Pages

Tuesday, November 1, 2011

                          प्रमको लोकमार्ग र मेरी हजुरआमा

प्रधानमन्त्री बाबुराम भट्टराईले रेडियोमा जनताका उत्तर दिदा भनिरहेको एउटा शब्द लोकमार्गले मलाई मेरो हजुरआमाको याद आयो । म सानै हुदा मामाघर गइन्थ्यो, मामली हजुरआमाले खुवै माया मान्नुहुन्थ्यो । उहा कहिले काही हाम्रो घर पनि आउनुहुन्थ्यो । उहा बितेको पनि दुइ दशक हुनलाग्यो तर पनि उहाका केही कुरा याद छ । उहा कहिल्यै पनि पानी भनेर उच्चारण गर्नुहुदैथ्यो । किनकी हजुरबुवाको नाम पाणी (जस्तै दण्डपाणी) बाट आउने भएकोले पानीलाई सधै जल भन्नुहुन्थ्यो । उहाले बिर्सेर पानी भन्नुहुन्छ कि भनी हामी पटक पटक पानी भन्नु पर्ने कुरा सोधीरहन्थ्यौ तर उहाको उच्चारणमा पानी नै हराएको थियो । यो पति प्रतिको प्रगाढ सम्बन्ध आस्था,सन्मान वा समयानुकुल सामाजिक चलन जे बुझे पनि हुन्छ ।
मेरो आमाले बुबालाई बोलाउदा सिताको बुबा भन्नुहुन्थ्यो किनकी मेरी जेठी दिदीको नाम सिता हो । मेरो बच्चा भैसके पछि मेरी श्रीमतीले मलाई र् बाबा शब्दले बोलाउछिन । अहिलेका मेरा युवकसाथीहरुका श्रीमतीले आफ्नो श्रीमानलाई नाम नै किटेर ए फलाना यता आउ यो ल्याउ भनेको धेरै सुनेको छु । एक सामान्य साथी सहर श्रीमान श्रीमतीको सम्बोधन आदरार्थ शब्द तिमी प्रयोग भए पनि श्रीमान श्रीमतीको मायाप्रेम र सम्बन्ध त उत्तिकै भएको पाइन्छ । यो नेपाली समाजमा समयानुकुल परिर्वतन भएको शब्द र सोच मात्र हो । हिजो मैले कामगर्ने स्टोरमा एक गोरी सुन्दरी काले ब्वाइफ्रेण्डका साथ आएकी थिइ । उ गर्ववती थिइ र साथमा २ बच्चा थिए । एउटा बच्चा पुरै गोरो थियो अर्को मिश्रीत अर्थात गहुगोरो । मलाई अचम्म लाग्दै सोधे यो दुवै बच्चाको बाउ यही हो ? उ मुस्कुराउदै भन्न थाली , कहा हुनु योसग त म एक वर्ष पनि भएको छैन सगै बसेको । मेरो पहिलेको गोरे ब्वाइफ्रेडसग २ वर्ष बिताए फेरी अर्को कालेसग एक वर्ष अहिले यो सग छु । बोल्नमा लाज नमान्ने अमेरिकन समाजमा हुर्केकी उ निर्धक्क भन्दै गइ मलाइ त एउटासग मात्र सधै बसिरहन बोर लाग्छ यसको बच्चा जन्माए पछि अर्कै स्पानिस सग जादैछु । उ सग मेरो राम्रो फेयर चलिरहेको छ । यो मोरो त अली अल्छी छ । नजिकै रहेको गर्वको बच्चाको बाउ मख्ख परेर सुनिरहेको थियो । म भने चकित परे आधुनिक स्वतन्त्रता र श्रीमान श्रीमतीको खुल्लापन देखेर ।
समाज कहाबाट कहा पुगिसक्यो । हाम्रो नेपाली समाजमा आज पनि पतीको खुट्टाको जल अर्थात पानी नखाई केही नखाने पत्नीहरु पनि छन । खुट्टाको पानी खादैमा सम्बन्ध प्रगाढ र बलियो हुने, श्रीमानको नाम लिदैमा पाप लाग्ने भने हैन भन्ने कुरा अवको नेपाली समाज र समयले बुझ्नुपर्ने कुरा हो । त्यसैको फलस्वरुप श्रीमान सम्बोधनमा परिर्वतन भएको होला ।
अव कुरा आयो लोकमार्गको ।
नेपालमा हिजोसम्म राजमार्गमा चल्ने गाडीहरु आजकल लोकमार्गमा कुद्ने भएछन, यो नेपाल र नेपालीको प्रगती मान्नै पर्छ । रेडियोमा जनताले प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजमार्ग  बारेमा सोधेको प्रश्नको उत्तरमा प्रमले लोकमार्ग भनेर उत्तर दिइरहदा २०४६ देखीको याद आयो । पञ्चायतको तानाशाह र निरंकुश ब्यवस्था फ्याक्न लागेका नेपाली दल र जनताले पञ्चायत शब्द त फ्याके शैली फ्याकेनन । उही पञ्चायतका भ्रष्ट पञ्चहरुको नामको शब्द फेरियो सासंद, अनी बहुदल नया नाममा खुल्ला दलका नया पञ्चहरु नेताको नाममा राजनीति गर्न लागे । राजा आफ्नै कुर्चिमा रहे नया जननेताका नाममा नया पञ्च आए ,पारा उही देखाए । राष्ट्रिय पञ्चायत भवनको नाम परिर्वन भयो संसद तर यसमा आउने मान्छे र तिनका काम उस्तै देखे जनताले । आम्दोलन,जनआम्दोलन,जनयुद्ध,र क्रान्ति जे भने पनि आफु र आफ्ना सन्ततीका लागि राम्रो देख्न जनता सहभागी भए । आज संबिधान सभा सम्म आइ पुग्दा नेपाली जनताले धेरै कुराको नाम परिर्वतन भन्दा मुलभूत परिर्वतन महसुस गरेका छैनन । हिजोको श्री ५को सरकारको नाम काटेर नेपाल सरकारबनाएपनि सरकारले जनतालाई दिने सेवामा खासै परिर्वतन भएन । हिजोका  पञ्चायती राजाहरुको सालीक ढालेर आज अर्का आआफ्ना राजाको सालिक राखेर क्रान्तिको गौरव ठानेरहेपनि सालिक वरपरको वातारण भने उस्तै गन्आइरहेको छ । राजमार्गको नाम परिर्वतन गरेर  लोकमार्ग बनाए पनि अंग्रजीमा भनिने हाइवेमा हुनुपर्ने गुण थप्न सकेका छैनौ । पत्रैपत्रा टालेका,े भत्केको सागुरो बाटोमा दुर्घटनाका त्रास मोल्दै यात्रा गर्नु परिरहेको छ । त्यही पञ्चायती सरकारले बनाएको अर्थात राजाको शासनले बनाएको राजमार्गमा बन्द र चक्काजाम झेल्दै यात्रा गरीरहेका यात्रु कुनै परिर्वतन नदेखे पछी  लोकमार्ग भन्न के कर ? राज शब्द सग नै रिस उठेको छ वा पर्रिर्वतन नै गर्नु छ भने तात्वीक परिर्वतन गर , फास्टट्रयाक हैन फास्ट हाइवे सुपरफास्ट बनाउ नाम राख जनता सहर्स स्विकार्छन, लेनीन मार्ग भने पनि माओ वा माक्र्समार्ग वा बाबुराम,बादल,प्रचण्डपथ जे भने पनि  नया कुराको श्रृजना गर बिकास गर नया नाम देउ जे नाम देउ नो टेनसन । युवालाई रोजगारी दिन पार्टी कार्यालय, खोल्ने, कार्यक्रता बढाउने,बन्द, हडताल , चक्का जाम गराउने हैन कि कलकारखाना खोल सिप सिकाउ,दक्ष कामदार बनाउ ।  शब्द र नामको परिर्वतन गर्दैमा केही हुदैन, गिरीजाप्रसाद कोइरालाको नाम परिर्वतन गरि शेरबहादुर, सुर्यबहादुर, लोकेन्द्रबहादुर, माधवकुमार, झलनाथ,पुष्पकमल हुदै बाबुराम सम्म आइपुग्दा जनताले नाममात्र परिर्वतन देखे जस्तो भैरहेको छ । राजा गए तर दिन दिनै नया राजाहरुको हुंकार सुन्नुपरेको छ । अव पनि नाम मात्र परिर्वतन गर्ने भए राज शब्दबाट नै एलर्जी हो भने राजाले गर्ने राजानीति अर्थात राजनीति किन गरिरहने फेरी ।
अहिले जनतामा आशा पलाएको छ, प्रम भट्टराईले गर्दै आएका काम र कुरालाई बिरोधीले पनि सर्मथन गरेकाछन । उनलाई सामान्य जनता देखी सञ्चारमाध्यम र वरिष्ठ नेता सम्मले साथ दिएका छन । यो नेपालको आशा पलायको समय परिस्थिती हो । उनकै पालोमा शान्ति र संबिधानले निकास पाउनेछ भन्ने पनि छ । यो नै पहिलो चरणको परिर्वतन र उपलब्धी हुनेछ । अझ वास्तविक उपलब्धी पाउन अर्थात जनताले राहत महसुस गर्न त आर्थीक क्रान्ति नै गर्नु पर्छ पूर्व पश्चिम रेलमार्ग खुल्नै पर्छ जलबिद्युत र पर्यटनको प्रचुर प्रयोग गर्नैपर्छ । पुर्व देखी पश्चिम र उत्तर देखी दक्षिण सम्मका ब्यवथित र्दुत गतीमा गाडी चल्ने ठुला चाक्ला सडक हुनुपर्छ । नेपालीको वास्तविक लोकर्माग नै यही हुनेछ । जस्ले उपभोग्य बस्तुको मुल्य र उपलब्धतामा समानता हुनसकोस,सहज आवतजावत गर्नसकियोस । भष्ट्रचारको न्युनीकरण देखी कानूनी शासन कायम गर्न र उच्चतम रोजगारीको श्रृजना गर्नसके जनबादी नेपाल भने पनि  समाजबादी नेपाल भनेपनि शब्दमा जनतालाई टाउको दुखाइ छैन । आफैले श्रृजना गर,सुन्दर बनाउ र नाम देउ नो टेन्सन तर अरुको सुन्दर श्रृजनाको सन्मान गर, सक्छौ भने बाबु बन न्वारनको पंडित नबन । 
जीएस नेपाली, नोभेम्बर शुरु २०११ ।
भ।।।

No comments:

Post a Comment