Pages

Tuesday, August 16, 2011

पामेका माछा

पामेका माछा
शहरको कोलाहलबाट केही पर । शान्त ठाउँ,गाउँले बजार । नजिकै हर्पन खोलो । बिदाको दिन होस वा फुर्सतिलो क्षण । पोखरेली युवा युवती देखी घरबारे सम्मका निकै जाने ठाउँ हो पामे । फेवातालको किनारैकिनार आधा पिच र आधा ग्रावेल गरेको आठ कि.मि. बाटो । खहरेबाट ताल हेर्दै करिव आधा घण्टा बाटो काटेपछी पामेबजार आईहाल्छ ।


तालको मुख्य श्रोत हर्पनखोला त्यतैबाट बगेर तालमा मिसिन्छ । खोलाको चिसो पानीमा पाईने स्वादिष्ट माछाका लागि प्रख्यात छ पामे ।  यहा माछा पकाएर  बेच्ने मात्र ७—८ वटा सामान्य रेस्टुरेन्ट छन । उनीहरु कहिलेकाहि त दिनमा नै तिन चार हजार सम्मको ब्यापार गर्छन् । पाचँ सय त कुनै दिन घट्दैन, ब्यापारी दुर्गा सुवेदी भन्छिन् मैले माछा पकाएर नै आठ छोराछोरी पालेकी छु । पामे फेवातालको सिरान ।  वर्षा याममा तालका धेरै माछा खोलातिर उक्लिन्छन । वर्षामा कत्ले, सहर,बाम,फगेटा पाईन्छ भने हिउदमा चुच्चेबाम,फगेटा,रेवा,भोटी,आदी ।
पोखरा बैदाम निवासी हरि शर्मा बिदाको दिनमा प्राय पामे पुग्छन । तालको किनारै किनार प्रकृतीको सौन्दर्यता । शान्त गाउँले वातावरण र आथित्यको ब्यापार । धेरै जडिबुटी खाएर चिसो पानीमा हुर्केका माछा । त्यसमा पनि दुर्लभ र स्वदिस्ट मानिने सहरमाछा यही पाईने भएकाले म धेरैजसो बिदाका दिन पामे तिरै बिताउछु । हरि शर्मा भन्छन कहिलेकाहि त परिवार समेत आउछौ । म भन्दा छोराछोरी औधी खुसी हुन्छन् । यातायातले सुगम  । दुरीले बजारबाट नजिक  । शान्त प्रकृतीले भरिपुर्ण फेवातालको सिरमा पुगेर सुस्ताउन पोखराका कैयौ युवायुवती मोटरसाईकलमा पामे पुग्छन । एकान्तमा मनका कुरा साट्छन । माया र प्रेमको डोरी बाट्छन् । स्वादिष्ट माछा चाख्छन र सुमधुर मिलनका क्षण काट्छन् । गोमन गरुङ आफ्नी प्रेमिका कल्पनालाई बाईकमा बोकेर प्राय उतै हानिन्छन् । उनी भन्छन यता हेर्नलाई पनि रमाईलो खानलाई पनि मिठो माछा पाईने । यकान्त भएकाले कसैले दखेर केहि भन्छ की भन्ने डर पनि नलाग्ने त्यसैले नै  यता आउछौ ।
 कास्कीकोट — ६ का डोलराज सुबेदी दश वर्ष  अघि मामे झरे । उनले घरबाट हातमुख बाहेक केही ल्याएनन् । शुरुमा अर्कैको घरमा सामान्य चिया पसल गरे । माछा पकाए । कमाई बढ्दै गयो । श्रीमती रिता सुबेदीले माछा पकाउनमा औधी सहयोग गरिन । अहिले पामेबजारमा  आफ्नै घरमा रेष्टुरेन्ट राखेर माछा बेचिरहेका छन । ती जोडी भन्छन् जहान बच्चा पालेर दश वर्षमा  पन्ध्र लाख बराबरको घरजग्गा त जोडियो । अरवै गएको भएपनि यती त कहा जोरिन्थ्यो र ? यहा त श्रीमान श्रीमती सगै बस्न पनि पाईयो । बैदामेलाई गोरा नआएर ब्यापार घटेको भएपनि हामीकहा नेपाली नै आउने भएकाले ब्यापार मन्दी बारे थाहा छैन ।
नेपालीले आफ्नै परिकार चिनेका छैनन् । माछाका जात जस्तै परिकार पनि धेरै छन । थरीथरीका परिकार बनाउन नजानेर नै फेवातालका माछा खेर गएका छन भन्छन अर्का रेस्टुरेन्ट ब्यापारी राजु नेपाल । काठमाण्डौको सोल्टी होटलमा ७ वर्ष कुक काम गरेका उनी  हंककङ र सिगांपुरमा पनि केही वर्ष कुक नै भए । बिगत १० वर्ष देखी पोखराको फिस्टेल लजमा उनी कुक काम नै गर्दै आएका छन । दुई वर्ष अगाडी पामे जाने बाटो खपौदीमा तेह्रलाख खर्चेर जग्गा किनी घर बनाए । त्यही उनले पनि माछाका दशथरी परिकार पाईने दुना टपरी रेस्टुरेन्ट खोलेका छन । फेवातालको किनारमा नेपाली घर । सालको पात गासेँर बनाएको दुना र टपरी । नेपाली परम्परागत चुृलोमा पकाएका फेवातालका ताजा माछा । उही गाउले सैलीको बार्तलीमा तालको हावा सगैे माछाका अनेक परिकार । पोखराका त फर्की फर्की आईहाल्छन अनेत्रका पनि पामेका माछा सम्झिरहन्छन । राजु भन्छन मैले यहा माछाका बिभिन्न थरि परिकार हुन्छन भनेर सवैलाई थाहा दिएको मात्र हु । नेपाली खाना बनाएर नै उनले धेरै पैसा लिएका छन । उनी सिटिईभिटीमा पनि नेपाली खानाका बारेमा प्रयोगात्मक शिक्षणमा जान्छन् । उनी भन्छन पोखरामा केवल नेपाली भान्छाका रेस्टुरेन्ट छैनन् । त्यसैले यो दुना टपरीमा खाने, बस्ने देखी पकाउने सम्मको सवै नेपाली शैलीमा पाईन्छ । कती बिदेशी त यो टपरी किनेर समेत लैजान्छन् । उनकी श्रीमती मुनाले पनि यो रेष्टुरेन्ट चलाए पछी सवै परिकार बनाउन जानिन् ।   दुना टपरी रेष्टुरेन्ट खोज्दै नेपाली धेरै आउने भएकाले ६ जना स्टाप र  भएको लगानीको ब्याज तिर्न सजिलै पुगेको छ । पर्यटन ब्यावसाय खस्किदै गएको अवस्थामा पनि यहाको ब्यापार उकालो लाग्दो छ । उनी भन्छन पर्यटक नेपाल आउनुको उदेस्य प्राकृतिक ताल, हिमाल मात्र हेर्न हैन यहाको परम्परागत सस्कृती,चालचलन र  खानेकुरा बारे चाल पाउनु पनि हो । बट्टाको बिदेशी माछा ख्वाएर बढी डरर त झारिएला । तर दिगो हुदैन । गाम्ले घरपरिवेशमा फेवातालको माछाका बिभिन्न परिकार बनाएर तालका किनारमा नै पस्कन सके स्वदेशी बिदेशी आईरहन्छन् ।
उता पोखरा क्षेत्रमा माछाको बिकास गर्न मत्स्य बिकास पनि कस्सिएको छ । फेवाताल किनारमा बस्ने तीनसय जलारीले तालमा केजकल्चर बनाई सामुदायिक माछा पालन गरिरहेका छन ।  स्याम जलारी,बुद्धिबहादुर जलारी, सन्तबहादुर जलारी जस्ता उनीहरु खोला तिर पनि जाल र बल्छी लिएर जान्छन । खोलाका माछा मिठा हुनाले बिक्रि राम्रो हुन्छ । यसरी ताल किनारमा बस्ने जलारी दिनदिनै माछा मारेर नै परिवार पालिरहेका छन । मत्स्य बिकासका हाकिम टेक बहादुर गुरुङको भनाईमा पोखरामा माछा उत्पादन पनि धेरै हुन्छ र बजार पनि प्रसस्त छ । तर पनि चाहेजती उत्पादन गर्न नसक्दा बाहिर बाट माछा आईरहेको छ । पोखरामा दैनिक सरदर पन्ध्र सय किलो माछा खपत हुन्छ । कृषी शाखाको तथ्याङ अनुसार हिउदमा त यहीको माछाले पुग्छ तर गर्मीमा भने २५ प्रतिशत तराई तथा भारतबाट ल्याईन्छ । धेरै ताल तलैया र खोला भएको पोखरामा  सेती नदिको जस्तो चिसो पानी र जमेको ताल तथा पोखरीको तातो  पानीमा हुर्कने थरिथरीका माछा पाईन्छ । गुरुङ भन्छन्— चिसो र वगेको पानी खाएका माछा स्वादिला र तागतिला हुृन्छन् । त्यसैले पामेका माछा पोखरामा प्रख्यात छन । यिनै माछाले पनि पोखरा चिनाउन सक्नुपर्छ  । यो पोखरेलीको लागि असल चुनौती हो ।                        समाप्त

No comments:

Post a Comment