Pages

Saturday, August 20, 2011

हराउदा Harauda

 हराउदा भेटिए हराएका साथी
करिव २५ वर्ष अगाडीको कुरा हो, म हाईस्कुल पढ्ने बेलामा खुबै मिल्ने चार पाच जना साथी थियौ । कुनै पनि बिषयमा गम्भिर बहस गथ्र्यौ जुनकुरा प्राय भविष्यका बारेमा हुन्थे ।त्यही मध्यका मेरा एक साथी अत्यन्त तिक्ष्ण बुद्धीका कल्पनाशिल र मेहनती थिए । उनले सधै हामीसग कम्युनका कुरा गर्थे , दार्शनिक प्लेटो देखी माक्ससम्मका कुरा जोडेर यो समाजलाई हामी रुपान्तरण गर्न सक्छौ भन्थे ।
हामी कसैले ओठ लेप्राउथ्यौ भने कसैले गाह्रो हुने कुरामा बहस गथ्यौ ।
तपाई हामी जस्ता युवा मिलेर एक समाजको श्रृजना गरौ त्यो समाजमा चाहिने शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार हामी आफै खडा गरौ ,स्वाभलम्भि र स्वारोजगारी बनौ त्यो हाम्रो आदर्श समाज कोही कसैको आशा भरोसा बिना बाच्न सक्छ यसरी नै यो देशको उन्नती हुन्छ भन्थे । उनले यसो भन्दा मैले उनको कुरामा बहस गर्दै तपाई पारिवारीक भैसकेपछी त्यो आर्दश समाज भन्दा आफ्नो आदर्श परिवार बनाउन तिर लाग्नु हुन्छ सवैको यही चालाले समाज, देश नै भुल्न थालिन्छ भन्थे । उनी कसम खान्थे बाजी ठोक्थे र जिद्धी गर्थे म बाट यस्तो कदापी हुने छैन । हामी स्कुल सकेर बेग्लाबेग्लै कलेज तिर लाग्यो भेट पातलिदै गयो । पञ्चायती शासनको बिगबिगी थियो, कलेज राजनीति खुवै चल्थ्यो । तत्कालै पञ्चायत ढल्यो बहुदल आयो मेरा साथीले पनि धेरै कुरा सिकेछन बहुदल पछिको आमचुनावमा गाउमा भेट भयो उनको आर्दश समाजको कल्पना अझ झागिदै गएको पाए । उनी गाउ नै परिर्वतन गर्न सकिन्छ भन्ने बृहत आकारमा गएको र खारिएको समाजबादी पथपर्दशक भएको ठाने । 
त्यसपछी लामो समय खासै हाम्रो भेट भएन उनी पढाई सकेर जागिरमा अर्कै जिल्लातिर लागे म पेटपाल्ने पेशा तिर लागे । करिव ५वर्ष अगाडी उनी डिभि परेर सपरिवार अमेरिका गए भन्ने सुनेको थिए तर कुनै चिठी वा मेल भएको थिएन फ ोन सम्पर्क ता कुरा छाड्यौ । देशमा द्धन्द्ध चर्केको बेला उधो लागेको अर्थतन्त्रमा पनि पेट पाल्ने पेशा गरेकोले फुर्सद नै भएन साथी सम्झने । पतीपत्नी पेटमा पेटी र पटुकी कसेर काम गर्दा पनि पेट पाल्न गाह्रो हुदै गएपछी र देशको तरल राजनीतिले रुवाउनथाले पछी म पनि अचानक हराएर अमेरिका आईपुगे । बिरानो देशमा बिपत पर्न थाले पछी बिर्सिन थालिसकेको साथीको याद आयो । सम्पर्क भो सपरिवारको समाचार साटासाट भो । अनी थाहा भो उहा त आफ्नो परिवार पाल्नमा नै ब्यस्त हुनुहुदो रहेछ । अमेरिकी कानुनमा बच्चा बयस्क नभइ छोडन पाइदोरहेनछ । श्रीमान श्रीमती पालो गरेर काम गर्ने र बच्चाहरु हेरेर घरमा बस्ने मै समय जाने रहेछ । अझै यो क्रम १० देखी १२ वर्ष हुने कुरा गर्दा मलाई त जेलमा परे जस्तो लाग्यो । नेपाल कहिले जानुहुन्छ भनि सोध्दा अव बच्चा हुर्केपछी अर्थात १० वर्ष पछी केही दिनका लागि जानुपर्ला । नेपालको बिग्रदो अवस्था देखेर किन जाने नेपाल जस्तो लाग्छ तर अहिले त जान मन भए पनि समय नै मिल्दैन भने । अनी सम्झे उनले आज भन्दा २५ वर्ष अगाडी गरेका आर्दश समाजका कुरा । के यही त उनले सोचेको कम्युन ? आखिर किन यस्ता आटिला जागरिला र हिम्मतिला मान्छेले देशप्रेमको देह त्यागे त ? प्रश्न आफैमा उत्तर आफैमा किनकी मलाई पनि त देश समाज र परिवारको माया उत्तिकै थियो मैले त परिवार नै छाडेर अम्म्रिकामा हराएको छु किन ? उत्तर मन भरी र गहभरी भएपनि राम्रो शब्द नपाएर सुतेको मलाई कुनै समयको एक पत्रिकामा छापिएको घतलाग्दो लेख अचानक भेटाए र त्यसैले उठायो । अमेरिका बस्ने नेपालीलाई लय संग्रौलाले लेखेको त्यो खुल्ला चिठी आखा रसीलो पार्दै पढे ।
“ देश कसैले रहरले छाड्दैन,तपाईहरुले पनि देश रहरले छोडेर अमेरिका जानुभएको पक्कै होइन । देश त्यतिखेर छाडिन्छ जव देशले बाच्ने आधार दिन सक्दैन, देश त्यती खेर छाडिन्छ जव राज्यले नागरिकहरुको मानहानी भएको अवस्थामा त्यसको रक्षा गर्न सक्दैन, देश त्यतीखेर छाडिन्छ शिक्षा,स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत विषयमा राज्य लाचार बन्दछ र देश त्यतीखेर छाडिन्छ जव राष्ट्रमा राजनीति हावी हुनुका कारण बिश्वासहरु,श्रष्टाहरु त्यसको चपेटामा परेर जन्मलाई धिक्कार्न पर्ने अवस्था श्रृजना हुन थाल्दछ । सम्भवत यस्तै यस्तै अनेकौ कारणबस तपाईहरुले देश छोडेको हुनपर्दछ । समस्टीमा भन्नु पर्दा जव राष्ट् असुरक्षित बन्दैजान्छ नागरिकहरुको भविष्य धमिलिन थाल्छ र राजनीति गर्नेहरुलाई राजनीतिक नशाले लट्ठ पार्छ तव निरिह जनताहरु देश छोड्ने मानसिकतामा पुग्दछन, यो बाध्यता हो ।” ”
देवी,चेतना,क्याटमाण्डू जस्ता अत्यन्त लोकप्रिय टेलिश्रृङ ्खला तयार पारेर सामाजिक चेतना फैलाउने बरिष्ठ कलाकारको यि भनाई पक्कै त्यसै आएका छैनन । सफल देश र असल नेपालीसमाजका सच्चा रुपान्तरक लय आफ्ना अरु शब्दमा भनेका छन – “
मानवअभिकारकर्मीको नाममा देश डुब्दैछ, अग्रगमनको नाममा देश बग्दैछ, समावेशीको नाममा देश खिईदैछ, गणतन्त्रको नाममा देश टुक्रिदैछ, पहाडे,मधेशीको नाममा देश चिरिदैछ र जनजातीको नाममा देश सागुरिदैछ । कसैको इच्छा बिरुद्ध बिचार ब्यक्त गऱ्योभने आत्मसम्मानमा चोट पुग्नेगरी बिशेषणहरुको विभूषित हुइन्छ ।”
त्यसैले होला नेपालका कलाकार नेपालमा नै कला छाडेर बिदेशमा रेस्टुरेन्टका परिकार पस्कदैमा ब्यस्त रहेछन । नेपालका बरिष्ठ कर्मचारी नेपालमा नै चाकरी छाडेर यहा अटुट कर्म गरिरहेका रहेछन । ट्रेन स्टेसनमा भेटभएका नेपालका प्रख्यात खेलाडी खेल बिर्सेर गाडी धुलाईको काम गर्दारहेछन । नेपालका पत्रकारहरु पनि स्वदेशमा नै पत्र छाडेर यहा बिभिन्न परिकारका खाना बेच्न शहरमा साइकल गुडाई रहेका देखे । अहिले त उद्योगको भग्नावशेष कुन दलका कार्यकर्तालाई सुम्पेर नेपालका उद्योगपती पनि पतीपत्नीमात्र यतै बसेको देखे । यस्तै अनेको साथीहरु भेट्टाए मैले यहा । धन्यबाद संग्रौलाजी तपाईको शब्दले मेरो मनको भावलाई थोरै भएपनि शब्दमा बताउन मद्धत गऱ्यो ।तपाईको चिठठी पनि मेरो मन बुझाउने एक साथी बनेको छ । म र मेरा साथी जस्ता लाखौ नेपालीले मन दुखाएर, पिर लुकाएर बिदेशमा बसेका छौ । पक्का पनि नेपालमा रहने केहीले बिदेश पलायन भएका वा आफ्नालागि मात्र बाचेका जस्ता आरोप लगाउलान तर पनि जिम्मेवार देशको नागरिक, समाजको सहायक र परिवारको पालक भएपछी बाच्ने उपायको उपचारका लागि देश छाड्नु पर्दोरहेछ । गुड लगाएको रुख सुक्दै गएपछी, अरु चरा पनि उड्दै जान थालेपछी अझ रुखका जरा काट्दै फेद तर्फ दाउरेको बन्चरोको दागपरे पछी डरले म बबुरो चरी बाच्ने आशाले केही दिनका लागि पल्लो रुखमा सरेको हु । अझ यि हरेक सामान्य नागरिकले भन्ने शब्दले हामीले किन देश छाड्यौ भन्ने प्रश्नको उत्तर मैले पाएको छु ।

बोधीेबृक्षलाई बम ले हल्लायो, स्वयम्भूमा चरिरहेका शान्तिका दूत परेवाहरु डरले उडे,स्वयम्भूको चैत्यमा अचेल शान्ति दुख्न थालेको छ । अनी कसरी निदाउन सक्छु म ? दुखको कमाईदिएको श्रीमतीको मंगलसूत्र शहरको भिडमा घाटीबाटै लुटिदा निरीह पती भएर हेर्नबाहेक अर्को बिकल्प छैन,तरुणी छोरी बिहान क्याम्पस गएर घर नफर्कुन्जेल केही खान सकिदैन, छ वर्षे वालकलाई अपहरण गरि बाबुसग फिरौतीको माग गर्दै टुक्राटुक्रा पारेर घर पठाउदासमेत विचरो बाबु फगत आसुले मुख कोचेर लास झै जिउन विवश हुन्छ । यो त्यो पार्टीको मान्छे, त्यो यो पार्टीको मान्छे, हरेक अपराधीहरु दुइदिन हिरासतमा बसेर तेस्रो दिन खुलमखुल्ला शहरमा हिडिरहेको अवस्थामा म के आशले देश कुरिरहु ? भोली आउने पुस्तालाई सुरक्षित राष्ट्र जिम्मा लगाउन नसकी मर्नुपऱ्यो भने आफ्नै सन्तानको आखामा निर्लज्ज र गैरजिम्मेवार नागरिक भएर के बाच्नु ?”
हराउनेको हारेको हरफ नठान्नुहोला हुतिहारा पनि नभन्नु होला हरेक नेपालीले हिजो आज हजम गरिरहेको हर्कत हो यो । बिदेशिन बिवश बिचरो नेपालीको बिलौना हो ।
जिएस नेपाली, अम्रिका । फ्रेवरी २३,२०१० ।

No comments:

Post a Comment