Pages

Sunday, October 30, 2011

शुरुको वर्ष एक साथीलाई मैले लेखेको मेल,अमेरिकामा मेरो वास्तविक अवस्था
साथी नमस्कार,
म आराम छु तथा तपाईहरुको पनि शुस्वास्थ्यको कामना गर्दछु । साथै उत्तरोउत्तर प्रगतीको कामना पनि । म बिदेश लागेको छ महिना काट्यो पक्कै पनि नेपालमा धेरै परिपर्तन भए होलान र साथीहरुको पनि प्रगती र परिवतर्न भयो होला । नेपालमा रहदा  बिदेशमा गएकाले कमाएको देख्दा म पनि बिदेश जाउ जाउ जस्तो लाग्थ्यो टन्न्न कमाएर ल्याउ जस्तो लाग्थ्यो । वास्तबिक यर्थातमा बिदेश निकै कठिन रहेछ । आफन्त हुने,राम्रो् भाषा हुने र सहज बस्नेको त फरक परिस्थिती हुन्छ नै तर हामी कोही केही नहुनेको दुख र दर्द बाहेक केही हुदैन । नेपालमा हुदा सवै भन्दा ठुलो पैसा हो पैसा कमाए पछी भैहाल्छ नि जस्तो लाग्थ्यो  तर हैन रहेछ । मेरो अवस्था बारे आज बताउदै छु ।
म अमेरिकाको न्युयोर्क बाट २ घण्टा बस यात्रा पर्ने ठाउमा काम गर्छु । मैले पंजावी को पेट्रोलपम्प मा गाडीमा तेलहाल्ने काम गर्नुपर्छ । बिहान ६ बजे उठेर चिया खाई ७ बजेबाट काम शुरु हुन्छ ।लगातार १५ घण्टा अर्थात बेलुका १० बजे संम काम गर्छु । १०.३० मा कोठामा आई खाना बनाइखाएर ६ घण्टा सुतेर फेरी उही काम गर्नुपर्छ । यो काम हप्ताको सातै दिन र महीनाको सवै दिन एउटै हो । न त कुनै दिन बिदा छ न त दिनमा एक मिनट आराम । फेरी  दैनीक सरदर ३० हजार लिटर भन्दा बडी पेट्रोल ३ जना नेपालीले हालेर सक्छौ । नेपालमा तेल नपाएर लाईनमा बसेका गाडीलाई हालेझै सधै त्यही चाल हो । बेलुका घर फर्किदा आफ्ना खुट्टा हात आफैलाइ हैनन झौ दुख्छ ।कामको बेला हुने अन्य बाधा अप्ठाराको त कुरा नै नगरौ ।  खुल्ला आकास मुनी बाहीर काम गर्ने हुदा र अमेरिकाको हिउ चिसो तातो सवै खाएर काम गर्दा कैयो पटक आसु आउछन त्यो साध्य छैन । न त बाहीरी संसार सग चिनजान छ न त आफुलाई आराम नै ।
खानेकुरा किन्न पसलमा जान एक घण्टा मोटरमा जानुपर्छ । मोटर का लागि साहुलाई गुर्हानुपर्छ । यहा पव्लीक वस र ट्क्सी पाईदैन । अगाडी हाइवे रोड भए पनि रोड छेउमा पैदल हिडन दिदैन प्रहरीले समाप्छ । महिनामा एक दिन सामान किन्न साहुले गाडी पठाउछ एक महिनाका लागि खाने खर्च किनेर ल्याइए फ्रिजमा राख्ने हो । तरकारीको त अचम्म हुदोरहेछ । एक महिना अगाडी ल्याएको साग पकाउदा बेसार त हाल्न प्रदैन नै नेपालको गुन्द्रुकको पनि झल्को मेटाउछ । सामान बिचमा सकिए भोकै परिन्छ । हामी दुइ दिन बासी पाउरोटी खाएर काम गरेका थियौ । हाम्रा लुगा कपडा धुने समय हुदैन भने किन्ने त परै जाओस । त्यसैले हामी जुम्लाका स्थानिय बासी भन्दा कम छैनौ । कपाल बडेर बाध्नुपरेको छ यो बिश्वको सम्पन्न देश अमेरिकामा बस्नेको यथार्त अवस्था हो ।फोन गर्न कार्ड किन्न न्युयोर्क जानुपर्छ । ४ महिना अगाडी ल्याएका केही कार्ड सकिए मात्र यो नेटले सम्पर्क हुन पाईएको छ । यो पनि धेरै अनुनय बिनय गरेर एक मित्र खैरेको सहयोगले जोडेको हो । नेपालकोखवर र साथीलाई सम्पर्क गर्न पाउनाले केही राहत मिलेको छ अहिले । साथीहरुको ईमेल हेर्न पाउदा भेट नै भए जस्तो लाग्छ तर ईमेल नपठाउदा मलाई बिर्सेकी जस्तो लाग्छ । जे भए पनि इमेल पाईरहु भन्ने आशामा छु ।
 अव कुरा आउछ सवै यस्ता छन त ? त्यो हैन शहरमा बस्ने पहिले आएका र टाठाबाठा यहा पनि मोजमस्ती र रमाइलोमा छन । हप्तामा छुटी पाउछन । तर हामी जस्ता सोझा को यही बिजोग छ तर कसैले बास्वीक कुरा भन्न रुचाउदैनन किनकी बिश्वको सपनाको देशमा आएकोमा गौरव छ ।धेरैले अमेरिका दुख छ त भन्छन दुख भित्र के छ बुझाउदैनन र बुझ्नेले बुझ्न पनि खो्जदैनन।  किन यस्तो मा काम गर्नु परेको त ? अमेरिकामा अहिले काम पाउन निकै गाहे छ गदैगरेको काम छाडे अर्को बिजोग हुन्छ भन्ने डर छ । म दुई महिना काम खोज्ने काम गरेर हल्लेको बिर्सेको छैन , एक साथीको सहयोग ले मलाई यो काम मिलेको हो यदी यही पनि नपाएको भए मेरो अर्को बेजोग हुनेथियो । खल्तीमा पैसा छैन आफन्त छैन अव के गर्ने ।दुख भएपनि काम नपाउदा भन्दा अहिले सजिलो भएको छ । म सग काम खोज्न हिड्ने साथीहरु अझै नपाएको भन्दैछन । यस वर्ष बिद्ेशी बिद्यार्थी को संख्या निकै बडयो । साना तिना सवै काम उनीहरुले गर्नुपर्ने र पढनुपर्ने भएकाले साहुहरु पनि कामदार धेरै पाइने हुदा पेल्छन। केही माग गरे त जा अर्को आउछ भन्छन ्।  त्यसैले सपनाको देश मा आएकोमा गौरव गर्दै जस्तोसुकै काम भएपनि गर्न बाध्य छौ हामी नया नेपाली । जस्को भाषा, आफन्त, केही छैन र सोझोसिधा छ त्यसलाई यस्तो छ याहा ।घरी घरी त म जस्तो सोभाmसिधालाई भगवानले किन जन्म दिएहोलान भन्ने लाग्छ । र अंग्रेजी त्यती सारो नजान्दा आफुलाई गाली गरेपनि थाहा नहुने धेरै घटना बेहोरिसकेको छु । केवल कामको पारिश्रमिक हेरेर नेपालमा ६ महिना वर्ष दिनमा कमाउने यहा एक महिनामा कमाएको छु भनेर चित्त बुझाउने बाहेक बिकल्प छैन ।फेरी घरका ममा आश्रीत परिवारलाई सम्झन्छु र यो श्रमकैदको सजाय भोग्दैछु । यो श्रमकैदबाट केही पैसा मिल्छ त्यही नेपालमा साट्दा धेरै हुने मात्र हो यहाको कमाइ यही राम्रोसग खाने भने एक महीना पुग्दैन । एक दाना स्याउ वा कोक को दुइसय भन्दा वढी पर्छ । बस्ने कोठाको नेपाली एक डेडलाख पर्छ अनी कसरी बाच्ने ? कैयौ पटक किन आए होला भन्ने लाग्छ तर नेपालमा निकै प्रयास गर्दा पनि केही गर्न सकिएन यो गर्यो त्यो गर्यो बाच्न परिवार समयानुकुल बचाउन चलाउन धौ धौ भयो । लाहुरे दाइको महल र छिमेकीको रेमिटान्सको फुर्ती देखेर जर्ती उठ्यो । अनी देशको राजनैतिक वातावरणले पनि दुखित बनायो, बलबुद्धी लगाएर बिदेश पसियो । यो मेरो मात्र हैन सवै बिदेश पस्ने नेपालीको पिडा हो । देशमा राम्रो वातावरण भए धेरै नेपाली फर्किन्छन किनकी आफन्त त त्यही छन र आफ्ने भुुमी त्यही छ । यस्तै छ मेरो हाल खवर धेरै लेख्ने रहर हुदा पनि समय छैन त्यसैले बिदामाग्नु अगाडी साथीहरुको नियमित इमेलको प्रतिक्षामा रहीरहेको जानाकारी गराउछु । यो तितो यथार्त अमेरिका आउनेले मात्र बुझ्छ । म साथीहरुको मनबाट टाढा छैन मन मस्तिक नै नेपालमा छ यहा शरिरमात्र छ । मलाइ चिन्ने बुझ्ने र सहयोग गर्ने तपाइसाथीहरुलाई  मैले गर्नसक्ने र गर्नुपर्ने सहयोग छ भने अवस्य भविष्यमा गरौला । अहिले मेरो अवस्था त्यती राम्े छैन संघर्षको चरणमा छु मलाई हजुरहरुको सम्झना नै काफी छ इमेल पाईरहु । धन्यबाद ।
 जिएस नेपाली , अमेरिका २४ मार्च २००९
(अहिले यो अवस्थामा धेरै परिर्वतन आइसकेको छ राम्रो नराम्रो मिश्रीत छ । )

No comments:

Post a Comment