Pages

Monday, August 22, 2011

चौध घण्टाको रेल यात्रा
आज म अमेरिकामा लामो रेल यात्रा गरिरहेको छु । न्युयोर्कबाट साउथकेरलेनाका लागि यात्रामा निस्केको म यसरी लामो समयको रेलयात्रा मेरो जिवनको दोश्रो पटक हो । यस भन्दा अगाडी नेपालबाट ब्रम्राकुमारीको मुख्यालय भारतको राजस्थान माउन्टअवु गएको थिए तर अमेरिकामा यती लामो यात्रा गरेको थिइन । मलाई रेल चढने नियम र स्थान समेत थाहा थिएन ।
केही कुरा मोहन बराल साथीले हिजो सिकाएका थिए अरु आफै सोध्दै खोज्दै न्युर्योकबाट लगभग ७ सय माइल अर्थात ११ सय किलोमिटर दक्षिण साउथकेरलेना राज्यको स्पाटनबर्गमा भएका बैनीज्वाईकोमा जान हिडेको छु । लामो रेलयात्रामा अमेरिकीहरु रेल भित्रको क्यानटिनबाट चिसो र केही खानेकुरा खादै प्राय सवै आआफ्ना ल्यापटपमा भुलेर समय काट्ने वा आफुलाई नेटबाट अपटुडेट गराईरहदा रहेछन । सुबिधा सम्पन्न रेलमा सम्पन्न देखी बिपन्न सवै चढदा रहेछन । बाल्टीमोरबाट ग्रिनस्ब्रोका लागि हिडेकी मेरो सिटसगै बसेकी अधबैसे काली सुन्दरी पनि झोलाबाट ल्यापटप निकालेर फिल्म हेर्न थाली । हेडफोन लगाएर फिल्म हेर्दै कुनै बेला म तिर पनि हेदै मुस्कुराएकी छ । सवै यात्रुको ब्यस्तता र छेउकी काली सुन्दरीको मुस्कुरावट देखेर मलाई पनि झोक चल्यो । सिट नजिकैको पावर प्लकमा केवुल जोडेर चिसो पिउदै मैले पनि ल्यापटप खोले, नेपालीमा केही लेख्न थाले । नेपाली अक्षर बुझे झैे गरेर त्यसले पनि कालो छालाको हसिलो अनुहार म तिर फर्काउदै मेरो नेपाली टाइप हेरिरहेकी छ । द्रत गतिमा मन्द हल्लाइमा अमेरिकाको उत्तरी धु्रवबाट दक्षिणी ध्रुव तिर हुईकिएको एमट्र याक नामको रेल भित्रको यो वातावरणले लेख्न मन लागे पनि तर के बिषयमा लेख्ने तयारी नभएकाले एकछिन सोचे अनी यही रेल यात्रा र यसले ल्याएका सामाजिक कल्पनालाई शब्द बुन्न थाले । यो मेरो यात्राको दुरी नेपालको पूर्व मेची काकडभित्ता देखी पश्चिम कञ्चनपुरको गड्डाचौकी सम्मको दुरी बराबरको हो । त्यसैले पनि यो यात्राले मलाई अझ नेपालको सम्झना आयो । हाम्रो् नेपालमा पनि पूर्व पश्चिम द्रूत गतीमा यसरी नै रेल चल्ने भए मेचीका मान्छे महाकाली बिहान चढेर बेलुका पुग्ने भए के हुन्थ्यो होला ?अझ मेचीको चिया महाकालीमा एकै मुल्यमा सहजै पाउन सके अथार्त महेन्द्रनगरको उत्पादन धरानमा सोही मुल्यमा सहजै पाउन सके के होला । अमेरिकाको सम्पन्नताको आधार यस्तो प्रकारको सवत्र्र यातायात पनि हो । यती ठुलो देशको कुनै कुनाका उत्पादन अर्को विपरित कुनामा पुग्दा पनि एकै मुल्य र सहज उपलब्धता हुनु यातायात कै कमाल हो । नेपालीको प्रमुख भोजन चामल नेपालगञ्जबाट हवाइदुरीबाट १घन्टा नलाग्ने डोल्पा पुग्दा ५सय प्रतिसत महगो पर्न जान्छ ।केही वर्ष अगाडी सम्म मुस्तागमा १रुपया किलोमा पाइने स्याउ हवाई दुरी २० मिनेट लाग्ने पोखरा पुग्दा ८० रुपया किलो पथ्र्यो । अहिले मुस्तागमा गाडी पुग्यो त्यहीको स्याउ भित्ता लाग्यो न्युजिल्याण्ड र चिनको स्याउ भित्रिदै छ, यहि हो हामीको दुर्दशा । अमेरिकाको पश्चिम क्यालिफोनिया देखी समयमा नै ३ घण्टा फरक न्युयोर्क र उत्तरीगोर्लाधको टोरन्टो देखी दक्षिणी फ्लोरिडा सम्मको बजारमा एकै सामान एकै मुल्य र सोही स्तरमा पाइन्छ । बास्तवमा हरेक देश बिकासको मेरुदण्ड नै सञ्चार र यातायात हो । नेपालमा बिगत केही वर्ष यता सञ्चार क्षेत्रमा त केही उल्लेखनिय प्रगति भएको छ । गाउ गाउमा मोबाईल पुगे,टेलिफोन र नेटको बिकास भैरहेको छ । सञ्चार माध्यममा रेडियो,टिभि र पत्रपत्रिका पनि निकै अग्रगतीमा बढिरहेका छन यो प्रशंसनिय छ । तर यातायातको भने पटक्कै बिकास भएको छैन । अझ ओरालो लाग्दो छ भन्दा पनि हुन्छ । भएको यातायात पनि बन्द हडताल र राजनितिक अचानो बनिरहको छ । काभ्रेका किसानले काठमाण्डौ लैजान ल्याएको दुध यातायात बन्दले बाटोमा पोख्नुपरेको छ, चितवनका कृषकले गोलभेडा तरकारी बजार लान नपाएर सडकमा मिल्काउनु परेको छ । जुनसुकै उदेश्य र दलले गरे पनि यो कार्यले हामी सबै नेपालीको खुट्टामा बञ्चरो हानिरहेका छौ । यसले नेपाल र नेपालीको आय शक्ति घटी रहेको छ भने उाद्योग र उत्पादनको मानसिकता नै हराएर गइरहेको छ । हाम्रो बिकासको मेरुदण्ड महेन्द्र राजमार्गलाई फराकिलो र ब्यावस्थित गर्न सकेका छैनौ । अन्य राजमार्ग केवल कच्ची मोटरबाटो जस्ता छन । सडक दुर्धटना र भारतिय गाडी ब्यावसायीको फाइदा ब्यापार बाहेक अरु केही भएकै छैन । अझ गाउ गाउमा डोजर डाइभर नै इन्जिनियर भएर गरेको कच्ची सडक बिस्तारले त नेपाल गयो मुखिया कुलो ल्यायो सस्तै कुलो लग्यो पैराले जस्ताको तस्तै भएको छ । न त बिकास बजेट नै बाकी रहेको छ न त्यसको उपलब्धि नै । गाउमा गाडी गएको खुसीमा गाडीलाई ढोग्ने र ड्राइभरलाई इश्वर मानेर फुलमालाले पुज्ने नेपालका नेपालीले महिनौको दुखले कमाएको पैसा तिरेर कच्ची मोटरबाटोमा स्वर्ग तिरको यात्रामा निस्कने बाहेक केही पाएका छैनन । योजना आयोग,राजनितीज्ञ र बिकासे कर्मचारी सर्वेको बाटो देखाएर पेट बिकास गर्न भाषण र कागजमा बिकास गरिरहेका छन । यो हामी संसारको अग्लो स्थानका होचो मान भएका नेपालीको दिनचर्या हो । रातीको सवा एक भैसकेछ ,मैले लेख्दा लेख्दै छेउकी कालीको झर्ने स्थान आएछ गुडनाईट भनेर गई । मैले लेखेको नबुझेपनि मेरा अक्षर हेरेर नै बुझिरहेकी काली नै नभए पछि मैले लेख्ने शब्द पनि निदाउन थाले । ल्यापटप बन्द गरे, मलाई अझै दक्षिणी ध्रुव तिर उडायो एम ट्रयाक रेलैले ।

मार्च २५,२०१०जिएस नेपाली ।

No comments:

Post a Comment