सधै चढ्ने इट्रेन(रेल) ज्याक्सनहाइटबाट म्यानहाटनतिर लाग्दा समय अनुसार फरक फरक यात्रुसग यात्रा गर्नुपर्ने हुन्छ । खासगरी बिहानी समयमा स्कुल, कलेज,कार्यालय, कामको चाजोपाजोमा हिडेकाको भिड हुन्छ । यो आप्रवासीको देशको राजधानी जस्तै मानिने यो शहरमा बिभिन्न देशबाट आएका आगन्तुक वा रैथानेको भिडले न्युर्योकको भूमिगत रेलको मुटु मानिने १४ स्टिट युनियन स्क्वायर स्टेसन त न्युदिल्ली रेलस्टेसनको झल्को दिन्छ ।
यहा कसैलाई कसैको मतलव छैन केवल आफ्नो रेल पक्डनु छ समयमा काममा पुग्नु छ । सवै हतारमा हुन्छन, दौडिरहेका हुन्छन । कार्यालय समय (रसआवर)मा धेरै युवा युवतीको हातमा आइफोन, अन्यसेल फोन, आइप्याड,आइपोड जस्ता इलेक्टेनिक डिभाइसमा आफै रमिरहेका हुन्छन ।एकोहोरो गित सुनिरहेका, गेम खेलिरहेका र केही हेरीरहेका हुन्छन । केही फेरी एक अर्काको गाला सुम्सुमाइ रहेका र चुम्बन गरिहेका दृष्य पनि प्रसस्त देख्न पाउनु पनि यहाको बिशेषता हो । कोचाकोच रेल यात्रामा पनि केहीको हातमा किताव हुन्छ उनीहरु एक हातले रेलको डण्डी समाउदै पढ्न भ्याउछन । पुस्तकमै हराइरहेका हुन्छन । अमेरिकाको लाइब्रेरी सिस्टमले पनि सानैबाट हरेक अमेरिकनलाई पुस्तकप्रति लगाव बनाइ रहेको छ । तर इलेक्ट्रोनिक डिभाइसका कारण यसरी किताव पढ्नेको संख्या दिनानुदिन घट्दो छ । त्यसैले होला बारनेस नोभल एक कोअपरेटिभ लाइब्रेरीको प्राइभेट संस्थाले बारनेस एण्ड नोवल नुक इरिडर नामक ट्याबलेट बनाएर धेरै किताव उसैमा पढन मिल्ने गरेको छ । ठुलो बिल्डड. र हजारौ पुस्तकको लाइब्रेरीलाई खुम्चाएर साने ट्याबलेटमा झारेको छ । अहिले त बजारमा आइप्याड, आइटच जस्ता धेरै थरी ट्याबलेट आइसकेका छन जस्मा पुस्तकको लाइब्रेरी देखी इनटरनेटका सवै सुविधा राखिएको हुन्छ । अठारौ सताब्दीका बैज्ञानिक एवं राजनितिज्ञ बेन्जामिन फ्रेन्कलिनले सुरुवात गरेको अमेरिकन लाइब्रेरी सिस्टमका कारण धेरै अमेरिकन पढ्ने बानीको बिकास गरे, नया कुरा जाने,एक अर्काको सहयोगी भए । आफ्नो र भावी समाजको लागि योगदान गर्न बिकासका सिढी चढे, चन्द्रमा सम्म गए आए । उनीहरु निस्वाथी थिए, पढनेबानी कै कारण बिद्धान बने, बिभिन्न बैज्ञानिक आविश्कारका साथ कामको सजिलोका लागि कम्प्युटर बनाए अर्को पुस्ताका लागि दिए । तर आज तिनै पुस्तकले भरिएका लाइब्रेरीमा पनि कम्प्युटर राखिएको छ । अव त्याहा पढन, ज्ञान आर्जनमा आउने बिद्धानको बिचार फरक हुनेगरेको छ । हालको समाज र भावी पुस्ताका लागि केहि योगदान गर्न सकिन्छ की भन्दापनि ब्याक्तिगत स्वर्थ सिद्ध गर्न अर्थात मैले पढेर धेरै कमाउनुपर्छ सम्पन्न बन्न पर्छ कुन बिषय पढदा आर्थिक फाइदा हुन्छ भन्ने तिर लाग्नेको संख्या अधिकतम छ ।
यसरी हेर्दा जता ततै तेस्रो बाट चौथो पुस्ता सागुरिएको छ उस्को मानसिकता पनि सागुरिएको छ अर्थात सेलफिसनेस बढ्दै गएको छ । सवै संसारका मान्छे अमेरिकन जस्ता हदैछन । ब्याक्तिगत स्वतन्त्रताका हिमायती याने आफुले खाएको आफै तिर्ने आफ्नो बाहेक कसैको नसोच्ने । कसरी ?
अमेरिकन समाज खासगरी टेलिकम्युनिकेसनको भाषामा तेस्रो बाट चौथो पुस्तामा सर्दैछ । १९८१ बाट भ्वाइस डाटा टास्फर गर्न सेल फोनको बिकास हुन थाल्यो यस युगलाइ वान जि बाट टु जि भनिन्छ भने सन् २०००बाट यसको बृहत बिकास गरी भ्वाइस,म्यासेज जस्ता डाटा टन्सफर सुबिधाको फोन बन्यो यो ३ जी हो । अहिले नया पुस्ताले के चाहन्छ त्यो अनुसारको भ्वाइस कलिड.र अन्य सुबिधा थपेर थ्रि जि बाट फोर जी अपग्रेड भएर आएको छ भने फाइभ जि आउने तरखरमा छ ।
बिश्वका करिव ५५०० मिलियन मोबाइल छन यो गत ५ वर्षमा डवलको संख्या हो । मोबाइलमा नोकियाको ३२ प्रतिशत,सामसुृडको २० प्रतिशत र अन्य बाकी कम्पनीका छन । त्यसमा अहिले अमेरिकाका मात्र २७० मिलियनसग मोबाइल छ । यो अमेरिकाको कुल जनसंख्याको करिव ८७ प्रतिसत हो । विश्वको वेव ट्राफिकमा ५ प्रतिशत मोवाइलले ओगटने गरेको छ । अमेरिकी मोबाइल प्रयोगकर्तामा ८३ प्रतिशत युवा बयस्क छन । कुल मोबाइल कर्तामा ६४ प्रतिशतले दैनिक सरदर ७ दशमलव ८ घण्टा गेम खेल्छन । मोबाइल प्रयोगमा मौषम हेर्ने ६० प्रतिशत , सामाजिक संजालमा रमाइरहने ५६ प्रतिशत,नक्सा र नेभिगेटर प्रयोगमा तथा समाचार र मनोरञ्जनात्मक युटुव जस्तोको प्रयोग ५० प्रतिशत र मोबाइलमा कुराकानीमा २० प्रतिशत मोबाइलको प्रयोग भएको देखिन्छ ।
माथीको तथ्याडकले मानिसहरु मोबाइलमा झनबढि ब्यस्त हुदैछन भन्ने देखाउछ । यसको मतलव उनीहरु यस आपसको दुखसुख, अनुभव र हार्दिकता मानिस मानिसमा हैन बिद्युतिय उपकरणमा गरिरेहका छन । यो खतराको संकेत हो । कसैको भावना बुझन र आत्मीयता बढाउन प्रतक्ष उसका कुरा सुनेर बोलेर र प्रतिक्रिया जनाएर जति निशंका एवं प्रगाढ हुन्छ बिद्युतिय माध्यमले केही कम हुन्छ । नेपालमा हाल ६० लाख मोबाइल र फोन छन जस मध्य लैण्डलाइन फोन करिव साडे ४लाख छन भने जिएसएम र सिडिएमए मोबाइल ५५ लाख भन्दा धेरै छन ।
अहिले त नेपालमा पनि टिभि र मोबाइलले मान्छेलाइ एकोहोरो वा स्वार्थी बनाइरहेको छ । पहिले गाउमा राती कसैको घरमा सत्यनारायणको पुजा छ भने गाउले भेला हुन्थे । दुख सुख कुरा गर्थे काम सघाउथे हार्दिकता बाढ्थे । अहिले घर घरमा टिभि छन सिरियल छुटला भन्ने डरले घरबाट निस्कदैनन । बिहे गरेर पठाएकी छोरी भेट्न पहिला हिडेर जाने बुबा पनि अहिले फोन बाटनै के छ छोरी भन्छन अनी फोन,फेसबुक र स्काइपमा कुरा गर्छन । छिटो र सजिलोको नाममा जती पहिलेको भेटमा भावनात्मक सम्बन्ध रहन्थ्यो यो फोन र नेटमा नहुन सक्छ । अव त हिजोको पहाड भन्दा बिशाल भएको मुटु र भावना पनि सागुरिएर माइक्रो चिप्समा आउन थालेछ । समय अनुसार परिर्वतन त हुनै पर्यो त्यसैले क्यालिफोर्निया हुने मेरो एक साथीले अहिले एप्पल कम्पनीको फोर जि आइफोन किनेका छन । त्यसमा इनटरनेट लगायत अहिले थप भिडियो कलिडको पनि सुबिधा छ । उनी आज फोनमा भन्दै थिए मेरा बुबाको म एक्लो छोरो, अरु सवै परिवार नेपालमा छन । म अमेरिका आएको ५ वर्ष भो म आउदाको अर्को साल बुबा बित्नुभयो । म नेपाल गएको छैन । अहिले त सोह्रसराद लागेको छ । हिजो नेपालमा बुबाको श्राद्ध गर्न घरमा पण्डित बोलाए । मैले यहा आइफोन हेरेर बोलेर श्राद्ध गरे, पिण्ड दिए । नया प्रबिधीको फोनबाट गरेको श्राद्ध बुबाले पनि छिटै पाउनुहुनेछ भने उहाका लागि पनि गौरवको कुरा हुनेछ स्वर्गमा । जय मोबाइल ।
जीएस नेपाली
सेप्टेम्बर १४, २०११ अमेरिका ।
No comments:
Post a Comment