Pages

Monday, August 22, 2011

मृत्यु खवरका हुलाकी

दिउसो निकै अवेर भैसकेको थियो । हेडअफीसबाट फोन आयो । हामी टाढाको यात्रामा निस्कनुपर्ने भो मेरो केसी साथीले भने । मैले क्यामेराको बेट्री टेप चेक गरे । समाचार संकलनका लागि फील्डमा चाहिने अत्यावश्वक सामाग्री झोलामा कोचेर हामी दुइ निस्केउ ।
मेरो हिरो होण्डालाइ किक हानेर पोखरा ेबाट स्यांजा तर्फ लागियो । सिद्धार्थराजमार्गका अनगिन्ती र असजिला धुम्ती कटाउदै रफतारमा बाइक चलाउदा पछाडीबस्ने साथी डराइ रहन्थे । किनकी म भन्दा अनुभवी मोटरबाइक चालक आफुलाई ठान्थे । हाक्न जान्ने पछाडी बस्दा निकै डराउदो रहेछ , उ सगा न त एक्सिलेटर नै छ नत खुट्टामा ब्रेक नै जहा मनलाग्यो त्यही रोक्न वा नियन्त्रण गर्न । करिव २ घण्टाको यात्रामा स्यांजाबजार आयो। े केसी साथी ले स्याजांका स्थानिय पत्रकार ओमप्रकाशलाइ फोन गरेर सहयोग गर्न भने । ओमप्रकाशल्े घरमा आउन भनेकाले घुमफिर गरेर घर पत्तालगायौ । साथी ओमले सम्बन्धित मान्छेलाई फोनगरेर हामी समाचारका लागि आउदैछौ भने । उता बोल्नेमान्छेले निकै आनाकानी ग्यो । ओमले कहिले फकाउदै त कहिले घुकर््याउदै हामी आउछौ केही हुदैन पोखराबाट साथीहरु आएका छन त्यसैले तपाईको घर हेर्ने र केही कुरा गर्ने हो भने । हामी ३ जना समाचार लिनका लागि हिड्यौ । स्यांजाबजारको एक छेउको घरमा माथी गाउबाट झरेर भाडामा बसेको परिवार रहेछ ।घरको अगाडी एक जना हाम्रो पर्खाइमा र्थिए । उनले हामीलाइ देख्नासाथ भने मैले बैनीलाई केही पनि भनेको छैन तपाईहरुले अति आग्रह गरेर मात्र आउनुहोस न त भनेको हो धेरै कुरा नगर्नुहोुला हामी दुखमा छौ यतीबेला भन्दै गए । म मेरो
क्यामेराले घर परिवेश र उनले बोलेका कुरा टिप्दै गए । कुन्नी किन हो मलाइ भित्र जान त्यती मन थिएन तर साथीहरुले भनेपछी भित्र गयौ । एउटा कोठामा एक अधवैशे महिला र उनको अवोध बालक थिए । साथी ओमले सोध्न थाले, हजुरको श्रीमानको बारेमा केही थाहा पाृउनु भो ? उनी अत्तलिदै चर्को स्वरमा रुदै भन्न थालिन मेरो श्रीमान ज्यूदो छ कि छैन के भएको हो चाडै खवर देउ मलाइ । ज्युदो भएको भए यि पत्रकार किन यहा आएका छन त ? किन म अभागीलाइ प्रश्न सोधिरहेका छन ? मलाइ चाडै थाहा देउ श्रीमान के भएको छ भन्ने । साच्चै यो दृश्य म खिच्न सक्दैनथे तर मैले यो दृश्य नखिचे यी भनाइ रेकर्ड नगरे मेरो मिडियाका समाचारका जल्लादहरुलाई मेरो काम अपुरो हुन्थ्यो वा म असक्षम ठानिन्थे । उनीहरुलाइ समाचार बिकाउन अति एक्कुसिव अडियो भिडियो चाहिन्थ्यो । प्रतिस्पर्धी मिडियालाइ पछाडी पार्न र ताल मिले खुसुक्क अन्तराष्ट्यि मिडियामा बेच्न पनि । मेरो ह्दयले नमानी नमानी केही रेकर्ड गरेर बाहिर निस्के । साथीहरु केही बेर पछी निस्केर भन्न थाले आज समाचार त गज्जवको पाइयो , तर श्रीमतीको भनाइ त्यती राम्रो आएन है । उनीहरु खुसी थिए तर मेरो मन किन किन रोइरहेको थियो । ओमप्रकासको घरमा पुग्दा मेडमले चिया नास्ता तयार गरेकी थिइन । हामीले अरु धेरै जानाकारी मेडमबाट पनि पाएकाले समाचारका बारेमा निकै सहयोगी र जानाकार लाग्यो । साझको सात बजिसकेको थियो हामी त्याहाबात करिव २ घण्टा पर वालिग पुग्नु थियो । मन भरी भावविहल रुवाइका दृष्य सल्वलाउदै थिए । फेरी मेरो मोटरबाइकले सिद्धार्थराजमार्गको घुम्तीमा जैसीडाडा हुदै वालिड. तर्फ गुडिरहेको थियो । रात छिपिदै गएको थियो । बाइकको हेडलाइटले उज्यालो बनाएको बाटो मात्र हेदै हेलु बजार काट्ीयो । हामी केही पर घुम्तीको खोल्सामा पुगेका थियौ ३ जवान बाटो छेक्दै बाइक रोक्न भने । मैले बाइक बिस्तारै नजिकै लगऐर चलाखी गर्दै दौडाए । एकले लात्तीले बाइकमा हान्दै थियो बाइक भाग्यो , ढुगां टिपेर हान्दै थिए हामी पर पुग्यौ । केही डराएको र नया अनुभव सगाल्दै बयारधारी बजार छिचल्दै वालिड. पग्यौ । वालिडका स्थानिय पत्रकार साथीले एक होटलमा कोठा भनिदिएका रहेछन । बल्ल तल्ल होटल पत्तालगाएर झोला बिसाइयो । प्राय पर्यटकिय क्षेत्रमा भ्रमण गरिरहने भएकाले त्यो होटल त्यती राम्रो लागेन तर पनि एक रातका लागि काफी थियो । भोलीपल्ट वालिड.को माथी गुरुड. गाउमा जानु थियो स्थानिय पत्रकार साथीलाइ सहयोग गर्न फोनबाट भनीयो । वालिड.को पहिलो भ्रमण भएकाले यताउती बजार धुम्ने रहर पनि थियो । त्यसै बेला पातलो गाठी, सेतो चस्मा र गलामा ओसो रजनिसको माला लगाएकी एक बैनी नमस्कार गर्दै आइन । मेरो साथी केसीसग पहिले नै पोखरामा पत्रकार महिलाको कार्यक्रममा भेट भएको रहेछ । मसग परिचय ििददै भनिन , म जानु........स्थानिय पत्रकार । मैले गलाको माला देखेर ओसो प्रतिको लगाव बारे सोध्न थाले उनले हामीलाइ बजार घुमाउदै ओशो दर्शनका आकर्षण भन्दै गइन । हामी आयौ अव माथी जाउ भन्दै हामीलाइ चोकमा अरु २ स्थानिय पत्रकार साथीले फोन गरे । पत्रकारिताका कुरा गर्दै तातो ताजा खवरको खोजीमा १ घण्टाको उकालो उक्लिरहयौ ।

गाउका केटाकेटी देखी कपाल फुलेका पौढसम्म हामी नौला पदयात्रीलाइ कौतहलताका आखाले नियालिरहेका थिए । हामीलाई कसैको परवाह थिएन आफ्नो ताजा समाचार बाहेक । उपल्लो डाडामा जस्तापाताले छाएका घर देखिए । कती पहिले सेतो टल्किनेजस्ताले छाएको घरको छानो वर्षौको घाम पानीले रंग परिवतन भएको कालो जस्ताको छाना मुृनी रातोमाटोले पोतेको घर थियो ।आगनको एक छेउमा मखमली र कुन्नी के के जातका फुलहरु फक्रिरहेका थिए । कटेरामा भैसी र गाइ आफ्नै शुरमा उध्राउदै थिए । आगनको पल्लो कुनामा बाख्रा आफ्नै शुरमा थिए । पिडीमा ५जना जती महिला बसेका थिए । त्यती नै संख्या जतीका पुरुष आगनमा बासको कपेटाले बुनेको मोडामा बसेका थिए । आवाज बिहिन सुन्य वातावरणमा कहिले काही आगनमा खेलिरहेका केटाकेटीहरुको आवाज आउथ्यो , मेरो पालो उस्को पालो ।


हामी पुग्ने बित्तिकै मुडामाबसेका एक अधवैशेले नमस्कार गरे । अनी मलिनो स्वरमा भन्न थाले , हामी माथी त सारै ठुलो बज्रपात पऱ्यो के गर्ने ? अस्ती पोखरा बृटिस क्यामबाट फोन आयो र थाहा पायौ । हाम्रो केटा अफगानिस्थानमा एम्बुसमा परेछ । ६ जना बृटिस गोर्खाका नेपाली केटा परेछन । २ जना त हाम्रै स्याडजाका रे । घरमा बिजोग छ लास कहिले आउछ त्यही कुरेर बसेका छौ । हाम्रो चलन लास नआइ केही गर्नै मिल्दैन । उनले एकै पटकमा सवै कुरा बोले । पिडीमा बसेकी एक बृद्धा हामीलाई देख्ने बित्तिकै रुदै भन्न थालिन, मलाइ त मेरै वाबु आयो कि जस्तो लाग्छ ए बाबु तिमि कहा गयौ । आडैमा बसेकी एक महिला डाकोछाडेर रुदै कराउदै भित्र पसिन । उनी मृतककी श्रीमती थिइन । मेरा साथीहरु समाचारका लागि केही जानाकारी टिप्न लागे मैले पनि टिप्ने टिपे तर पनि मन अत्यन्त धमिलो भयो । त्यसैबेला भित्रबाट रुदै आवाज आयो , यो दुखको खवर के लिन्छौ,हामीलाइ दुखेको मुटुमा किन कोट्याउछौ ? जाओ हामिलाइ समाचार समाचार केही चाहिदैन ।हामीलाइ एक्लै रुन देउ । हामी रोएको कसैलाइ देखाउन प्रदैन । यी शब्द मार्मिक थिए । वास्तवमा हामी मृत्यु खवरका हुलाकी थियौ । एताको खवर उता उताको खवर उता अर्थात चारै तिर । हामीलाइ पठाउने र पाउनेको ब्यातिगत बारेमा भन्दा आफ्ना् काम पुरा गर्ने बारेमा नै चिन्तीत हुनुपथ्र्यो । दुख्नेको बेदना भन्दा हाम्रो ब्रेकिड. न्युजले पिरल्थ्यो । मलाई अली मन दुखेर आयो सवै साथीलाई फर्कौ भने । हामी घरमा शान्त रहेका सवैलाइ भावविहल बनाउदै ओरालो लाग्यौ । साथीहरु फेरी आआफ्ना समाचारका कुरा गर्न थाले । जानुबैनी ओशो दर्शनका मुल्यमान्यता बताउन थालिन । साथीहरुको कुरोमा टाउको हल्लाउदै मेरो मनमा प्रश्नका प्रश्न दौडाइरहेको थिए । मर्नेमार्ने खवरको हुलाकी कहिले सम्म हुने ? मेरो खवरले मृत्युले दुखित मनमा के फाइदा होला ? कतै मैले उस्को निजी जिवनको अधिकार त अपहरण गरिन ? सम्झे, पोखरा उपत्यका नगर बिकास समितिका तत्कालनि अध्यक्ष क्षेत्रबहादुर केसी लाइ माओबादीले गोली हानेर हस्पीटलमा थिए । मैले न्युज खिच्न जादा उनका आफन्तले मेरो निजी मामिला अर्थात म रोएको किन खिचिस भन्दै क्यामेरा खासेका थिए । भोली पल्ट पत्रकार महासंघले पत्रकार माथी अभद्र ब्यावहार भन्दै बिज्ञप्ती निकालेर बिरोध गरेको थियो । सायद हाम्रो पद्धती वा पत्रकारीताको शैली नै नराम्रो हो की ? सेप्टेम्बर ११ २००१मा अमेरिकी शहर न्युयोकको ट्वीनटावर आक्रमणमा््् ३ हजार मान्छे मरे । सार्वजानिक स्थल र अनुमती बेगर कसैको पारिवारिक शोक कुनै सञ्चारमाध्यममा आएन किन ? यो सभ्य सञ्चार र सभ्य संसारको सानो उदाहरण हो । त्याहा पर्सनल राइटबारेमा सवैलाइ थाहा छ र हनन भए कारबाही पनि हुन्छ तर हामी काहा के हो के हो । मैले त्यो समाचार नलिए नपठाए अयोग्यको कारबाहीमा पर्नेछु । मलाइ त्यो संकलित समाचार वालीड हुदै पोखरा गएर समयमा नै हेडअफीस पठाउनुपर्ने थियो । ओरालो झर्दा त्यो दुखका श्रब्य दृश्यले मेरो मन पनि झरिरहेको थियो । त्यो डाडाको घरबाट पाको महिला हु हु रोहिरहेको आवाज आइरहेको थियो । हामी उनको समाचार बेच्न बजार झरिरहेका थियौ ।

जीएस नेपाली, अम्रिका मे २०११



No comments:

Post a Comment