Pages

Friday, August 19, 2011



खानीगाउ र संबिधानसभा
एक दशक अगाडीको कुरा हो, युएनडिपिको खर्चमा सञ्चालित एक गरिवीनिवारण कार्यक्रम गाउ गाउमा चल्दै थियो । गाउका जनतालाइ सामूहिक बिकासबारे सिकाएर समूह, बचत,सिप र योजना मार्फत उनीहरुलाइ नै सहभागी बनाएर ग्रामिण बिकासगर्ने कार्यक्रमको लक्ष्य थियो । धेरै गाउमा यस्ता कार्यक्रम गरी सकिएको थियो ।
यसैक्रममा सत प्रतिसत दलित अर्थात बिश्वकर्माहरुको वस्ती रहेको दुर्गम र चारै तिर घनाजंगल बिचको सय घरधुरीको खानीगाउमा कार्यक्रम गर्नुथियो ।
गाउलेलाई यो मिति र समयमा जम्मा हुन भनि गाबिस मार्फत पत्रचार गरिएको थियो । मैले मेरो साथीका लागि पल्लोगाउका स्थानिय वडा अध्यक्ष बुद्धीबहादुरलाइ लगेको थिए । म पहिलो पटक त्यो गाउमा पुग्दै थिए कार्यक्रम कस्तो हुनेहो मनमा कौतुहलता थियो । बुद्धिबहादुरले बाटोमा मलाई निकै डराइदिएका थिए । उनी भन्दै थिए खानीगाउका मान्छे त निकै अप्ठारा छन आफु आफु मिल्दैनन र अरुको कुरा पनि सुन्दैनन । अझ दोष लगाउछन सके नया मान्छेसग त झगडा मात्र हैन पिटेर पनि पठाउछन । उनको यो कुराले म डराएको थिइन किनकी यस्ता धेरै नमिलेका र आपसमा बिश्वास नगर्ने बस्ती,गाउमा मैले सफलतापूवर्क काम गरिसकेको थिए । हामी १ घण्टाको घना जंगल छिचोल्दै भेला हुने समय ठिक बिहान ९ बजे खानीगाउ पुगियो । गाउ सुनसान थियो । भेला हुने स्थान पनि सुनसान थियो । नजिकैको एक घरमा केही युवा जुवातास खेल्दै थिए । उनीहरुलाइ सवैगाउलेलाई भेलाहुन भन्न लगाइयो । उनीहरु त्यही बाट उपल्लो गाउ तल्लो गाउ सुनिनेगरी चर्को कराएर सवै छिटै उपस्थित हुन भने । करिव २ घण्टाको कुराइ पछि धेरै मान्छे भेला भए । मैले सवैलाई नमस्कार गर्दै कार्यक्रमको उदेश्यबारे कुरा राख्न थाले । यो कार्यक्रमको उदेश्य गरिवीनिवारण गर्ने हो त्यसको माध्यम तपाइहरु नै हो । केवल एक जना हैन समूह बनाएर आर्थिक परिचालन,सिपमूलक तालिम दिनुको साथै बिभिन्न योजना मार्फत हरेक परिवार र गाउको बिकास गर्ने हो भन्दै थिए । यसैबिचमा अन्दाजी ५० वर्षका एक स्थानिय समाजसेवी उठेर निकै रन्कीदै बोले । म यहाको मुखिया हु मलाइ सभापती नबनाइ किन कार्यक्रम अगाडी बढाइयो ? उनको कुरामा केही युवा हो सही थापे । हाम्रो यो अनौपचारिक कार्यक्रम भएको भन्ने कुरा सम्झाउन मलाइ निकै समय लाग्यो । प्रश्नका प्रश्न पछी धेरै थरीका उत्तरले केही सम्झाएर अव मुख्य काम समूह बनाउने र समूहबाट हुने फाइदा तथा समूहले गर्ने काम कारबाहीबारे जानाकारी दिनु थियो । हाम्रो कार्यक्रमको आधारभूत सिद्धान्तमा समूहमा अनिबार्य महिलाको सन्मानजनक सहभागिता हुनै पर्ने थियो । समूहमा को को बस्ने भन्ने कुरामा नै निकै बिबाद हुन लाग्यो । कोहीले भने उपल्ला गाउले राख्न हुदैन कोही भने तल्ला गाउले फटाहा छन । कोही भन्छन म बस्छु कोही भन्छन त घुस्याहा छस । यसै बिच मैले हाम्रो कार्यक्रम अनुसार केही महिला पनि अध्यक्ष वा सचिवमा रहनै पर्ने सुनाए । एक जना निकै तातीए र भने महिला समूहमा राखेर के गर्छन र ? उनीहरु पोइल जान सक्छन फेरी उनीहरु बोल्न पनि सक्दैनन । त्यतीकैमा एक अधबैसे महिला उठिन र भनिन म बस्छु समूहमा यी पुरुषलाइ तह लगाउछु । अर्को उठेर तिखो वाक्यमा उस्को ठाडै बिरोध गरयो । एक आपसमा बाझा बाझ गर्न थाले । पोहरसाल दशैमा मासुखाएको पैसा नतिरेको कुरा आए अनी तैले अषाढमा मेरो बारीको घास चोरेको कुरा गर्न थाले । एक आपसमा निकै गाली दोष र क्षुद्र भाषा प्रयोग हुन थाले । मेरो साथी बुद्धिबहादुर र म निकै करायौ हाम्रो बोली सुन्ने त्यहा कोही थिएन । मैले निकै चर्को कराएर सवैलाइ चुप हुन भने र हामी तपाइ सवैको हितका लागि आएको हो तपाइहरुनै नमिले हामी जान्छौ भने । केही युवाले कुरा माने । उनीहरुको सहयोगमा स्थिती केही सामान्य भयो । अव समूह निमार्णमा कस्लाइ छान्ने भन्ने कुरा फेरी आयो । उनीहरुले पुरुषका नाम भन्दै गए । कोही महिलाको नाम नआएपछी मैले समाजको बिकासमा महिला सहभागिता बारे र समूहमा अनिवार्य महिला हुनुपर्ने बताए । हामीकोमा कोही महिला छैनन समूहमा बस्नेखाले भन्दै थिए मैले भने पहिला म बस्छु भन्ने महिलालाई देखाएर उहा जस्ता अरु पनि खोज्नुहोस । त्यसपछी एक बृद्ध उठेर मलाइ जथानाम गाली गर्न थाले । हाम्रा छोरीबुहारी बिगार्न दिदैनौ बरु यो समूह चाइदैन भन्दै अरुले पनि हो मा हो थपे । तिम्रा कुरा हाम्लाइ मतलव छैन भन्दै मलाइ चोर औलो देखाएर उनी रन्किदै भने धेरै चलाख नबन मेरी छोरीको बात लगाइ दिउला, अहिले नै गएर चौकीमा उजुर गरीदिउला मैले उनको कुरा त्यती बुझिन मेरो त्यहा कुनै गल्ती थिएन । उनीहरु एक आपसमा झगडा गर्न लागे साझ पर्न लाग्यो कार्यक्रम असफल भए पछी हामी फक्यौ । बाटोमा आउदा मेरो साथी बुद्धिबहादुर भन्दै थिए मेरी छोरीको बात लगाइदिउला भन्ने धम्की नयामान्छेलाई आफ्नो बसमा पार्ने चाला हो र कतिलाई यसरी नै दुख दिने पनि गरेका छन । त्यो गाउमा नया मान्छे कोही जानै चाहदैनन र नया मान्छे गाउले चाहदैनन । त्यसैले त आज त्यतीका सय घर धुरी भएको गाउमा १ जना पनि एसएलसी पास छैनन । गाउले बिच मेल छैन त्यसैले गाउमा पानी छैन बिजुली छैन बिद्यालय छैन अर्थात कुनै बिकास छैन । बिकास जान पनि सक्दैन र भएका र गएका बिकास पनि अस्तब्यस्त नै रहन्छ । वास्तवमा प्राकृतिक श्रोतले भरिपूर्ण यो गाउ सक्षम नेता नपाएर रुलमलिएको छ ।
आज म बिदेशमा भएपनि नेपालको अवस्था, संबिधानसभा र तिनका सभासद बारेका समाचार दिनहु हेरिरहन्छु । एक दशक अघीको त्यो घटना र बुद्धिबहादुरका भनाइ सम्झिरहन्छु । लाग्छ मेरो नेपाल र खानीगाउ उस्तै उस्तै हुन । धन्यबाद ।

No comments:

Post a Comment