Pages

Tuesday, August 16, 2011

लेकको कोशेली Tusa

लेकको कोशेली

                आलु र टुसाको तरकारी कस्लाई पो मिठो नहोला र ? पोखरेली सवैलाई टुसा मन र्पछ । उनीहरु तरकारी बजार गएको बेला पहिलो रोजाई टुसा नै हुन्छ । वर्षा याममा पोखरेली भान्छामा धेरै टुसा पाक्छ । पोखरेलीले टुसालाई कोशेलीको रुपमा आफन्त भएका काठमाण्डौ र नेपालका अन्य शहरमा समेत पुर्‍याउछन । पोखरा घुम्न आउनेले पनि आखाँमा हिमाल,ताल र अनेकौ सुन्दर दृष्य त लिएर जान्छन नै । तर फर्किने बेला कोशेलीे रुपमा यिनै टुसा बोक्छन र साथमा हिमाल तालका दृष्यको फोटो पनि ।


पुरुन्चौर घर भै पोखराको मुख्य चोकमा टुसा ब्यापार गर्दै आएकी  चुनमाया बास्तोला भन्छिन यो टुसा त नेपालमा मात्र हैन युके(बेलायत) लैजाने भनेर पनि लगेका छन ।  ५ वर्ष देखी टुसाको ब्यापार गर्दै आएकी चुनमायाको अनुभवमा पोखराबाट काठमाण्डौ धेरै  टुसा कोशेलीको रुपमा लाने गरिएको छ । अनेत्र पाईने टुसा भन्दा पोखरेली टुसा मोटा र मिठा हुनेगर्छन ।  वर्षा यामको त पोखराको प्रमुख कोशेली नै टुसा हो । यसैले यहाका हरेक चोक र तरकारी पसलमा टुसामात्र देखिन्छ । प्रसस्त भिटामिन पाईने टुसाको आफ्नै कथा ब्यथा छ ।

      टुसा निगालोको मुना हो । यो हुर्केर नै बयस्क निगालो बन्छ । निगालो बाट ग्रामिण परिवेशमा अत्यावश्यक मानिने डोको नाम्लो भकारी थुन्से मान्द्रो आदी उपभोग्य बस्तु बन्छ । मिठो तरकारी बन्ने टुसा मालुङे निगालोको हो । यस्ता टुसा उच्च पहाडी भेक अर्थात हिमालको फेदीका निगालेघारीमा मात्र पाईन्छ । कुमारी माछापुच्छ्रेको फेदीका गा.बि.स. माछापुच्छ्रे, सार्दिखोला,घाचोक, ल्वाङघलेल र अर्मलाका लेकाली जंगलबाट टुसा पोखरा भित्राईन्छ । यिनै लेकको आडैमा बस्ने गाउले किसानले जेठ देखी भदौ सम्म टुसाभाच्ने बेच्ने गरेर नगद पैसा कमाउछन । उनीहरु बेसीमा र्झाछन त्यहीबाट बिचका ब्यापारीले खरिद गर्छन । उनीहरुले बजारमा बस्ने ब्यापारीलाई बेच्छन । यसरी उपभोत्ताका लागि प्रतिमुठा २०—२५ रुपया पर्ने टुसाको मुल्य टुसा भाच्ने लेकाली किसानहरुले भने आधा पनि पाउदैनन् ।  तर पनि आर्थिक अवस्था कमजोर भएकै कारण टुसा नियन्त्रण हुनपर्नेमा उनीहरुको सहमती छैन । ल्वाङघलेल निवासी सन्तबहादुर तामाङ भन्छन बिकटलेकमा निगाला सुकेर खेर गैरहेका छन । तिनको उपयोग छैन । आजकल त लेकका गोठ समेत प्लास्टीकले छाएका छन । भैसीबाध्ने दाम्ला देखी भारीबोक्ने नाम्ला सम्म प्लास्टीककै  छन । सुकेर सिठा बनि खेर जाने निगालोको टुसा बिक्रि गर्नु हाम्रो पाप हैन र बन बिनास पनि हैन ।  बास्तवमा टुसा संरक्षित बन्य पैदावार हो । यसको नियन्त्रण र संरक्षणका लागि बिभिन्न ऐन नियम बनेका छन । उता बन्य जन्तु तथा बनस्पती संरक्षणमा लागेका सरकारी  तथा गैर सरकारी निकाय यसलाई चोरी निकासी भनि रोक्न प्रयत्न गरेझै गर्छन । यसै अन्तरगतको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापले केही बर्ष अगाडी सम्म टुसा नियन्त्रणमा निकै सफलता हासिल गरेको थियो । तर हालको अवस्थामा सुरक्षाका कारण एक्यापका कार्यलय गाउँमा छैनन र यसबाट बनेका समिति पनि त्यती प्रभाबकारी बन्न सकेका छैनन् ।त्यसैले यसरी केही बर्ष यता पोखराको बजारमा खुल्ला रुपमा प्रसस्त टुसा आईरहेको भन्छन् एक्याप पोखराका प्रमुख रोशन सेरचन । उनी भन्छन् टुसालाई वर्तमान परिवेशमा पूर्ण नियन्त्रण गर्न गाह्रो छ । यसको उचित ब्यावस्थापन हुनु अपरिहार्य छ । अव टुसालाई त्यहीका जनताले कसरी नियन्त्रण गर्ने र उपयोग गर्ने भनेर सल्लाह गर्नु पर्ने दिन आएको छ ।
      जम्मा २ लाख १७ सय हेक्टर क्षेत्रफल रहेको कास्की जिल्लामा ८९ हजार ९ सय ४३ हेक्टर बन क्षेत्रले ढाकेको छ । यसै बनक्षेत्र मध्य ४८ हजार १६० हेक्टर बन क्षेत्र एक्याप अन्तरगत पर्दछ । यिनै उच्च पहाडी बन क्षेत्रबाट दिनहु टुसा पोखरा हुदै बिभिन्न ठाउँ र भान्छा भान्छामा पुग्दछ । यसको फाईदा बिकट लेकका निगालाघारीका जुका र भौगोलिक बिषमता बेहोरेका लेकाली किसान देखी बजारिया ब्यापारी समेतले खाएका छन । उता टुसाको स्वाद हरेक टुसा पारखीले पाईरहेका छन । खास गरि साउने सक्रान्ति, जनैपुर्णिमा र तिजमा यसको बिक्री अत्याधिक हुन्छ ।। राज्यका सुरक्षानिकाय देखी बिद्रोही समेतले बेला बेलामा टुसा नियन्त्रण गर्न खोजे पनि चोरी निकासी बढ्दो छ । नेपालका पाचँ तारे होटलमा अहिले पनि बिदेश बाट प्याकेटिङ टुसा ल्याईन्छ । हाम्रै टुसालाई ब्यवस्थित गर्न सके गाउले देखी शहरिया सम्मलाई फाईदा पुग्थ्यो । टुसा पारखीले पनि ढुक्कले स्वाद चाख्न पाउथे । पोखराको कोशेली ताल, हिमाल र प्राकृतिक सौर्दय मात्र हैन लेकको टुसा पनि हो भन्न पाईन्थ्यो ।

No comments:

Post a Comment