Pages

Wednesday, August 31, 2011





डक्टरै डक्टरको देश
केही समय पहिले सिएनएन टेलिभिजनमा एक अमेरिकी डक्टर भन्दै थिए , संसारको एक मात्र यस्तो देश हो नेपाल, जहाको ५० हजार भन्दा बढि जनसंख्यामा १ डक्टर छ ।

 यो साचो होला र ?
किनकी नेपालका राष्ट्रपती डक्टर, प्रधानमन्त्री डक्टर , गृहमन्त्री डक्टर अझ सारा जनता डक्टर । त्यो मोरो खैरेले के सुरमा भन्यो कुन्नी । ल हेर्नुहोस मेरो बिश्लेषणमा नेपालका नंबरी डक्टरहरु ।

१ नंवरी डक्टर रामबरण यादव, उपेन्द्र देवकोटा, भगवान कोइराला आदी जस्ले मेडिकलमा एमबिबिएस (डक्टरी) पास गरे । मान्छेको उपचार गरे ।

२ नंवरी डक्टर बाबुराम भटट्राइ जस्ले बस्तुकला इन्जीनियरिडमा बिद्यावारिधी गरे । अर्थशास्त्रका डाक्टरहरु प्रकाशचन्द्र लोहनी,रामशरण प्रकासशरण महत, मिनेन्द्र रिजाल, आदी आदी । धेरै नेपाली नेताले अमेरिकामा बिभिन्न बिषयमा बिद्यावारिधी गरेर आए अनी नेपालमा डाक्टरसाप भएका छन । अमेरिका तिर भए नामको पछाडी पिएचडी लेखिन्थ्यो यहा नामकै अगाडी डक्टर झुण्डाएपछी सानै छुटै । यिनले राजनिती वा पेटनितीले नेपाली समाजको उपचार गरिरहेका छन ।

३ नंबरी डाक्टर बिजय गच्छेदार जस्लाइ २०१० भाद्र ११मा अर्का ३ नंबरी डाक्टर गोपाल पौडेलबाट डाक्टर मानार्थ डाक्टर पदवी पाइसकेका छन । अर्का ३ नंबरी डाक्टर केपी शर्मा ओली लगायतका धेरै यस्ता खाले डाक्टर छन नेपालमा । जस्ले सत्ता वा वरपर बसेर आफ्नो स्वार्थर्ीको भुडी उपचार गरिहेका छन ।

अव लागौ ४ नंबरी डक्टर तर्फ ।
म सानो हुदा हनहन्ती ज्वरो आयो भने आमाले पहिले झारफुक गर्ने धामीको लानुहुन्थ्यो । उस्ले मेरो नाडी छाम्थ्यो आखा नियाल्थ्यो , अम्लेसाको कुचोले सिर देखी पाउसम्म हान्दै के के भन्दै फुफु गथ्र्यो । कुन्नी किन हो कहिले काही त सञ्चो पनि हुन्थ्यो । अझै सञ्चो नभए बुबाले बोकेर २ कोषपरको गुरुड डाक्टरकोमा लानुहुन्थ्यो । सानैमा कामको खोजीमा भारत पसेका गुरुड केही पढेछन र मेडिकल पसलको काम जानेछन । गाउमा फर्केर किनारा पसल सगै औषधी बेच्न थाले । रामे फाइदा भएपछी र सवैले गुरुड डाक्टर भन्न थालेपछी औषधी मात्र बेच्न थाले । पर्यटकिय पदयात्रा मार्गमा पर्ने उनको पसलमा गाउले मात्र हैन बिदेशी पनि औषधी लिन आउन थाले । कति समय त बिदेशी डक्टर पनि आएर उनलाइ बिभिन्न सल्लाह सुझाव दिन थाले । त्यसपछी त उनलाई गाउलेले डाक्टर साव भनेर नबोलाए अनादर गरेको ठानी कता पिटौला झै गरेर रिसाउने भए । धेरै दुर्गममा रहेको गाउका यि डाक्टरले धेरै मानिसको सामान्य उपचार गरे नसक्ने भए बजार जाउ भने उनले गाउलेलाइ धेरै गुन नै लगाए । त्यसैले आज मैले यस्ता जनताका सहयोगी धामी झाक्री देखी गाउले स्वस्थ्यकर्मीलाई ४ नंबरी डाक्टरमा राखेको छु । सुडिनी देखी स्वास्थ्यकेन्द्रका बिशेषज्ञ सम्म साधन श्रोत तथा आर्थिक अभाव भए पनि गाउमा बसेर काम गरिरहेका छन । उनीहरुको कामलाई सलाम गर्नैपर्छ । रुधा लाग्दा बेसार अधुवा पानी खाने, ज्वरो आउदा सिटामोल लिने र पेट हजम गर्न हजमोला चपाउने कुरा त हामी सवैले जानेकै छौ त्यसैले सवै सामान्य नेपाली पनि ४ नंबरी नै परयौ ।
तर पनि नेपालमा स्वास्थ्यको स्थिती निकै डरलाग्दो छ अर्थात अधिकांस जनता स्वास्थ्य सेवा बाट निकै टाढा छन । सरकारी तथ्यायकनमा नेपालमा बालमृत्युदर , महिला मृत्यु दर र अज्ञात रोगको् मृत्युदर भयावह छ । नेपालको भौगोलिक अवस्था, अशिक्षा र भौतिक पुर्वाधारका अभावले नेपाली जनता अकालमा मरिरहेका छन । यही असुबिधाका कारण ८२ प्रतिसत महिला दक्ष स्वास्थ्यकर्मी सग नपुगी सुत्केरी हुन्छन । अझ गाउका त ९५ प्रतिसत महिला सुत्तेकी हुन अस्पताल जादैनन । यसैले प्रतेक दिन १२ नेपाली महिला सुत्केरी हुन नसकेर वा सुत्केरीका कारण मर्नेगरेका छन । यो सुत्केरी महिलाको मात्र तथ्याडक हो यस्ता हरेक प्रकारका बिरामीको तथ्य तथ्याडका अझ भिन्दै र डरलाग्दो छ ।
के नेपालमा स्वास्थ्यकर्मी नभएर हो त ? देशभर हाल करिव ५ हजार डक्टर छन । त्यसमध्य ३० प्रतिसत मात्र सरकारी अस्पतालमा अर्थात सामान्य मान्छेको उपचार काम गर्छन । यो तथ्यले अमेरिकन डाक्टरले भनेको कुरा सत्य हुन्छ । बर्षेनी १२५ भन्दा बढी मेडिकल कलेजबाट हजारको संख्यामा डक्टर बन्दैछन भने ४० भन्दा बढी नर्सीड क्याम्पस र सिटिइभिटी बाट ४ हजार भन्दा बढि स्वास्थ्यकर्मी जन्मीरह्ेका छन । आखिर यी सवै कहा छन ? सजिलो उत्तर प्राय बिदेश र बाकी शहर छन । गतवर्ष मेडिकल कलेजका आधा भन्दा वढि बिद्यार्थी अमेरिका गए ति मध्य मुस्कीलले ५प्रतिशत नेपालमा नै काम गर्न फर्केलान । यस्तै धेरै स्टाप नर्स बेलायत अमेरिका जस्ता देशमा गएका छन ।बिदेशमा रहने नेपालीले पनि नेपालका स्टाप नर्स खोजी खोजी बिहे गर्ने र उतै लैजाने प्रबिृती चलेको छ । किनकी नेपालमा राम्रो स्टापनर्सले पाउने रकमको १० गुणा भन्दा ज्यादा पैसा बेलायतमा पाउछन । नेपालमा धेरै एनेस्थेसीया डक्टर छैनन एउटा कारण उनीहरु धेरै घटनामा परेका छन । अस्पतालमा बिरामीको अपरेसनमा केही भयो की दोष उसैमा लाग्छ । उहि एनेस्थेसीयाको जुनियर डक्टरलाइ कुटपिट हुन्छ र कारबाही पनि । एउटा योग्य मान्छे जस्ले मेहनत र पैसा धेरै खर्चेर पढेको छ बिज्ञ बनेको छ भने बदनामी बेइमानी भएर र आर्थिक निरिह जिवनमा बस्न सक्दैन । त्यसैले अवसर खोजेर भएपनि बिदेश कुद्छ वा शहरमा पैसाको प्राइभेट काममा लाग्छ । उ नेपाली र नेपालका गाउको भन्दा पढ्दाको बाउकाउ रिनको उपचारमा लाग्छ । प्रतिष्ठाको कारमा चढन र आडम्बरी समाजको सस्कारमा रमाउन शहरमा रमाउछ ।

आजकल बजारमा निकै चर्चित समाचार छ, घाटी अप्रेसनमा पाठेघर फ्यीदिए डाक्टरले । यो सारै बेइमानी र बेइजती कुरा हो । मेरै गाउले बहिनीको दाइने खुट्टाको अप्रेसन गर्नुपर्नेमा डक्टरले बाया सद्दे खुट्टा काटेर अपाड बनाइदिएको घटना त मैले नै देखेको छु । यो यस्तो हुनुहुदैन । तर पनि डक्टरले दिने सल्लाह र उपचारको काम प्रतिशतमा हेर्दा दिनमा कति अप्रेसन हुन्छन र कति बिरामीको उपचार हुन्छ त्यसमा सयमा दुइ तिन बाहेक अधिकांस त सफल नै हुन्छन । उनीहरुको असफताको यो प्रतिसत न्युन हो ।

अर्का नंबरी डाक्टरको कुरा गरौ न । नेपालमा २ नंबरी डाक्टर त लाखौ छन । यिनैको बलियो छ सत्ता, यिनैको छ ठुलो भत्ता । मिहनतले पढे बिद्यावारिधी गरे , बुद्धी बिबेक प्रयोग गरे सवैलाइ राम्रो राखे आफ्नो पोको भरे । मेहनतले बने पनि नेपाली जनताको नाममा अपरेसन गरेर यिनैको सान र मान अर्कैछ । यिनले गर्ने काम र बोलीको न्युन प्रतिसत राम्रो छ होला तर अधिकांस प्रतिसत त खराव नै छ अझ भनौ ज्वरो बिरामीलाई सिस्नोले हानेर झारफुक गदैछन । तर पनि यि मेहनती डाक्टरलाइ धन्यबाद ।

अर्का ३ नंबरी डा.केपी, देखी डा.जिपी, हदै डा.अथार्त डाका पशुराम डनहरुले त देशै खान थालेका छन । यिनको अपरेसनले नेपालीलाइ सधै बेहोस बनाइरहेको छ । अस्पतालको बेडमा अचेत सुतेका नेपालीलाइ यि डाक्टरले मनपरी चिरेका छन औषधीको नाममा नुन छर्केका छन मलम पट्टीको नाममा संसद र सत्ता देखाएका छन , कर र बैदेशिक ऋण बटुलेका छन । जन्ता चुसेका छन जन्ता माथी राजनिति गरेका छन फेरी भन्दै छन हामी जन्ताको सेवक । अव यिनको अप्रेसन ४ नंबरी डाक्टरले गर्नुपर्छ । यिनलाई सिस्नो पानीले छकर्रे यिनको भूत उतार्नुपर्छ । अपरेसन कसरी गर्ने हरेक डाक्टरले आफ्नो तर्क दिन सक्नुहुन्छ ।

  (फोटो मैले खिचेको हैन, साथी इश्वरी न्यौपानेको फेसबुक बाट तानेको हो ।)

जिएस नेपाली ।






1 comment: