Pages

Saturday, August 20, 2011


कामको कुरा

खैरो कपाल नीला आखा चिटिक्क पहिरन । पोटिलो अनुहार, हसिलो मुहार, अन्दाजी २५ वर्ष कि एक गोरीले मेरो कपालमा हात लगेर भन्न थाली, आहा तिम्रो् कपाल त कति नरम र मसिनो । तिमीलाइ कस्तो हियरकट मन पर्छ नि ? म अमेरिका आएको झण्डै ३ वर्ष भयो । आज संम यसरी कुनै गोरिनीले मेरो कपाल चलाएर कुरा गरेका थिएनन । अझ भनौ यती नजिक कुनै अपरिचित महिलासग म बसेको थिइन । उ कहिले मेरो अगाडी उभिन्थी कहिले पछाडी । उस्को मुटु मेरो कानै नेर हुन्थ्यो उस्ले सास फेरेको अर्थात मुटुचलेको मैले नजिकै बाट थाहा पाउथे
उस्ले लगाएको परफ्रयुमको गन्ध मैले राम्ररी लिइरहेको थिए ।
उस्को ध्यान पूर्णरुपमा मेरो टाउकोमा थियो मेरो ध्यान उ र उस्को काम देखेर अन्तै थियो अर्थात नेपालमा ।
म सानै थिए मेरो गाउमा पढेलेखेका मान्छे कमै थिए । म स्कुल जाने हुदा मेरो दिदि खेतबारीको काममा जान्थीन । १५ पुगेर १६ लागेपछी बुबाले दिदीलाई निकै परको गाउको केटा सग बिहे गरिदिनुभयो । उस्बेला म सारै रोएको थिए किनकी मैले सोचेको थिए मेरी दिदि नचिनेको गाउमा नचिनेको केटाको घरमा कसरी बस्छिन ? बिहेको केही दिन पछी दिदी भिनाजुसग आइन मैले हतारिदै सोधे नचिनेको मान्छेको घरमा कसरी बस्यौ दिदि ? उ बेला दिदीले मलाइ भनेकि थिइन म छोरो भएको भए पढ्थे यही आफै काम गरेर बाच्थे । छोरी भए अर्कैको भरमा बाच्ने मान्छे भए बाउले दिएको केटाको घरमा जानै पऱ्यो ।

बिदेश आउनु अगाडी मैले निकै वर्ष पत्रकारिता गरे । उ बेलाका कतिपय घटना, मान्छे र भनाइ सम्झेर अझै पनि म गम्भिर हुन्छु । एकल (बिधवांं) महिलाको वारेमा न्युजडकुमेन्ट्ी तयार गर्दै थिए । केही एकल महिलासग कुराकानी गर्दा धेरै एकल महिलाका साझा समस्याबारेमा तव मात्र थाहा पाए जुनकुरा मैले कहिल्यै गौणरुपमा सोचेकै थिइन । अन्तरवार्ताको क्रममा पोखरा रानिपौवा कि प्रमिला तझ्याले भनेकि थिइन छोरीलाई सक्षम केटा खोजेर दिने पुरातनबादी सोच हटाउ छोरीलाइ स्वम सक्षम बनाउ । छोरी सक्षम भइ भने पछी आउने जुनसुकै समस्यासग लड्नसक्छे । सक्षम केटा र खानदानी घर खोजी जति नै खर्च गरेर बिहे गरे पनि परनिर्भर छोरी एक दिन दुख पाउछे पाउछे ।

मैले सम्झे काठमाण्डौमा पहिले टेम्पोचालक महिला थिएनन । समाजले तत्काल जे भने पनि आफ्नालागि बाच्न केही महिला कम्मर कसे आज कति धेरै टेम्पो चालक महिला छन । वास्तवमा अहिले ति महिलाका लागि श्रीमान पुरुषसाथी मात्र छन । आफ्नो पेशाका कारण परनिर्भरताको बन्धन पुरुषको दासत्ववाट मुक्त छन भन्न सकिन्छ ।

पोखरा न्युरोडका धु्रुव गुरुड न्युजसीमा एउटै ग्यासस्टेसनमा कामगर्दा मिल्ने साथी बनेका थिए । उनी आफ्नो बिगत भन्दै थिए बेलायती सेनामा भएको बाउको पैसाले स्कुल पड्दा मातेर गाजा चरेसे हुदै ड्ग्स खाइयो । फिक्स इन्जेक्सन पनि लगाइयो । पढाइ छुट्यो दादा अथार्त डन बन्न लागियो । धेरैलाइ कुटियो धेरै चक्कु पनि खाइयो । १७ लाख दलाललाइ दिएर अमेरिका आइयो । अहिले मात्र थाहा पाइयो काम के रहेछ पैसा के रहेछ र जिवन के रहेछ भन्ने । यती दुख गरेको भए त मेरै पोखरामा प्रसस्त पैसाकमाउन सक्थे होला । तर के गर्ने अव त अवेला भैसक्यो । एजुकेसन छैन म फेरी स्कुल पढन जान सक्दिन मेरो छोराले पनि मेरै झै बाउ अमेरिका छ भन्दै बिडो धान्न के बेर ?

हामी नेपालीलाई सामान्य काम गर्न इज्जतको सवाल छ । यो काम गरे समाजले आफन्तले के भन्लान भन्ने चिन्ता छ । सामान्य सामान्य काम हामी गर्दैनौ । बरु घर बेचेर बिदेश जान्छौ । आखिर बिदेशमा गएर पनि गर्ने के ? उही रेष्टुरेन्टको भाडा माज्ने, गाडी धुने, गाडी चलाउने , सेभेन इलाभेन र ग्यासस्टेसनमा चुरोट बेच्ने । हामी कहा कामलाइ हेला गरिन्छ । महिलाले यो काम गरे जात जान्छ र पुरुषले यो काम गरे इज्जत जान्छ भनी समाज सस्कृती, लींग र शाररिकक बनोटका आधारमा हेरिन्छ । कामलाइ नचिन्दा हामी अल्छी र गरिव बन्दै छौ । भारतबाट आउनेले तरकारी काधमा बोकेर बेच्न हिड्दा खिल्ली गर्ने हामी नेपाली शहरबासी अर्थात महलबासीहरु उही तरकारीबेच्नेले आफ्नै घरको घाम छेक्ने महल अगाडी ठड्ए पछी थाहा पाउछौ कामको परिणाम । बजारमा कपाल काट्ने भारतियले कति कमाएका छन भन्ने अहिले मात्र थाहा हुदैछ । तर पनि नेपाली कपाल काट्ने बारबर बन्न हिचकिचाउछन । एक पटक संसारको नै राजधानी मानेने न्यूयोक शहरको ज्याक्सन हाइटमा कपाल काटन गएको थिए । एक स्पेनिस जस्तो मान्छेले मेरो कपाल काट्दै थियो । अगाडी भित्तामा नेपाली राष्ट्रिय गित देखे र अचम्म मान्दै सोधे होयर आर यु कम फ्रम मेन ? उस्ले गर्वका साथ भन्यो आएम कम फ्रम नेपाल । म तिन छक , आफ्नै कपाल काटीरहेको नेपाली दाजुभाइ सग अंगेजीमा कुरा गरीरहेको । आश्चय मान्दै सोधे साथी सोलुखुम्बु, चौरीखर्कका पासाड नोरु सेर्पालाई । थाहा पाए ७ वर्ष अगाडी अमेरिका आएका उनी पाउनु दुख पाएर यो बारबारको काम सिकेर आफ्नै ब्यावसाय गरीरहेको अनी सुख खुसी र पैसा सगै आएको ।

मैले धेरै सोच्दा सोच्दै त्यो सुन्दरी खैरीनीले मलाई झस्काई । मेरो कपालका रौ त्यसको कपाडामा धेरै नै टासिएका थिए तीनै रौ झार्दै थिई । मैले अगाडीको ऐनामा हेरे उस्ले मेरो कपाल अझै केही मिलाउदै थिइ । मलाई उ सग कुरा गर्न मन लाग्यो सोधे यो पेशा गरेको कती भयो र कसरी शुरु भयो त ? उस्ले आफुलाई गर्व गर्दै भनी ७ वर्ष भयो यो पेशामा लागेको । मैले युनिभर्सिटीमा पनि हेयर डिजाइन बारेमा नै पढे । पैसा पनि राम्रो छ काम बाट पनि सन्तुष्ट छु । अमेरिकनहरु हेयर स्टाइल धेरै बनाउने हुनाले प्रसस्त ग्राहकको मन जित्न सकिन्छ र पैसा पनि । सवै भन्दा ठुलो कुरा म आफैमा भरिपूर्ण रुपले बाचेकि छु । उस्ले बोली रहदा मेरो कपाल सारै छोटो बनाइसकेकी थिइ । सोधी आर यु अ‍ोके ? थ्याडक्यु आएम डन भन्दै मैले २० डलरको नोठ झिके । १५ डलर कपाल काटेको फि थियो , ५ डलर टिप्स भन्दै दिए । उस्ले आफ्नो सेतो अनुहारका कलरफुल नीलाआखा अगाडीको झुण्डीएको खैरो कपालको तरेली हल्लाउदै मेरो इनफरमेसन कम्प्युटरमा चढाइ । हसिलो मुहार बिचका पिडक कलरले हल्का पोतेका ओठ फारदै रसिद दिदै भनि थ्याडक्यु कम ब्याक एगेन पिलिज । उस्को बरगण्डी कलरको एप्रोनमा टल्कीरहेका मेरो कालो कपालका केही टुक्रा रौ सगै थोरै मन पनि त्यही छाडेर म त्यो हेयर प्लसबाट बाहिरिए ।


 
जीएस नेपाली

फ्लोरेन्स, साउथकेरोलेना, मे २०११ ।


No comments:

Post a Comment