Pages

Monday, October 3, 2011

दश वर्षको दशै

आज मैले गाउमा भाईसग मोबाइलमा कुरा गरे । ठुलो पारिवारिक जमघटमा उनीहरु रमाइरहेका थिए । खासगरी अहिलेका युवा ड।क्टर इन्जीनियर,लेक्चर,मास्टर, पत्रकार देखी बिद्यार्थीसम्मका भाइहरु देशका हरेका कुनामा रहे पनि दशैको मोसोमा एकै ठाउमा थिए । एक आपसका अनुभव भावना बाडचुड गर्दै सहभोजमा सरिक थिए । त्यही जमातमा मैले फोन बाट सहभागिता जनाए । मेरो मोबाइलको मिनेट दौडेकोले सवैसग कुरा गर्न पाइन । ३० जना भन्दा वढि दाजुभाई काका भतिजा मात्रको आजको पारिवारिक जमघटमा सवैलाई एकै ठाउमा शुभकामना दिन पाए । वर्षौ देखी दशैमा समुन्द्रपार भएपनि मन आनन्द भयो । यो सुधारात्मक सस्कृतीको प्रतिक ठाने ।


दशवर्षको उमेरमा दशैको उमंग कस्तो थियो ? सम्झनुहोस कति रमाइलो थियो, मन लागेको कुरा माग्न बुबा आमालाई भने हुन्थ्यो अझ माग पुरा नभए झगडा गरेर भएपनि पाइन्थ्यो । नया लुगा पाउनु,नया पुराना साथीसग भेटहुनु, घर नजिकैको पिड.मा मनपरी मच्चिनु वा घरमा खिसी ढालेर रमाउनु उमंगका वातावरण थिए ।

 दशै हरेक वर्ष आइरहेको छ तर उमेर सगै दशैको उमंग घट्दो र बोझ बढ्दो छ । दशै दशा हैन तर हामी सस्कृतीका धनी नेपाली संस्कारले गरिव हुदै गएका छौ । आफुले नसके पनि छिमेकीको खसी देखेर महगो खसी किन्न पछी पर्दैनौ । हुनत केटाकेटीको माग पुरा गर्न पनि बाध्य हुनु परेको होला । संस्कार सस्कृती मान्छेको परिचय हो तर हाम्रा सस्कृती र सस्कारलाई समय अनुसार सामाजिक सुधार गर्नु हाम्रो कर्तब्य पनि हो । हरेकले आआफ्नो ठाउबाट थोरै भएपनि प्रयास गर्दा समाज सकारात्मक दिशामा जानेछ । भोलीको पुस्ताले आफ्नो संस्कार सस्कृतीलाइ नकारात्मक सोच्न वा परित्याग गर्नबाट रोक्न सकिन्छ । सुधारउन्मुख सस्कृती नया पुराना दुवै पुस्ताका लागि पनि उमंग बन्न सक्ने छ । सामान्य उदाहरणमा मेरो पारिवारिक दशैको दश वर्ष पनि एक हुन सक्छ ।
दश वर्ष अगाडीको दशैसम्म हामी टिका जमरा लगाउन प्रतेक ठुलाबुबा, काकाको घर जान्थ्यौ । ३ हजुरबुबाका १० काकाहरुको घर गाउभर छिरलिएका थिए । २० दाजुभाइ,त्यतीनै संख्याका दिदीबैनी,काकी, भाउजु, बुहारी र छोराछोरी गरी करिव ७० जनाको समूह एक अर्काको घरमा पुग्नु,टिका थाप्नु, हरेककोमा दुध, फलफुल,मासु,रोटी खान,ु दक्षिणा पैसा लिनु दिनु रमाइलो भएपनि केही अप्ठारा पक्ष पनि थिए । सस्कार सुधारका लागि केही गर्नु पर्ने आवस्यक ठानेर हामी केही केटा मिली पारिवारिक सुब्यावस्था मिलाउन केही कुराको निर्णय गयार्,ै सर्वमान्य नियम बनायौ, सवैलाई कार्यवन्यन गर्न मञ्जुर बनायौ । टिका पहिले नै केही दाजुभाइ बसी यसपाली कहा कसरी टिका लगाउने भन्ने निर्णय गर्ने पद्धतीको बिकास गरायौ । अनिबार्य पालना गर्नुपर्ने नियम अनुसार १, टिकाको दिन साइतसमय अगावै तोकिएको पायकपर्ने कुनै काकाको घरमा सवै जम्मा हुने । २, परिवारको सवैभन्दा मान्यजन देखी क्रमश आफ्नो बरिष्ठताको मर्यादाक्रम अनुसार पालैपालो टिका थाप्ने र कनिष्ठ लाई लगाइदिने पनि । ३, सगोल पारिवारिक टिका जमरा पछी (दिदी बैनी बाहेक) कसैले कसैलाइ पैसा दक्षिणा नदिने मात्र आर्सिबाद,ढोग नमस्कार गर्ने । ४, पारिवारिक टिका पछी संयुक्त रुपमा नै ल्याएको रोटी, फलफुल तथा खानेकुरा सगै बसेर खाने । त्यसपछी आफ्नो इच्छा अनुसार अनेत्र टिका थाप्न जान सक्ने नियम बनाएका थियौ । पहिले भन्दा सस्तो सजिलो र रमणिय दशै बन्दै गएपछी आज पनि ति नियम अझ परिमार्जन गर्दै पालना भैरहेका छन । सवै परिवार एक समय एकै ठाउमा भेट्न पाइने लोभले नै हाम्रो त्यो चलन प्रगाढ बन्दै गएको छ भने थाहा पाउने अरुले पनि सिको गर्दैछन ।

आज दश वर्ष पछी पनि दशै अझै रमणिय बनाउन र पारिवारिक आत्मियता बढाउन पारिवारिक नया युवाहरुको आयोजनामा फुलपातीको बेलुका युवाजमघट काय्र्रक्रम रहेछ । यही युवा जमघटमा फोनबाट भएपनि सहभागी हुनपाएकोमा म आज खुसी भए । घर गाउ सम्झे, आफन्त र साथीभाई सम्झे । त्यसैले भनिरहेको छु—सम्पुर्ण नेपालीहरुमा बिजया दशमी २०६८ को शुभकामना ।


जियस नेपाली

 अम्रिका ।

No comments:

Post a Comment