैले लेख लेखे । एक बरिष्ठ अन्तराष्ट्यि लेखकले ५० भाषामा किताव निकाले । जिबीबाबु आरामले सोफामा बसेर आफ्नो बारेमा बनाइएको फिल्म हेरेर ध्यानमग्न थिए ।
चर्को आवाज आयो । बज्जीया गर्भे, त कान्लामा सुतेको छस ,आज तलाई मार्छु भन्दै पुण्टेमाइलो हातमा लौरो लिएर आयो । गर्भे जरफर गर्दै उठयो र भन्यो के भयो के भयो । पुन्टेमाइलो कराउदै भन्न थाल्यो  हेर त तेरो हल गोरुले मेरो रोप्ने बेलाका बिउ सखाप पार्यो, त भने जोत्न छोडेर कान्लामा सुतेको छस, तलाइ जरिवाना नगराइ काहा छोड्छु र ?   गर्भेले मनमनै सोच्यो कस्तो राम्रो सपना देख्दै थिए यो असती पुन्टेले.............।
जिएस नेपाली

 

No comments:

Post a Comment