Pages

Sunday, August 21, 2011

रित्तो शहर

आज मेरो छुटटीको दिन ।
चर्को कर र कडा शासनले दिक्क लाग्यो अमेरिकनहरुलाई । अप्रिल १७७५ बाट उनीहरुले ग्रेट ब्रिटेनको शासन बिरुद्द लडन थाले । तत्कालिन शक्तीशाली ब्रिटेन बिरुद्द लडन एक्लै कसैको हिम्मत थिएन । हालको अमेरिकाका पूर्वीभागका १३ कोलोनिज मिले र पेनसिलभेनियाको फिलेडेलफियामा कन्टीनेन्टल कंग्रस बनाए । जसको नेतृत्व पेनसेलभेनियाका बेन्जामिन फ्रेन्कलिन,भर्जिनिया राज्यका थोमस जेर्फसन,कन्टीनेन्टल सैन्य प्रमुख जर्ज वासिडटन,जोन एडम्स लगायतका बिभिन्न राज्यका नेताले गरेका थिए । अरु केही घोषणापत्रहरु बिच कन्टनेन्टल कलोनिज कंग्रेसमा थोमस जेफर्सनको धोषणा पत्रमा केहि सुधार गरी जुलाई ४, १७७६ मा पास गरे ।

 त्यो नै अमेरिकीहरुको स्वतन्त्रता प्राप्तीको घोषणापत्र थियो र ऐतिहासिक दिन थियो । दश वर्ष पछी यसै कन्टीनेन्टल कलोनिजले नै जेम्स मेडिसनले ड्राफ्ट गरेको संबिधानमा बेन्जामिन फ्रेन्कलिन लगाएतका बिद्दान एवं थोरै नेता मिली छलफल गरे र कंग्रेसबाट पास गरी संबिधान लागु गरे । पछी यही कोलोनिजको संख्या बढदैगयो र ५२ राज्यको एकै देश संयुक्त राज्य अमेरिका भयो । आज पनि त्यो संबिधान जस्ताको तस्तै चलिरहेको छ । आज पनि अमेरिकीहरु ति ऐतिहासिक पुरुषलाई सम्झीरहन्छन र ती दिनहरु खुवै भब्य र भावनाका साथ मनाउछन ।यसैको परिणाम स्वरुप मलाई आज छुटटी मिलेको छ ।


यो शहरमा आएको छ महिना भैसके पनि राम्रोरी शहर घुमेको थिइन । एक दिन म सगै काम गर्ने साथी रोचेस्टरले फ्लोरेन्स शहरको ऐतिहासिक फोटो किताव देखाएको थियो । उ भन्दै थियो म यो गल्लीको घरमा जन्मेको हु । मैले जान्ने हुदा शहर निकै ब्यस्त थियो । प्रतेक चोक र गल्ली अनी चाक्ला सडक किनार काला सेता मान्छे नै मान्छे संगित र गाडीको आवाजले भरिभराउ हुन्थ्यो । रेस्टुरा र डक्कोथेकमा खुटटा राख्ने ठाउ हुन्थेन । हुनपनि सन १९६० देखी ७० मा पुर्व पश्चिमको राजमार्ग टवान्टी र उत्तर दक्षिणको राजमार्ग नाएन्टी फाइभले छोएपछी समुन्दी किनार नजिकै रहेको सानो शहर फ्लोरेन्समा असीको दशक तिर जनसंख्या ह्वात्तै वढेर तीस हजार पुगेको थियो् । क्षेत्रिय अस्पताल,टेक्नीकल कलेज अनी कृषी उपज संकलन केन्द्रका कारण जनसंख्या वढनु स्वभाविक थियो । रेलमार्गको बिस्तार सगै पहिले अमेरिकाको खाद्यभण्डार मानिने यो दक्षिणी भागमा उब्जेको अनाजले प्राय अमेरिका पालिन्थे ।


मलाई आज सार्वजनिक बस चढेर शहर र छेउछाउ घुम्ने रहर चल्यो । जुलाईको चर्को गर्मीमा प्रतिक्षालयमा बस कुरे । सिसाले बारेको र स्टीलले छाएको बस प्रतिक्षालयमा म एक्लै आधा घण्टा कुरे पछी रुटनं १को बस आयो चढे । ड्राइभरलाई भने, मेरो कुनै गन्तब्य छैन म यो शहरको नया मान्छे हो दिनभरको पास देउ । उस्ले छेउको मेसीनमा पैसा छिराउन भन्यो वानडे पास निक्ल्यो । ठुलो बसमा २ यात्रीमात्र लिएर गाडी हाकीरहेको बुढो गोरा ड्राइभर त्यती कान सुन्दोरहेनछ । तर पनि मैले नया हु भनेकाले सल्लाह दियो बिभिन्न रुटका बसमा बसेर दिनभर घुम्न र बेलुका यही रुटको बस समाउन । उस्ले मलाइ अरवी स्टीटमा छाड्यो । त्याहा सवै रुटका वस लाइनमा थिए । म रुट नं २मा चढे म एक्लो यात्रु थिए । बस हिड्यो । फ्लोरेन्स शहरको उत्तरतर्फ ुलागेको बस बस्ती क्षेत्रतिरको सागुरो सडकमा पस्यो । सडकको छेउका सेतो गुलावी र रातो फुलका हागा बसमा ठोक्कीदा झरेका फुलले मलाइ स्वागत गरिरहे । घरको अगाडी खेलेका बालबालिकाले हात हल्लाएर बाइबाइ गरे । हाम्रो बस गुडदागुडदै मकैवारी तिर पस्यो । निकै ब्यवस्थीत र लाइन मिलाएर ठुल्ठुला गहहरुमा लगाइएको मकैको बिच सडक रहेछ । बसमा निक्की निजाजको सुपरबास बुम बुम गित घन्कीरहेको थियो । जमैकामा जन्मेर अमेरिकाको न्युयोर्कमा हुर्केकी र हाल अमेरिकाको ऱ्यापपप क्षेत्रमा तहल्का मच्चाएकी इन्डीयन अफ्रीकन मिश्रीत काली केटीले केही छाडा शब्द सहित गाएको ्रयापप गित त्यो पचास काटेको डाइभरलाइ पनि खुव मन परे जस्तो छ । बसमा एक्लो भएपछी ड्राइभर सग बोल्न मन लाग्यो । मैले सोधे किन बस रित्तो छ । उस्ले भन्यो यो शहर नै रित्तो भएको छ बस कसरी भरियोस त ? अफ्रिकन अमेरिकन उ बोल्नमा निकै खप्पिस रहेछ । मिल्कसेक स्ट्रोले तान्दै भन्यो सवैका कार छन किन यसमा चढछन जसका कार छैनन उनीहरु धेरै यात्रा गर्दैनन । १० वर्ष देखी सोही पब्लीक बस चलाउदै आएको उ पनि आप्रवासी रहेछ । भन्यो म टेक्सास बाट आएको हु । पावरवाला सेतो चस्मा नेपालका पूर्व प्रधानमन्त्रीले झै घरी घरी हातले समाउदै भन्यो उता महडगो छ बाच्न गाहे भो मान्छेको भिडभाड त्यतीनै । यहा त बस्न पनि सस्तो छ र शान्तशहर । निकै पर पुगेपछी एक अधवैशे काली चढि । उ निकै हसिली रहिछ भन्दै गइ घरमा भएका २ वटा कार छोरा छोरीले लगे मेरो कार बिग्रेको छ बनाउने पैसा छैन बस चढन आए । सहर छिचल्दै बस्ती खेतबारी हुदै जंगलकाटेर अर्को सानो बजार पुग्यो । कस्तो सुनसान सहर ,सडकमा कार गुडेको देखिन्छ तर बजार र बाटोमा कतै केही देखिदैन । मलाइ त घुम्नु थियो अर्को रुटको बस समाते त्यसरी नै घुमे दिनभर ।

साझपख शहरको मुख्य चोकमा ओर्लिए । हिडेरै घरमा पुग्ने निधो गरे किनकी मैले अव शहर हिडेर देख्नु थियो । श्रीमान बेलैमा गुमाएकी बिधवा सरीको शहरका घर रित्ता थिए । सडक छेउका पसल र सेवा केन्द्रका बोड थिए तर घर अगाडी अग्लो घास उम्रेको थियो । म सडकको किनार किनार हिडदा न त तरुनी तन्देरी देखे न त बुढापाका नै । सुनसान शहर मक्केका घरले मसानघाट बनाइरहेको थियो । मलाइ लाग्यो किन यस्तो ? यो शहरको जनसंख्या घटेर अहिले २५ हजार भएको रहेछ । त्यसमा पनि धेरै त आप्रवासी अर्थात म जस्तै काम धन्दाका लागि अन्य ठाउबाट आएका । अव प्रश्न आउछ यहाका पहिलेका मान्छे कहा गए त ?अमेरिकनहरु शहरी बसाइ भन्दा गाउको बसाइ आनन्ददायी ठान्दारहेछन । कारण थोरै आर्थिक श्रोत हुनेका लागि पनि धेरै बेडरुमको आफ्नो सिडगो घर र घरका सवै सदस्यको कार अटने ग्यारेज अनी घर वरपर ठुलो ग्राउण्ड शान्त र सौन्दय स्थान एवं वातावरण उनीहरुको सोख हो । आखिर गाउगाउमा पनि मोटरबाटो छ बिजुली फोन इन्टरनेट छ स्कुल बस आउछ एम्बुलेन्स आउछ र फोन गरेको केही मिनेटमा नै सुरक्षकर्मी आउछ अर्थात सुबिधासम्पन्न छ । यही कुराको खोजीमा अधिकांस फ्लोरेन्सवासी पनि गाउ पसेछन । कोही राम्रो काम र मामको खोजीमा उत्तरी भाग तिर लागेछन ।
सुनसान शहरमा एक्लै हिडिरहदा मोहन मैनालीको भत्केको गाउ लेख याद आयो । उनले लेखेका छन ,हरेक वर्ष गाउका कती घरको रंग उडछ कती घरको आगनमा घास उम्रिन्छ । कती घरको छानो चुहिन्छ कतिको पर्खाल ढल्छ । कती घर खण्डहर हुन्छन । हरेक वर्ष कती खेतबारी बाझो बस्छन अर्को वर्ष बट्यान उम्रन्छ । केही वर्षपछी जंगल बन्छ । गाउमा यस्तो बिनास भएपछी शहर बजारमा बस्ने पत्रकारले लेख्छ खानेपानीको हाहाकार भयो । फोहर फाल्ने ठाउ भएन । ध्वनी प्रदुषर्ण भयो । खुला सार्वजनिक क्षेत्र मासिए । नदीमा पानी हैन फोहर बग्न थाल्यो । सुकुम्बासी बस्ती बढे । शहर बजार साधुरिए ।
 

हुन पनि नेपालमा ठिक उल्टो भैरहेको छ गाउ सुनसान हुदैछ सहर भिडभाड । किन त प्रश्न उस्तै छ जवाफ पनि उस्तै छ । हाम्रो गाउको स्कुल बम पड्केर भत्क्यो । धेरै किसोर किशोरी मिलिसियामा भर्ति भएर कता गए अत्तो पत्तो छैन । अशल शिक्षकलाइ राजनैतिक प्रतिशोधले अन्त सरुवा गराए । शिक्षा कमजोर बन्दै गयो । हेल्थपोष्टमा पियनले जाच्नुपरेको छ । जिल्ला स्तरिय योजनामा आएको डोजरले जोतेर मात्र चलेको बाटो वर्षे भेलले लग्यो । गाउमा सरसहयोग भन्दा चन्दा माग्ने र सदस्यता दिलाउने धेरै आउछन । खेतवारी बाझै छन खेतीगर्ने अधिकांस युवा बिदेश पसे त पढेलेखेका शहर पसे । हारगुहार गर्दा पनि कोही आउदैन अव किन र कसरी बसीरहने गाउमा । फेरी हाम्रा शहर यती घना भैसके चोक र गल्लीमा उभिने ठाउ पाइदैन । घरैघरले जमिन देखिदैन त्यसैले पानीको हाहाकार त हुने नै भयो । खानेकुरा लगाउने र अनिवार्य उपभोग गर्ने चिजको भाउ आकासियको छ तरपनि दिनहु शहर वाक्लीदो छ । १० वर्ष अगाडीको जनसंख्यामा डवल भएको छ अनी कसरी धान्छ त यो शहरले ?

हाम्रा नेता र योजनाबिदले पनि गाउमा बस्ने दीर्घकालिन पूर्वाधार तयार गरे त कस्ले गाउ छाड्थे र ? अझ त्यो शहरको कोलाहलमा किन बस्थे शहरिया पनि ।

गाउमा घोडा झै कुदेर हुर्केको म शहर हुदै बिदेश पसेको वर्षौ भएछ भन्ने बल्ल थाहा पाए । मात्र आधा घण्टा कस्सीएर हिडेको त खुटटा नै दुखेछन । पसीना पसिना हुदै घर पुगे । कम्प्युटर खोले बिभिन्न नेपाली समाचारका वेवसाइड हेर्न थाले । देखे सामाचारका र्शिषकहरु , सभासदहरु बिच कुटपिट, संबिधान बनाउन गएका ६०१ तोरीलाउरेले संबिधान हैन आफ्नो घरमात्र बनाए ,अव दिनमा १८ घण्टा लोडसेडिड,तुइन चुडेर नदीमा हराए बिद्यार्थी , टयाडकर डाइभरको हडतालले पेटेलको अभाव , जातिय राज्य नपाएको झोकमा के जातीको नेपालबन्द, मेलम्ची बन्ने नबन्ने सरकारलाइ पनि थाहा छैन, डोकोमा बोकेरे अस्पताल ल्याउदै गर्दा एक गर्भवती युवतीको वाटोमा नै मृत्यू ,समाचार लेखेको सजाय पत्रकारको ज्यान ।

बिचरा, आशामा बाचेका जन्ता, भाषामा बाचेका नेता, पाशामा परेको मेरो देश नेपाल ।



जीएस नेपाली

फ्लोरेन्स ,साउथकेरलेना ।

जुलाइ ४ २०११


No comments:

Post a Comment