क्यामेराको दशक
तीसको दशक । झण्डै ३८ सालतिर ।
म अंकलको बिहेमा मेरो गाउबाट निकै पर अर्को गाउमा गएको थिए । अरुकुरा मलाइ त्यती संझना नभए पनि बिहेमा अंकलको एक साथीले निकै चुरुकफुरुक गर्दै फोटो खिचेको थियो । सवैले उस्लाइ हेर्थे र भन्थे उ सग त क्यामेरा रहेछ । उ बेला मैले सोचेको थिए म पनि यसरी क्यामेरा लिएर हिडन पाए कति ठुलो हुन्थे होला है ? बिहे पछी अंकलले भन्थे फोटो खिच्ने फटाहा साथीले क्यामेरामा ब्याट्री मात्र हालेर रिल बिना फ्रलासमात्र देखाएको रहेछ मोरोले ।
चालिसको दशक । झण्डै ४८ सालतिर ।
निर्दल गएर बहुदल आएको अर्को साल, मेरो मिल्ने साथीको बिहेको निम्तो मिल्यो । उस्ले मलाइ क्यामेरा पनि ल्याउन भनेकोले म सग भएको यासिकाको एसएलआर क्यामेरा झोलामा कोचेर कलेजबाट हतार हतार साथीकोमा पुगे । उसबेला अहिले झै जोकोही सग क्यामेरा हुदैनथ्यो त्यसमा पनि एसएलआर क्यामेरा त प्रोफेसनल फोटोग्राफर बाहेक कसैले लिदैनथे । म क्यामेराको औधी सोखिन र फोटोग्राफीको अर्ध मानसिकता भएको अल्लारेले दुखले क्यामेरा किनेको थिए । स्पिड,एपेचर,फोकस,फ्रेमिड र कम्पोजसन धेरथोर जानेको भएपनि रिल किन्न र धुलाइ खर्च गर्न नसकेर क्यामेरा धेरै बाकसमा थन्किएको थियो । त्यस दिन मलाइ साथीको बिहेमा जान पाइने रमाइलो सगै मैले मेरो क्यामेराले फोटो खिच्न पाउने भए भन्ने खुसी धेरै थियो । साथीको बिहेमा मैले मसग भएको क्यामेराको क्षमता र मेरो फोटोग्राफीको योग्यताले भ्याएसम्म राम्रो फो्टो खिचे । बिहे घरमा बेहुला बेहुली हेर्न आउने राम्रा राम्रा केटीहरुको अनुहार फोसक गर्ेर पनि केही फोटो खिचे । बेहुलाको मन पर्दो साथी त्यसमाथी साथमा क्यामेरा, ममा सान नै अर्कै । कती चिटिक्क परेका नानीहरुले म तिर हेर्दा त मन पराए क्याहो जस्तो लाग्थ्यो । साथीले मलाइ ३ रिल सकाउनु भनेकाले बिहेको महत्वपुर्ण क्षण क्यामेरामा कैद गरे । बिहेसकेपछी मैले खिचेका रिल ल्यावमा धुलाउन भने । दुलाहा साथीले तपाइले खिचिदिनुभो धन्यबाद धुलाउन म आफै जान्छु भने । म कलेज तिर लागे । करिव १ महिना पछि म फेरी गाउ फर्के उनै नव बिबाहित साथीसग भेट भयो हालखवर साटासाट भो । बिहेमा राम्रा राम्रा नानीहरु फोकस गरेर खिचेका फोटोहरु हेर्ने सारै हतार थियो मलाइ । मेरो कुरा राख्न नपाउदै उनले भने त्यो बिहेको फोटो त एउटा पनि देखिदैन नि हेर न भनि रिल ल्याएर देखाए । म पनि छक्क परे रिल त कालै छ फेरी खोका पनि छ । मैले सोधे हैन तपाइले यो रिल कहा धुलाएको हो ? कहा धुलाउनु पहिले कस्तो फोटोहरु छ हेरु त्यसपछी धुलाउला भनी एक बिहान पिडीमा रिल चेक गरे ३ वटामा नै कुनै तस्वीर थिएन, उनी भन्दै गए मैले श्रीमतीलाइ पनि देखाए हामीले देखिएन । म अचम्म भए र सोधे नधुलाई रिल हेर्नु भो ? उनले अ बोले म उनको बिहेको तस्विर भन्दा मैले खिचेका सुन्दरीको तस्वीर साथीले बिगारेकोमा दुखीत भए ।
पचासको दशक । झण्डै ५८ साल तिर ।
कलेज सकेपछी धेरै वर्ष ब्यावसायिक फोटोग्राफीले दाम र माम जुटायो । तरपनि स्टुडियोको ग्राहक, पैसा र पोट्ेट फोटोग्राफीले वाक्क लागेर नया जानाकारीको खोजिमा थिए । दैवसंजोग फोटोपत्रकारिताको तालिम लिने मौका पाए । तालिम दिने मुख्य प्रशिक्षक नेपालका पहिलो र वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारले बडेमानको डिजिटल क्यामेरा पनि ल्याएका थिए । यो क्यामेराको एक लाख ५० हजार फ्लास अरु एसेसरिज गरेर दुइलाखको सम्पत्ति हो, उनी भन्थे, मैले किन्न त कहा सक्नु रोयटर्सले दिएको हो नेपालको रिपोटिड गर्न । उनताका २ लाखमा त पोखरामा नै घडेरी आउथ्यो । क्यामेरा टेवलमा राखेर उनले हामीलाइ फोटोपत्रकारिता पढाइरहेका थिए । म भने कल्पना गर्थे त्यस्तै डिजिटल क्यामेरा मैले चलाउन पाए कस्तो हुन्थ्यो होला । नेपालमा नै डिजिटल फोटो प्रबिधिको भर्खर सुरुवात थियो । म पनि डिजिटल फोटोग्राफीमा अनबिज्ञ थिए र मन्त्रमुग्ध सुनेको थिए एनालग (अप्टिकल) र डिजिटल फोटोग्राफीको बारे । डिजिटल प्रबिधीको फाइदाबारे उनी बोल्दै थिए प्रशोधन बिना तत्काल हेर्न पाइने र राम्रो नराम्रो जाच्न पाइने,वर्षौसम्म कम्पुटरमा जस्ताको तस्तै राख्न सकिने । मैले बिहेको फोटो बिगार्ने बिचारा साथी सम्झे । यदी उस बेला डिजिटल क्यामेरा भएको भए त नया श्रीमतीलाई मेरो साथीले सवै फोटो नधुलाई देखाउन सक्थे होला ।
साठीको दशक । ६२/६३जनआम्दोलन तिर ।
देश भर जनआम्दोलन चलिरहेको थियो । शहरमा करफ्यु अनी प्रहरी,ससस्त्र र सेनाका गाडीमात्र गुडिरहन्थे । कुना काप्चामा आम्दोलनकारी नाराजुलुस गरिहरन्थे । हामी समाचार संकलनका लागि प्रेसको जकेट र परिचय पत्र सहित ठुला ठुला क्यामेरा झुण्डाएर मोटरसाइकलमा हिड्थ्यौ । हाम्रो क्यामेरा देखेर आम्दोलनकारी हौसिन्थे, किनकी दमन गरेमा फोटो खिचेर समाचार दिने हुनाले आम्दोलनकारी सुरक्षित महसुस गर्थे । उता प्रहरी ,सेना रिसिन्थे किनकी आम्दोलनकारीलाई दमन भनि फोटो प्रकाशित हुने अर्थात बदनाम हुने डर मान्थे । अगाडी क्यामेरा देख्नासाथ लुसुक्क भित्र लुकेका नेता पनि फुत्त बाहिर आएर बाह्हात उफी उफ्री धोक्रो फुट्ने गरी भाषण ठोक्थे । तिनै ठुला क्यामेराले हजारौ नारा लगाएका, चिच्चाएका, भाषण गरेका,हासेका र डाको छाडि छाडी रोएका फोटो खिच्यौ । डिजिटल नभएको भए एक दुइ वर्ष पछी फोटो खोज्नु पथ्र्यो होला । तर जहिले पनि कम्प्युटरको पुरानो फाइल खोल्यो भने वा फोटो सिडी खोल्यो भने त्यो आम्दोलन, युद्ध,सुख र दुखका क्षणको तस्वीर जस्ताको तस्तै देखिन्छ । देशमा ठुलाठुला परिर्वतन भए । पुरानो तन्त्र फ्याकेर नयातन्त्र ल्याउने भनी थ्रीनट हुदै एके ४७ बन्दुक चलाउने देखी भाषणमा चर्को मुख चलाउने सवै सत्ता वरपर गए । यिनले केही गछर्न भनि आश मानेका र आम्दोलनमा पछी लागेका जनता नेताको खुटटा देखेरै चाल पाए कति नाच्न जान्ने नजान्ने भन्ने । देश समुन्नत बन्ने,जन्ता सुख पाउने आशा मारे । कति त बसाइ सरे कती मुग्लान पसे । यसै मध्यको म पनि एक जनता परे ।
सत्तरीको दशक । अहिले तिर ।
आज मेरो स्टोरमा एक अधवैशे काली सुन्दरी आई । आफ्नो् केटासाथीका लागि मनपर्ने कपडा रोजी । मोबाइल निकाली, फोटो खिचि । २ सय माइल पर रहेको केटासाथीलाई सेन्ट गरी अनी सोध्न थाली यो कलरको यो कपडा तिमीलाइ मन प्यो भने म किन्छु । उता बाट उस्ले लगाएको जुत्ताको कलर सेन्ट ग्यो कालीले जुत्तामा म्याच गराइ अनी पाइन्ट टिसट किनी । यो दृष्य त आजकल मेरा लागी सामान्य हो कतिपय त एक दुइ घण्टा लगाएर यो देखा उ देखा यो मन परेन यो म्याच भएन भनेर सताउछन । के गर्ने डलर कमाउन डाडोकाटेर डलर फल्ने देशमा आए पछी काम त गर्नै प्यो । फेरी काम गरे नगरेको पनि टाउका माथी स्टोर भरी झुण्डिएका कैयौ क्यामेराले खिचिरहेका छन । त्यो सवै स्टोरको प्रतेक क्षणको तस्वीर सयौ माइल पर अर्कै राज्यमा रहेको हेड अफिसमा बस्ने साहुले हेरिरहेको हुन्छ । कहिले काहि त लाग्छ यो क्यामेरा नभएको भए कति सुखले बाचिन्थ्यो होला । महलमा हिडे उतेै क्यामेरा,चोकचोकमा क्यामेरा,बाटोमा हिडे उतै क्यामेरा पसल होस वा कार्यलय उतै क्यामेरा । लण्ड्री गयो क्यामेरा,स्वीमिडपुल गयो क्यामेरा,जहा गयो त्यही क्यामेरा म त बाथरुम जादा पनि सारै झस्किने गर्छु कतै वाथरुममा पनि क्यामेरा त छैन यताउती हेर्ने गर्छु । अनी सोच्छु क्यामेरा भए भैरहोस मैले नराम्रो काम गरेको छैन त्यो क्यामेरा राख्नेले पनि यो बाथरुम यसरी नै प्रयोग गर्नै पर्ला । यसरी नै दिनभर क्यामेराको तनाव पछी घरमा आउछु । ल्यापटप पल्टाएर नेट खोल्छु घरबाट कोही अनलाइनमा आउछन । सञ्चै भन्न नपाउदै आदेश आउछ वेवक्यामेरा खोल्नु न ? क्यामेराले दिग्दार भएपनि वेवक्यामखोले पछि देख्छु एक हप्ता ननुहाएको जिग्रीग कपाल सहित छोरोलाई । काठमाण्डौमा पढनबसेको उ निनाउरो मुख देखाउदै खानेपानी नपाएर पाउरोटी खाइरहेको कथा सुनाउछ । दिग्दार लाग्छ , अझै नेपाली समाचार वेवसाइड उही समस्या समस्याका फोटो देखिन्छ । पेटेल पम्पमा लाइन, उ जातीको नेपालबन्दले दुख पाएको तस्वीर अनी चर्को भाषण गर्ने नेताको औला ठडाएको फोटो । भूगोलको अर्को पाटोमा बस्दा पनि त्यो फोटोले मन उही समस्याको पोखरीमा डुवाउछ । आजकल समाचारका वेवमा नेपालको वास्तविक चिनारी फोटो खोज्छु अर्थात उत्तरमा मुस्कुराइरहेको माछापुच्छ्रे हिमाल,तैरिरहेको फेवाताल सुृन्दरतालाई काखी च्यापेको पोखरा आदी आदी । तर अनन्त यात्राको आम्दोलन,मारपिट र कुकृत्य कामका फोटोले ठाउ ओगटेको छ । मेरो क्यामेरा संबेदनहिन बन्दैछ, बिबेकहिन बन्दैछ अनी दिशाहिन बन्दैछ त्यसैले आजकल त बाध्य भै सराप्ने गरेको छु मेरो प्रिय क्यामेरा र फोटोलाई ,तैले मेरो खुसी छिनीस स्वतन्त्रता छिनिस र मेरो मानवता छिन्दैछस । हे भगवान मेरो जिन्दगी अव यो क्यामेराको सन्तापमा बाच्न नपरोस ।
जीयस नेपाली, अम्रिका ।

No comments:
Post a Comment